Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राजेन्द्र महतोहरूसित मिलेर कांग्रेसले आजबाट संसदमा ‘ताण्डव’ मच्चाउँदै

\"nepali-congress-flag-545\"काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको साथ दिएका मधेस केन्द्रित दलहरुले संसदमा आउँने घोषणा गरेसँगै पुनः उनीहरुको मोर्चा बन्ने देखिएको छ । प्रधानमन्त्रीको चुनावमा उम्मेवदवारी दिएर पार्टीभित्र र बाहिरसमेत नांगिएपछि कांग्रेसले मधेसको माग पूरा गराउन भन्दै संसदबाट प्रभावकारी भूमिका खेल्ने निर्णय हालै सकिएको केन्द्रीय समितिको बैठकबाट गरेको थियो ।   साथै, तीन महिनाभन्दा लामो समयदेखि तराई मधेसमा आन्दोलनका नाममा जनजीवन नै प्रभावित गरेका मधेसकेन्द्रित दलहरु पनि आजदेखि संसदमा आउँने बताइरहेका छन्  आफ्ना संसदमा राख्ने र पूरा गर्ने अवस्था नआए रोष्टम, घेराउ र निरन्तर बैठक अवरुद्ध गर्ने तयारी उनीहरुको छ । सडकबाट बद्नाम भएपछि कांग्रेसको साथमा संसदबाट आफ्ना माग प्रवेश गराउने र सडक पनि नछोड्ने तयारी उनीहरुले गरेका छन् । सोही तयारीपछि आजदेखि सुरु हुने संसदको बैठकमा उनीहरु आउन तयार भएका हुन् ।   कांग्रेस केन्द्रीय सदस्य एवं सभासद् आनन्दप्रसाद ढुंगाानाले पनि अब केन्द्रीय समितिको निर्णय अनुसार समावेशी समानुपातिकता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने, भूकम्पपछिको पुनर्निर्माणको विषयमा संसदमा खरो रुपमा उत्रिने जानकारी दिए ।   ‘हाम्रै सरकार हुँदा संसोधन प्रस्ताव पेश गरेका हौं तर, एमालेका कारण अघि बढेन, एमाओवादीसमेत अन्कनायो र हामीबीच चिसोपन त्यहीबाट बढेको हो’ ढुंगानाले  खबरडबलीसँग भने, ‘निर्वाचन क्षेत्र, समावेशीता, पुनर्निर्माणको प्रस्ताव सदनमा ल्याउनुपर्छ र छलफलपछि पारित गर्नुपर्छ तर, हामीलाई डर छ यो सरकारले त्यो तुहाउने भन्ने  ।’   मधेस केन्द्रित दलहरुसमे संसदमा आउने भएपछि अब संसदमा संयुक्त रुपमा दबाब बढाउने संकेत पनि ढुंगानाले दिए । ‘मधेस केन्द्रित दलहरु संसदमा आएने भएपछि शनिबार हाम्रै संसदीय दलको कार्यालयमा मधेसी मोर्चाका नेताहरु लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्लसहितका नेतासँग छलफल गरेका छौं’ ढुंगानाले भने, ‘अनौपचारिक छलफल गरिरहेका छौं अब संयुक्त दबाब दिने की कसरी जाने भन्ने टुंगोमा पुग्छौं ।’ \"Madhesi-morcha\" कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पनि शनिबार एक विज्ञप्ती जारी गरेर संसदबाटै सबै समस्याको हल खोज्न मधेस केन्द्रित दलहरुलाई अपील गरेका थिए । कांग्रेस नेतृत्वकै सरकारले संविधान संसोधनको प्रस्ताव दर्ता गराइसकेको भन्दै कांग्रेसले संसदबाटै समाधान खोज्न भन्दै आउन आग्रह गरेको थियो ।   कांग्रेससँगको छलफल निरन्तरको नाकाबन्दीका कारण धेरै अपजस भोग्नुपरेपछि रणनीतिक उद्देश्यकासाथ मधेसकेन्द्रित दलहरुले अब मागका नाममा निरन्तर संसद अवरुद्ध गर्ने र यसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेसको सहयोग रहने बुझेका छन् ।   कांग्रेसले पनि सबै प्रमुख पद गुमाएपछि अब सरकारलाई अप्ठ्यारो पार्ने गरी गतिविधि संचालन गर्ने रणनीति बनाएको हो । आफ्नै सरकार हुँदा मधेसीको माग सम्बोधनको लागि तदारुकता नदेखाए पनि विपक्षीमा पुग्दै सबै मुख्य पद गुमाउनु परेपछि कांग्रेस मधेसीसँग उभिंदै सरकारविरुद्ध लाग्न लागेको हो ।   यसका लागि अहिले कांग्रेस संसदीय दलको बैठक पनि बसेको छ । बैठकले केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्नै संसदमा अघि बढेको प्रस्तावलाई पास गराउन प्रभावकारी भूमिका खेल्ने विषयमा निर्णय गर्ने ढुंगानाले जानकारी दिए । कांग्रेसका एक नेताले पनि संसदमा अब कांग्रेसले ताण्डव देखाउने बताएका थिए । ‘कांग्रेसले सबैथोक नै गुमाएको छ’ ती नेताले भने, ‘अब रणनीति परिवर्तन गर्दै संसद बैठकममा हंगामा र ताण्डव देखाई सशक्त बन्ने तयारीमा छौं ।’   केही दिन अघि कांग्रेसका २१ जना मधेसी सांसदहले वर्तमान सरकार मधेसका मागप्रति उदासीन रहेको भन्दै संविधान संसोधन प्रस्ताव अगाडि नबढाइ रोष्टम घेराउ जस्ता अवरोधका कार्यक्रम गर्नुपर्ने बताएपछि सोही अनुसार पार्टीले निर्णय गरेको थियो । यसरी प्रधानमन्त्रीमा एकजुट भएका कांग्रेस र मधेसकेन्द्रित दलहरु फेरि एकजुट भई सरकारविरुद्ध लाग्न लागेका हुन् ।   नयाँ शक्तिको गठन भन्दै देश चहारहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम बाबुराम भट्टराईले पनि शनिबार जनकपुरको कार्यक्रममा अब काठमाडौंबाट मधेसीलाई सहयोग पुग्ने गरी आन्दोलन गर्ने बताएका थिए । तिहारसम्म पनि मधेसीको माग सम्बोधन नभए तिहारपछि पहाडी समुदायको समेत संलग्नतामा पहाडमा मधेसीको मागको लागि आन्दोलन गर्ने चेतावनी उनले दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy