Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

बन्दले जनकपुरमा औषधि अभाव, अस्पतालको सेवा प्रभावित हुने

\"Medicine\"धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्द तथा भारतीय नाकाबन्दीका कारण जनकपुर बजारमा औषधिको अभाव भएको छ । दैनिक औषधि सेवन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् भने आन्दोलनको कारण जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावित हुने भएको छ । आमहडतालका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह, बच्चाहरुको औषधिहरुको बजारमा अभाव भएको छ । एसिलक एम्पुल, ज्वरोका औषधि, एन्टिबायोटिक, स्लाइनलगायतका अतिआवश्यक औषधिको बजारमा अभाव भएको नेपाल औषधि व्यवसायी संघ अञ्चल शाखा जनकपुरका अध्यक्ष गणेशप्रसाद साहले बताए । आर्थिक वर्ष समाप्त भएदेखि जनकपुरमा आन्दोलन सुरु भएपछि जनकपुर अञ्चल अस्पतालमा औषधि र अक्सिजनलगायतका अतिआवश्यक औषधिको अभाव हुन थालेको छ । आर्थिक वर्ष समाप्त भएपछि जनकपुर अञ्चल अस्पतालले औषधि र अक्सिजन लगायत सामग्रीहरु ट्रयाक्टरमार्फत परिपुर्ति गर्ने गरेको थियो । तर, यस वर्ष आन्दोलनको कारण हालसम्म औषधि आपूर्ति हुन नसकेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय ठाकुरले बताए । अक्सिजन, सर्पदंश, एन्टीवायोटिक, नरमल सलाइन, एचआइभी रोगीका औषधि लगायत अस्पतालमा अभाव भएको मेसु ठाकुरले जानकारी दिए । यस्तै अवस्था रहिरहने हो भने जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवा, शल्यक्रिया र प्रसूति सेवासमेत बन्द गर्नुपर्ने अवस्था आउने ठाकुरले जना । मधेसी मोर्चाले विगत ८१ दिनदेखि आमहड्ताल गरेकोले सबै क्षेत्रमा समस्या उत्पन्न भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending