Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कांग्रेसले २२ गते संसदमा 'उपद्रो' मच्चाउने

\"congressकाठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी २२ कात्तिकदेखि सुरु हुने संसद बैठकमा उपद्रो मच्चाउने तयारी गरेको छ । प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता सबै पद गुमाउनुपरेको पीडाले छटपटिएको कांग्रेसले मधेसीको माग र भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी वियधेक पारित गराउन भन्दै संसदमा हंगामा मच्चाउने तयारी गरेको हो ।   प्रधानमन्त्रीमा उम्मेदवारी दिनु चरम गल्ती र कमजोरी भएको निर्णय गराउन पार्टीमा तीव्रत दबाब भए पनि ५ दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा सभापति कोइराला एमालेसँगको विमतिका कारण उम्मेवदारी दिन बाध्य भएको निर्णय गराई अब संसदमा कडा रुपमा प्रस्तुत हुने भन्दै आफ्नो कमजोरी लुकाउन सफल भएका हुन् ।   ‘केन्द्रीय समितिमा बोल्ने तीन चारजना बाहेक अधिकांश सदस्य उम्मेदवारी गलत भएको भन्दै तीव्र विरोधमा थिए’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसको वोध सभापति कोइरालालाई पनि भएको छ । तर, गल्ती भयो भनेर निर्णय गर्न पार्टीका लागि लज्जाको विषय हुने भन्दै एमालेसँगको विमतिको कारण उम्मेदवारी दिएको निर्णय गर्नुपरेको हो । अब ठूलो दलको रुपमा संसदमा २२ गतेदेखि उपद्रा मच्चाउने गरी प्रस्तुत हुने रणनीति कांग्रेसको छ । ‘संविधान निर्माण क्रममा सहकार्य गर्दै आए पनि तराई मधेशलाई हेर्ने दृष्टिकोण र भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण प्राधिकरण लगायत अत्यन्त महत्वपूर्ण विषयहरुमा एमाले पार्टीसँग हाम्रा विमती रहदै आएको सिलसिलामा नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको हो’ ५ दिन चलेको बैठकमा उम्मेवदारी गलत भएको अधिकांशको टिप्पणीपछिको पार्टी निर्णयमा उल्लेख छ, ‘लोकतन्त्रलाई नेपाली समाजमा संस्थागत गर्ने र व्यवहारमा उतार्न कटिवद्ध रहँदै आएको नेपाली कांग्रेस लोकतान्त्रिक प्रकृया अन्तर्गत भएका चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिन्छ र आफ्ना तमाम कार्यकर्ता र शुभ चिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्दछ ।’   संसदमा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि संविधान संशोधनको प्रस्ताव अविलम्व पारित गराउन सरकारसँगै माग गर्दै कांग्रेसले भनेको छ‘संविधान संशोधन पारित गराउन संसद भित्र र बाहिर प्रभावकारी र दवावमूलक भूमिका खेल्ने निर्णय गर्दछ ।’   कमजोरी भए पनि पार्टीलाई थप बदना बनाउन नहुने भन्दै अब संसदमा सरकारलाई अप्ठ्यारो हुने गरी प्रस्तुत हुने तयारी गरेको ती नेता बताउँछन् । सोही कारण ‘संविधान संशोधनको प्रस्तावका पक्षमा जनमत निर्माण गर्न पार्टीका सबै जिल्ला, क्षेत्र, गाउँ र नगर समितिलाई जनमत निर्माण अभियान संचालन गर्न निर्देश गर्दछ ।’ भन्ने निर्णय गरेको ती सदस्य नाम नबताउने शर्तमा जानकारी दिए । अब पुरानो गल्तीमा घोरिनुभन्दा ठूलो दलका रुपमा सरकारलाई दबाब दिएर आफ्नो प्रभाव देखाउने रणनीतिमा कांग्रेस लाग्ने दखिएको हो । सरकारले जारी मधेस आन्दोलनलाई वेवास्ता गरेको र वार्ता पनि देखावटी रहेको उल्लेख गर्दै कांग्रेसले गम्भीर ढंगबाट वार्ता गर्न पनि सरकारसँग माग गरेको छ ।   अन्तिम बैठकमा पनि सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलले उम्मेवदारीको बचाउ गरे पनि नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले उम्मेवदारी दिएर कांग्रेसले गम्भीर गल्ती गरेको र त्यसले पार्टीमा सर्वत्र क्षति पुर्याएको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy