Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रहरी प्रतिवेदन लिन ठूलो सास्ती

\"policeकाठमाडौँ । विदेश जानका लागि प्रहरी प्रतिवेदन लिन देशका विभिन्न भागबाट राजधानी आएका युवा लामो समयदेखि तराई बन्द र इन्धन अभावका कारण उब्जिएका समस्याका कारण अफ्ठ्यारोमा परेका छन् । वैदेशिक रोजगारीमा जानका लागि प्रहरीबाट कुनै आपराधिक कार्यमा संलग्न नभएको भन्ने आशयको प्रतिवेदन काठमाडौँबाट मात्र पाइने हुनाले युवाहरु विभिन्न जिल्लाबाट यहाँ आएका हुन् । एक हप्तादेखि महानगरीय प्रहरी आयुक्तको कार्यालय रत्नपार्क आउनुभएका मोरङ कर्सियाका रमेश राजवंशीले प्रतिवेदन बाँड्न व्यवस्थित प्रणाली नभएको कारण निकै सास्ती भोग्नुपरेको बताए। तराईमा जारी बन्द र भारतको अघोषित नाकाबन्दीका कारण बोलाइएको समयमा आउन र होटलमा बस्न निकै समस्या भएको महोत्तरीबाट आएका हमिद कवादिको गुनासो छ ।  साउदी अरब जानका लागि प्रहरी प्रतिवेदन लिन आएका उनी एक हप्तादेखि होटलमा निकै महँगोमा बस्दै आएका छन्। राजधानी आउन बाध्यता भएकाले प्रहरी सुरक्षामा दोब्बर भाडा तिरेर आएको दुखेसो गर्दै जनकपुरका कलाम नदावले पहिले ८० रुपैयाँमा पाइने होटलको खानालाई अहिले १८० तिर्नु परेको गुनासो गरे । “नेपालमा बसेर केही गरुँ भनेको, सधैँको बन्दका कारण लगानी गर्ने वातावरण पनि छैन, त्यसैले विदेश जान लागेको हुँ”–इलामबाट आएकी चुन्नु सुब्वाले भनिन् । आफन्तका घरमा बस्न पनि यो अभावको समयमा समस्या भएको उनले बताए । प्रतिवेदन लिनका लागि फाराम भर्न पहिले १० रुपैयाँ तिरे पुग्ने ठाउँमा अहिले ७० रुपैयाँ तिर्नुपरेको जलेश्वरबाट आएका २२ वर्षे अमरु लहरीले बताए । देशमा विभिन्न समयमा विभिन्न बहानामा हुने बन्दहड्तालका कारण युवालाई रोजगारीको वातावरण नहँुदा बिदेसिनुपर्ने बाध्यता वैदेशिक रोजगारीमा जाने युवाको छ । “सधैँ बन्द भइरहन्छ, हजार रुपैयाँ आम्दानी गर्न गाह्रो छ, पन्ध्र सय खर्च छ, कसरी चलाउनू,  त्यसैले विदेश जान बाध्यता प¥यो”–अर्घाखाँचीबाट प्रतिवेदन लिनमा लागि आएकी पार्वता सारु मगरले भनिन् । बाहिरबाट प्रतिवेदन लिनका लागि काठमाडौँ आएका युवा होटलमा बास बस्न कोठा सजिलै पाए पनि खानाका लागि निकै गाह्रो भएको गुनासो गर्छन् । होटलवालाले ग्यास नभएको भनी खाना नदिएकाले चिया र बिस्कुटमा दिन काट्नुपरेको रमेश थिङको भनाइ छ । वैदेशिक रोजगारीका लागि प्रहरीबाट आपराधिक कार्यमासंलग्नता नभएको प्रणामपत्र नपाएसम्म वैदेशिक रोजगारीमा जान नपाइने भएकाले विभिन्न जिल्लाबाट राजधानी आएका युवा चिया, बिस्कुट र समोसामा दिन कटाउँदै प्रतिवेदनका लागि पर्खिएको बताउँछन् । पाँच वर्षअघि कतार जाँदाको अनुभव सुनाउँदै विराटनगरका राजवंशीले भने , “पहिले मेनपावरले नै सबै व्यवस्था मिलाइदिएको थियो, अर्को देश जान अहिले फेरि रिपोर्ट चाहिने रहेछ ।”   रोजगारीको अवसर र युवालाई परिचालन गर्ने व्यवस्थित कार्यप्रणाली नभएका कारण दैनिक हजारौँ नेपाली साउदी अरब, कतार, मलेसियालगायत विभिन्न मुलुकमा कामदारका रुपमा जान बाध्य छन् । प्रहरीबाट प्राप्त प्रतिवेदन पनि निकै गल्ती हुने भएकाले युवाहरु थप समस्यामा पर्ने गरेको गुनासो पनि पटक पटक सुनिँदै आएको छ । “रिपोर्ट बाँड्ने समयावधि पनि निकै लामो हुने भएकाले समस्या छ, प्रहरीको त यस्तो समस्या छ, अन्य ठाउँमा अझ के हाल होला ? ” कञ्चनपुरका लल्लु थारुको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending