Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

लैनचौरमा नेपाली पत्रकार भेला पारेर के भने राजदूत रे ले ?

काठमाडौं । नेपालमा भारत विरोधी भावना बढिरहेकाबेला नेपालस्थित भारतीय दूतावासले केही पत्रकारहरुलाई भेला पारेर नेपाली मिडियाहरुको कारण नेपाल–भारत सम्वन्ध बिग्रिन थालेको दाबी गरेका छन् । मिडियाले त्यसलाई सामान्यीकरण गर्नुपर्नेमा भारतविरोधी भावना बढाउने काम गरिरहेको उनले आरोपसमेत लगाए ।

\"ranjit_re\"दूतावास परिसरमा काठमाडौंका केही सञ्चार माध्यमका सम्पादकहरुलाई चियापानको कार्यक्रम भनेर बोलाइएको थियो । चौरमा गोलाकार रुपमा कुर्सी राखेर सम्पादकहरुलाई बसाइएको थियो । दूतावासका कर्मचारीहरुसँगै पत्रकारहरुसँग छलफल गर्न बसेका राजदूत रञ्जित रे निकै तनावमा देखिन्थे ।

उनले भने, काठमाडौंका मिडियाको भूमिका सन्तुलित भएन । यसबाट नेपाल र भारतवीच रहँदै आएको मित्रवत सम्बन्ध बिग्रँदा यसको असर दीर्घकालसम्म पर्नसक्छ । तपाईंहरु मधेसमा जानुस् र त्यहाँको यथार्थ स्थितिबारे रिपोर्टिङ गर्नुस् ।’

नेपाल र भारतबीच बढिरहेको दूरीलाई सामान्यरुपमा नलिन र यसप्रति गम्भीर हुन उनले आग्रह गरे । मधेसको समस्यालाई पनि सामान्य रुपमा नलिई नेपाल सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

वीरगञ्ज घटनाको विरोध

वीरगञ्जमा मधेसी मोर्चाको आन्दोलनमा सहभागी एक भारतीय नागरिकको वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाले थप समस्या सिर्जना गरेको उनले बताए । नेपाली सुरक्षाकर्मीको गोली लागेर निर्दोष भारतीय नागरिक मारिएको दाबी गर्दै उनले नेपालको समस्याको समाधान बल प्रयोग गरेर नहुने जिकीर गरे ।

यसबारे उनले सोमबारै गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर असन्तुष्टि जनाएका थिए । तर, गृहमन्त्री बस्नेतको भनाइ र गराइमा फरक देखिएको भन्दै राजदूत रेले आक्रोश पोखे ।

‘गृहमन्त्रीले मधेसको समस्या वार्ताबाट समाधान गर्ने र दुई देशवीचको सम्बन्ध सुमधुर बनाउन सरकार सचेत रहेको भने पनि वीरगञ्जमा घटना हुनु आश्चर्य छ,’ उनले भने ।

नेपाली सुरक्षाकर्मीहरुले वीरगञ्जको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका नेता–कार्यकर्ताहरुलाई बलपूर्वक हटाएको भन्दै रोष प्रकट गरे ।

‘वीरगञ्ज नाकामा अवरोध भए पनि रि–रुटिङ गरेर अन्य नाकाहरुबाट गाडहिरु नेपाल भित्राउने काम भइरहेको थियो । तर, वीरगञ्जका धर्नाकारीमाथि अकस्मात् बल प्रयोग गर्नु आवश्यक थिएन,’ राजदूत रेले भने ।

ग्यास र तेलप्रति चासो

भारतबाट फाट्टफुट्ट भए पनि भित्रिएको ग्यास र तेल कहाँ गैरहेको भन्दै जिज्ञासा समेत राखेका थिए । उनले चीनले दिएको इन्धनबारे पनि जिज्ञासा राखे ।

राजदूत रेले भने, ‘भारतबाट आएको ग्यासका बुलेट खै ?’ एक पत्रकारले भने, ‘फाइभस्टार होटलमा जान्छ । नेपाली जनताले पाउँदैनन् । ग्यास नपाएर चुलो बल्न छाडिसक्यो ।’

त्यसपछि राजदूत रेले भारतबाट भित्रिएको इन्धनबारे पनि जिज्ञासा राखे । एक सहभागीले भने, ‘तराई मधेसमै कालोबजारी हुन्छ । सर्बसाधारणले पाउँदैनन् । तेल नपाएर काठमाडौंमा लामो लाइन लागेको छ ।’

त्यहिबेला काठमाडौंबाट प्रकाशित हुने हिन्दी मासिक पत्रिका ‘द पब्लीक’की सम्पादक विणा सिन्हाले चीनबाट पनि काठमाडौंमा इन्धन भित्रिरहेको राजदूत रेलाई जानकारी गराइन् । राजदूत रेले सोधे, ‘कहाँ छ त्यो तेल ?’

सिन्हाले भनिन्, ‘थानकोट डिपोमा छ । तिहारमा बाँड्ने भनिएको छ ।’

अर्का एकजनाले अर्को सूचना सुनाए, ‘भारतबाट भित्रिएको ग्यास र तेल ७५ प्रतिशत राजधानी काठमाडौं पठाउन भनेर जिल्ला–जिल्लामा सरकारले सर्कुलर गरेको छ । त्यहिअनुसार काठमाडौंमा ल्याएर भण्डारण गरी थोरै–थोरै बाँडिएको छ ।’

त्यसपछि राजदूत रे गम्भीर मुद्रामा देखिए र भने, ‘यो त राम्रो भएन । यति लामो समयसम्म समस्या रहिरहनु हुँदैन । नेपाल सरकारले चाँडै समस्याको समाधानको पहल गरोस् । त्यसका लागि तपाइँ पत्रकारहरुले पनि सकारात्मक भूमिका खेलिदिनुस् ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy