Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार हबंसपुरलाई (फोटो फिचर)

\"1(1)\"अर्घाखाँची । जिल्ला सदरमुकाम सन्धिखर्क २ मा अवस्थित २०६२ सालमा स्थापना भएको अर्घाखाँचीमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । यूवा परिषदका संस्थापक अध्यक्ष स्व. तिलक खत्रीको सम्झनामा कार्तिक १३ गते बाट सन्धिखर्कको टुडिखेलमा संचालन भएको गा.वि.स. स्तरिय तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिताको आइतवार भएको फाइनल खेलमा धारापानी गा.वि.स.लाई पराजित गर्दै प्रथम पुरस्कार हंसपुरले हात पारेको छ । जिल्लाका विभिन्न गा.वि.स. र सन्धिखर्क नगरपालीकाका विभिन्न वडाहरुबाट १८ समुहले प्रतिस्प्रधा गरेको भलिवल प्रतियोगिताबाट धारापानी गा.वि.स. दोस्रो र जलुके गा.वि.स.लाई पराजित गर्दै जुकेना गा.वि.स. तेस्रो भएका छन् । यूवाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने नाराका साथ स्थापीत यूवा परिषदले समाज परिवर्तनका क्षेत्रमा काम गर्नुको साथै जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडी वढाउन स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । \"2\" अर्घाखाँचीमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सन्धिखर्क २ मा रहेका यूवाहरुलाई समाजसेवामा अग्रसर वनाउने ध्ययका साथ स्थापित अर्घाखाँची यूवा परिषदको आयोजनामा सुरु भएको भलिवल प्रतियोगितामा जिल्लाका सबै गा.वि.स.हरुलाई भाग लिन गा.वि.स.सचिबहरुमार्फत निमन्त्रणा गरिएको भएपनी जिल्लाका केही गा.वि.स. र सन्धिखर्क नगरपालीकाका विभिन्न वडाहरुबाट मात्र १८ समुहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय  स्थान हासिल गर्ने समुहले क्रमस. ३० हजार , २० हजार र १० हजार नगद र सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गा.वि.स. स्तरिय तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता बाट लगातार ३ वर्ष सम्म प्रथम स्थान हासिल गर्ने समुहले नगद एक लाखको साथमा सिल्ड आफ्नो कव्जामा पार्न सक्ने अर्घाखाँची युवा परिषदले जानाकारी दिएको छ । कार्तिक १३ गते भएको प्रतियोतिताको पहिलो चरणको खेलमा धारापानी गा.वि.स.ले ढाकावाङ्गलाई पराजीत गरेको थियो भने दोस्रो खेलमा ठाडा गा.वि.स.लाई जुकेना गा.वि.स.ले हरायको थियो । तेस्रो खेलमा सितापुरले सन्धिखर्क ९ खाँचीकोटलाई पराजित गरेको छ । यस्तै शनिवार भएका पहिलो चरणका खेलमा सुवर्णखाल गा.वि.स.ले असुरकोट , जलुके गा.वि.स.ले स.न.पा.१,हसंपुरले स.न.पा.२ मरेङ्गले स.न.पा.१५ र पणेनाले गोखुङ्गा लाई पराजित गरी जित आफ्नो पक्षमा दर्ता गराएका थिए । \"5(1)\" प्रतियोगिताको दोस्रो चरणको खेलमा स.न.पा १३ लाई हराउदै धारापानी विजयी भएको थियो । यस्तै सनपा १४ लाई जुकेना गा.वि.स.ले ,मरेङ्ग गा.वि.स.लाई जलुके गा.वि.स.ले, पणेना गा.वि.स.लाई हसंपुर गा.वि.स.ले र सितापुर गा.वि.स.लाई धारापानी गा.वि.स.ले र सुवर्णखाल गा.वि.स.लाई  जकेना गा.वि.स.ले पराजित गर्दै जित हात पारेका थिए । तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता कार्यक्रमको संचालन २०७२ को बैशाख महिनामै गर्ने योजना रहेको भएपनी बैशाख १२ गते आएको विनाशकारी भू(कम्पका कारण कार्तिकमा सम्पन्न गरीएको जानकारी दिँदै अर्घाखाँची यूवा परिषदका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भुसालले आगामी बर्षहुने तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता हरेक बर्षको दशैँ पछि र तिहार अगाडी संचालन गरिने बताए । \"6(1)\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy