Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

लैनचौरमा नेपाली पत्रकार भेला पारेर के भने राजदूत रे ले ?

काठमाडौं । नेपालमा भारत विरोधी भावना बढिरहेकाबेला नेपालस्थित भारतीय दूतावासले केही पत्रकारहरुलाई भेला पारेर नेपाली मिडियाहरुको कारण नेपाल–भारत सम्वन्ध बिग्रिन थालेको दाबी गरेका छन् । मिडियाले त्यसलाई सामान्यीकरण गर्नुपर्नेमा भारतविरोधी भावना बढाउने काम गरिरहेको उनले आरोपसमेत लगाए ।

\"ranjit_re\"दूतावास परिसरमा काठमाडौंका केही सञ्चार माध्यमका सम्पादकहरुलाई चियापानको कार्यक्रम भनेर बोलाइएको थियो । चौरमा गोलाकार रुपमा कुर्सी राखेर सम्पादकहरुलाई बसाइएको थियो । दूतावासका कर्मचारीहरुसँगै पत्रकारहरुसँग छलफल गर्न बसेका राजदूत रञ्जित रे निकै तनावमा देखिन्थे ।

उनले भने, काठमाडौंका मिडियाको भूमिका सन्तुलित भएन । यसबाट नेपाल र भारतवीच रहँदै आएको मित्रवत सम्बन्ध बिग्रँदा यसको असर दीर्घकालसम्म पर्नसक्छ । तपाईंहरु मधेसमा जानुस् र त्यहाँको यथार्थ स्थितिबारे रिपोर्टिङ गर्नुस् ।’

नेपाल र भारतबीच बढिरहेको दूरीलाई सामान्यरुपमा नलिन र यसप्रति गम्भीर हुन उनले आग्रह गरे । मधेसको समस्यालाई पनि सामान्य रुपमा नलिई नेपाल सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

वीरगञ्ज घटनाको विरोध

वीरगञ्जमा मधेसी मोर्चाको आन्दोलनमा सहभागी एक भारतीय नागरिकको वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाले थप समस्या सिर्जना गरेको उनले बताए । नेपाली सुरक्षाकर्मीको गोली लागेर निर्दोष भारतीय नागरिक मारिएको दाबी गर्दै उनले नेपालको समस्याको समाधान बल प्रयोग गरेर नहुने जिकीर गरे ।

यसबारे उनले सोमबारै गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर असन्तुष्टि जनाएका थिए । तर, गृहमन्त्री बस्नेतको भनाइ र गराइमा फरक देखिएको भन्दै राजदूत रेले आक्रोश पोखे ।

‘गृहमन्त्रीले मधेसको समस्या वार्ताबाट समाधान गर्ने र दुई देशवीचको सम्बन्ध सुमधुर बनाउन सरकार सचेत रहेको भने पनि वीरगञ्जमा घटना हुनु आश्चर्य छ,’ उनले भने ।

नेपाली सुरक्षाकर्मीहरुले वीरगञ्जको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका नेता–कार्यकर्ताहरुलाई बलपूर्वक हटाएको भन्दै रोष प्रकट गरे ।

‘वीरगञ्ज नाकामा अवरोध भए पनि रि–रुटिङ गरेर अन्य नाकाहरुबाट गाडहिरु नेपाल भित्राउने काम भइरहेको थियो । तर, वीरगञ्जका धर्नाकारीमाथि अकस्मात् बल प्रयोग गर्नु आवश्यक थिएन,’ राजदूत रेले भने ।

ग्यास र तेलप्रति चासो

भारतबाट फाट्टफुट्ट भए पनि भित्रिएको ग्यास र तेल कहाँ गैरहेको भन्दै जिज्ञासा समेत राखेका थिए । उनले चीनले दिएको इन्धनबारे पनि जिज्ञासा राखे ।

राजदूत रेले भने, ‘भारतबाट आएको ग्यासका बुलेट खै ?’ एक पत्रकारले भने, ‘फाइभस्टार होटलमा जान्छ । नेपाली जनताले पाउँदैनन् । ग्यास नपाएर चुलो बल्न छाडिसक्यो ।’

त्यसपछि राजदूत रेले भारतबाट भित्रिएको इन्धनबारे पनि जिज्ञासा राखे । एक सहभागीले भने, ‘तराई मधेसमै कालोबजारी हुन्छ । सर्बसाधारणले पाउँदैनन् । तेल नपाएर काठमाडौंमा लामो लाइन लागेको छ ।’

त्यहिबेला काठमाडौंबाट प्रकाशित हुने हिन्दी मासिक पत्रिका ‘द पब्लीक’की सम्पादक विणा सिन्हाले चीनबाट पनि काठमाडौंमा इन्धन भित्रिरहेको राजदूत रेलाई जानकारी गराइन् । राजदूत रेले सोधे, ‘कहाँ छ त्यो तेल ?’

सिन्हाले भनिन्, ‘थानकोट डिपोमा छ । तिहारमा बाँड्ने भनिएको छ ।’

अर्का एकजनाले अर्को सूचना सुनाए, ‘भारतबाट भित्रिएको ग्यास र तेल ७५ प्रतिशत राजधानी काठमाडौं पठाउन भनेर जिल्ला–जिल्लामा सरकारले सर्कुलर गरेको छ । त्यहिअनुसार काठमाडौंमा ल्याएर भण्डारण गरी थोरै–थोरै बाँडिएको छ ।’

त्यसपछि राजदूत रे गम्भीर मुद्रामा देखिए र भने, ‘यो त राम्रो भएन । यति लामो समयसम्म समस्या रहिरहनु हुँदैन । नेपाल सरकारले चाँडै समस्याको समाधानको पहल गरोस् । त्यसका लागि तपाइँ पत्रकारहरुले पनि सकारात्मक भूमिका खेलिदिनुस् ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE