Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विदेशी कम्पनीले काम नगरेपछि पेट्रोलियम अन्वेषण अन्योलमा

\"dailekh_shreesthan_gas1\"काठमाडौं। विदेशी कम्पनीलाई जिम्मा लगाएको काम नगरेपछि पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा परेको छ । खानी तथा भूगर्भ विभागले २०३३ सालमा चुरे तथा तराई समेट्ने गरी सर्वेक्षण गरेपछि २०३९ सालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि परियोजना गठन गरेर उत्खननका लागि विदेशी कम्पनीलाई जिम्मा दिए पनि काम नभएपछि उत्खननको काम अन्योलमा परेको हो । “परियोजना गठन भएसँगै देशको चुरे तथा तराई क्षेत्रलाई १० वटा क्षेत्रमा भाग लगाएर विदेशका विभिन्न कम्पनीलाई अनुसन्धानका लागि जिम्मा दिइएको थियो तर सुरक्षाका कारण देखाउँदै उनीहरुले काम गरेनन्”, परियोजना प्रमुख डा. सोमनाथ सापकोटाले भने । सापकोटाले विदेशी कम्पनीले नेपालमा आफ्नो लगानीको सुरक्षा नदेख्ने र देशमा स्पष्ट ऐनकानुन नहुँदा काम हुन नसकेको उल्लेख गरे । सरकारले पेट्रोलियम अन्वेषणका लागि छुट्टाछुट्टै क्षेत्रमा छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो । जिम्मा दिइएका कम्पनीमा सेल कम्पनी अमेरिका, इमिरेट्स एसोसिएसन गु्रप युएई, केएन इनर्जी गु्रप बेलायत, टेक्साना रिसोर्सेस कम्पनी अमेरिका र विविवि च्याम्पियन्स अमेरिका रहेका थिए । परियोजनाका वरिष्ठ भूगर्वविद् डा गणेश त्रिपाठीले परियोजनाले पेट्रोलियम अनुसन्धानको काम छिटोे अगाडि बढाउने बताए  । उनले विदेशी कम्पनीले लगानीको सुरक्षा देखाउँदै काम नगरेकाले उनीहरुको सम्झौता रद्द गरिएको उल्लेख गरे । उनले भन्नुभयो, “पहिला सरकारले गरेको सम्झौताअनुसार विदेशी कम्पनीले काम नगरेपछि हामी नयाँ बोलपत्र आह्वान गरेर अगाडि बढ्न लागेका छौँ ।” यस्तै अध्ययनका लागि परियोजनाले २१ वटा डाटा प्याकेज तयार गरेको छ । विदेशी कम्पनीले डाटा प्याकेज हेरेर लगानी गर्ने विश्वास परियोजनाले लिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies