Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आन्तरिक कारण देखाएर भारतले परवाहन सन्धी उल्लंघन गर्न पाउदैन – पौडेल

\"ramchandra\"चितवन । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आन्तरिक कारणलाई देखाएर भारतले पारवहन अधिकार उल्लङ्घन गर्न नपाउने बताएका छन् । प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हाम्रो आन्तरिक कुरा हामी मिलाउँछौँ भन्दै भन्दै त्यसैलाई देखाएर भारतले आपूर्ति असहज बनाउन नहुने बताएका हुन । नाकाबन्दीका कारण उद्योग, व्यापार, कलकारखाना, निर्माणसमेत ठप्प रहेको भन्दै यसको पार्टीले समेत गम्भीर ध्यानाकर्षण गराइसकेको उनले बताए । नेपाली काँग्रेसले व्यापार पारवहनलाई आन्तरिक राजनीतिसँग जोड्न नहुने बताउँदै आएको भन्दै उनले हाम्रो पारवहन सुविधा पाउनुपर्छ, कहीँ पनि कसैले रोक्न नपाइने बताए । उनले सरकारलाई मधेसका मागप्रति उदार हुन र मधेसवादी दललाई संसद् र सीमा अवरोध नगरी संविधान संशोधनका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका छन् ।  सरकार उदारताका साथ अघि बढ्नासाथ मधेसको आन्दोलन टुङ्गिने बताए । सरकारको वार्ता टोलीमा नबसे पनि नेपाली काँग्रेसले सहजकर्ताका रूपमा रहेर भूमिका निर्वाह गर्ने उनले भने  । आज काठमाडौँ फर्किएलगत्तै मधेसवादी दलसँग आफूले छलफल अगाडि बढाउने भन्दै उनले नाका अवरुद्ध गर्दा आमनेपाली र यहाँको अर्थतन्त्र प्रभावित भएकाले यो कार्य रोक्न आग्रह गरिने बताए । मधेसको माग सम्बोधन गर्न आफूहरू लागिपरेको भन्दै सीमा अवरोध गरेर समस्याको समाधान नहुने उनले दोहोर्याए । प्रस्तावसमेत संसद्मा दर्ता गराइसकेको भन्दै उनले भने –‘तपार्इंहरूको माग संविधानले दिएको छ, प्रष्ट पार्न हामीले संशोधन प्रस्ताव दर्ता गराइसकेका छौँ ।’ एक मधेस एक प्रदेश र जातीय राज्य नस्वीकार्ने भन्दै उनले अन्य मधेसका मागको पक्षमा काँग्रेस पनि रहेको स्पष्ट पारे । अर्को एक प्रसङ्गमा नेपाली काँग्रेसको महाधिवेशन अब भने नसर्ने पौडेलले बताउनुभयो । पत्रकारहरूले अबको काँग्रेस सभापतिको उम्मेदवार तपाईं हो भन्ने प्रश्नमा उनले भने  –‘सबै साथीहरूले उठ्नुपर्छ भनिरहेका छन् । सबैसँग छलफल गरेर औपचारिक घोषणा गर्छु ।’ त्यस्तै कार्यबाहक सभापति पौडेलले पूर्ववर्ती सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्टाउँदै गए सहयोग गर्न नसकिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy