Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

कांग्रेस नेताहरुले नै चल्न दिएनन् पार्टी केन्द्रीय समितिको बैठक

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरुले पार्टीका शीर्ष नेताहरुको गलत निर्णयका कारण प्रमुख पदहरु गुमाउनु परेको भन्दै नेतृत्वको आलोचना गर्दै जवाफ मागेका छन् ।

\"Nepaliकेन्द्रीय कार्यसमितिको आइतबार सुरु बैठकमा सदस्यहरूले पार्टीका शीर्ष नेताहरुको गलत निर्णयकै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामु्ख जस्ता प्रमुख पद गुमाउनु परेको भन्दै आक्रोश पोखे ।

केन्द्रीय सदस्यहरू प्रकाशरण महत, बालकृष्ण खाँड, धनराज गुरुङ, शंकर भण्डारीलगायत नेताहरूले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार तय गर्ने पदाधिकारीले बैठकमा जावफ दिनुपर्ने माग राखेका थिए । यसबारे जवाफ नआएसम्म बैठक चल्न नसक्ने उनीहरुले बताएका थिए ।

देउवा पक्षका नेता महतले प्रधानमन्त्री निर्वाचनदेखि उपराष्ट्रपति निर्वाचनसम्मका घटनाक्रमको गम्भीर समीक्षा नभएसम्म अन्य छलफल नहुने बताएका थिए ।

सहमहामन्त्री पदबाट राजीनामा दिएका पूर्णबहादुर खड्काले पनि आफ्नो धारणा राख्नुपर्ने माग राखेका थिए । सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको विरोधमा खड्काले पदबाट राजीनामा दिए पनि स्वीकृत भएको छैन ।

बैठकमा केन्द्रीय सदस्यहरुको आक्रोश बढेपछि सभापति सुशील कोइरालाले सोमबार विहानसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

सोमबार बिहान बस्ने बैठकमा अब नेतृत्वले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने तयारी गरेको केन्द्रीय सदस्य महतले खबरडबलीलाई जानकारी दिए । सोमबार नेतृत्वले औपचारिक धारणा राखेपछि सदस्यहरूले बोल्ने क्रम सुरु हुने उनले बताए ।

आइतबारको बैठकमा १३ औं महाधिवेशन तयारीसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको थियो । त्यसलगत्तै राजनीतिक एजेण्डामा बैठक प्रवेश गरेको थियो । उपसभापति रामचन्द्र पौडेलले संविधानका उपलब्धि लिएर गाउँ–गाउँ जानुपर्ने प्रस्ताव राखेका थिए । तर, केन्द्रीय सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा नगरी अन्य विषयमा छलफल नहुने भनेपछि पौडेलको प्रस्ताव अघि बढ्न सकेन ।

‘प्रधानमन्त्री निर्वाचनयता नेतृत्वप्रति देशभरि नै प्रश्न खडा भएको छ,’ केन्द्रीय सदस्य महतले भने, ‘पहिलाजस्तै यसपालि पनि नेतृत्व जवाफ नदिई भाग्न पाइन्न । हामी नेतृत्वको जवाफ खोजिरहेका छौं ।’

समिति गठनको प्रस्ताव

आइतबारको बैठकमा महाधिवेशन तयारीका लागि बिभिन्न समिति गठनको प्रस्ताव पेश भएको छ । कांग्रेसले सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह समिति, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा. मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठनका लागि प्रस्ताव गरेको बताइएको छ । कांग्रेसको आगामी महाधिवेशन फागुन २० देखि २३ गतेसम्म हुँदैछ ।

सोमबार विहान ८ बजे बस्ने बैठकमा १३ औं महाधिवेशन तयारीका लागि छलफल जारी रहने कांग्रेसले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy