Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

भारतीय नाकाबन्दीको कारण उदयपुर सिमेन्ट उद्योग १७ करोड घाटामा

\"sementउदयपुर । तीन महिनादेखि निरन्तर तराई बन्द तथा डेढ महिना यता आएर भारतले गरेको सीमा नाकाबन्दीको कारण देश कै ठूलो उदयपुर सिमेन्ट उद्योग १७ करोड रुपैयाँ घाटामा गएको छ  । उदयपुर जिल्लाको जलजलेमा अवस्थित सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगमा कच्चा पदार्थ ढुवानी बन्द भएको कारण सिमेन्ट उत्पादन हुन नसक्दा रु १७ करोड घाटामा गएको  सिमेन्ट उद्योगका  प्रशासनले बताएको छ । भदौ महिनादेखि असोज १५ सम्म उद्योगमा पहिला नै ढुवानी गरेर डिपोजिट गरिएका कच्चा पदार्थ राखिएको कारण केही सिमेन्ट उत्पादन हुँदै आएको थियो । त्यसपछि कच्चा पदार्थ नै सकिएपछि अहिले उद्योगमा सिमेन्ट उत्पादन ठप्प भएर उद्योग नै बन्द भएको  उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । कच्चा पदार्थ ढुवानीको अभावमा सिमेन्ट उत्पादन बन्द भएपछि उद्योगमा आवद्ध झण्डै पाँच सय कर्मचारीलाई अहिले तलब व्यवस्थापन गर्न जटिल समस्या भएको छ । उद्योगका अन्य कच्चा पदार्थ स्थानीयस्तरबाट नै उपलब्ध हुने भएता पनि कोईला र डिजलको अभावको कारण नै उद्योग बन्द भएको उद्योग प्रशासनले बताएको छ । उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न दैनिक दुई हजार लिटर डिजल र सय टन कोईला अर्थात आठ गाडी कोइला चाहिने तर ती कच्चा पदार्थ भारतले एकपक्षियरुपले नेपालको सीमा नाका बन्द गरेको कारण आपुर्ति हुन नसक्दा उद्योगमा उत्पादन बन्द भएको हो । सिमेन्ट उद्योग सञ्चालनमा मात्र मासिक तीन करोड रुपैयाँ खर्च हुने गरेको छ । प्रतिदिन आठसय टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग लै दैनिक छ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy