Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न बिशेष कानुन ल्याउनेः मन्त्री सापकोटा

\"12236670_871744226255597_953547077_o\"भक्तपुर । वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न सरकारले बिशेष कानुन ल्याउन लागेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले हाल विगतमा वन तस्करी र फडानीमा संलग्न भएकालाई सुध्रन मौका दिने भएता पनि नसुध्रनेलाई नेपालको संविधान अनुसार कडा कारवाही गरिने बताएका हुन । धार्मिक आडमा बन अतिक्रमण गरेर बसेकालाई समेत कारवाहिको दायरामा ल्याउने भन्दै उनले भुकम्पको पिडामा परेका र इन्धनको अभाव झेलीरहेका नेपालीलाई काठ बितरणको प्रक्रिया अगाडि बढाएको बताए  । नेपालको संविधान जारी पश्चात भारतले गरेको अघोषित नाकाबन्दी अन्तराष्ट्रिय मान्यता बिपरीत भएको र यो मानबिय संबेदनालाई ख्याल नगरि लगाएकाले समेत भारतको गलत कदमको सर्वत्र बिरोध भइरहेको छ – उनले भने । मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तत्पर रहेता पनि मधेश आन्दोलनका नेतृत्वको स्पष्ट माग नआउनु र देश टुक्राउने खालको अवस्थाकै कारण वार्ताले पूर्णता पाउन नसकेको उनको टिप्पणी थियो । भारतको नाकाबन्दीसँगै चीन तर्फको दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बल्ने अवस्थाको श्रृजना गर्न सरकार लागिरहेको भन्दै सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभबलाई सरकाले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको बताए । सापकोटाले एमाओवादी छाडेरका गएका पैंतालीस मध्ये २१ सदस्य रहेको र त्यसमा पनि केहीले आफुले पार्टी नछाडेको बताउँदै उनले भने एमाओबादीमा प्रचण्डको एकल निर्णय नभएर केन्द्रिय समितिको निर्णय लागू हुन्छ । काँग्रेसले विगतको राजनीतिक सहमतीलाई तोडेता पनि राजनीतिक सहमतीलाई निरन्तार दिएर अग्रसर बन्नु पर्नेमा एमाआबादीले जोड दिईरहेको र काँग्रेसलाई सरकारमा ल्याउन लागि परेको समेत उनको भनाइ छ । नेपालमा कम्युनिष्ट एकताको सम्भावना रहेको र यसको प्रक्रियाका लागि नेपालका कम्युनिष्टहरु लागि परेको भन्दै उनले भने  भविष्यमा नेपालका कम्युनिष्टहरु एकै ठाँउमा भएको हेर्न सकिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy