पाकिस्तानको एउटा नगर, जहाँ ‘कम्युनिस्ट शासन’ चलिरहेको छ
चैत्र ८ गते, २०७२ सोमवार 21st March, 2016 Mon०८:०८:५५ मा प्रकाशित
सन् १९९० को दशकमा शोभियत संघ विघटन भएपछि विश्वभर समाजवादी ध्रुवको अन्त्यका बारेमा जोड जोडले हल्ला गर्न थालियो । माक्र्सवादको अन्त्य भयो भनेर गरिने प्रचारलाई तीव्र पारियो । यो दुनियाँबाट कहिल्यै नउदाउने गरी समाजवादी सत्ता लोप भएर गयो पनि भनियो तर संसारका श्रमजीवी वर्गहरू ती मिथ्या भ्रमहरू तोड्दै निरन्तर संघर्षमा डटिरहे; समाजवादी सत्ताका पतनका कारणहरू खोतल्दै झन् अघि अघि बढिरहे ।
पाकिस्तानको हस्तनगर त्यस्तै क्षेत्रमध्येको एउटा हो जहाँका किसानहरूले सामन्तहरूलाई लखेटे र कम्युनिस्ट शासन व्यवस्थाको जग बसाले । हस्तनगरका मानिसहरू आफ्नो परिचय गर्वका साथ कमरेड फलानो भनेर दिन्छन् । उक्त ऐतिहासिक नगर पाकिस्तान र अफगानिस्तानको सिमाना नजिकै रहेको छ । पाकिस्तानको किसान आन्दोलनको इतिहासमा उक्त नगरको किसान आन्दोलनलाई आज पनि अत्यन्त सफल र जुझारु इतिहासका रूपमा लिइन्छ ।
हस्तनगरको किसान आन्दोलनको नेतृत्व मजदुर किसान पार्टीले गरेको थियो । त्यहाँका जमिन्दारहरूलाई लखेटेर मुक्त क्षेत्र घोषणा गरी जमिन्दारको खेत किसानहरूलाई बाँडेका थिए । आन्दोलन त्यति शक्तिशाली र जबरजस्त थियो कि सरकार, पुलिस र सेनाले समेत केही पनि गर्न सकेन । आज पनि हस्तनगर एक मुक्त क्षेत्रका रूपमा रहेको छ जहाँ सामन्तहरूको लाख कोसिसका बाबजुद किसानहरूले कब्जा जमाइरहेका छन् । पछिल्लो ४० वर्षका बिचमा कयौं किसान सहिद भइसकेका छन् ।
विश्वभर चलेको कम्युनिस्ट आन्दोलनबाट त्यहाँका किसानहरू आकर्षित भए । सन् १९५४ मा पाकिस्तान सरकारले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । तर त्यहाँका कम्युनिस्ट पार्टीका सदस्यहरूले भूमिगत भएर किसानहरूलाई संगठित गर्न थाले र सन् १९७० मा मजदुर किसान पार्टी (एमकेपी) गठन गरे । त्यहाँका किसानहरू उक्त पार्टीका सदस्य बने । उनीहरूले दीर्घकालीन सशस्त्र संघर्ष चलाए । सन् १९६७ बाट भारतमा सुरु भएको नक्सलबाडी आन्दोलन समयक्रममा केही कमजोर देखिएको भए पनि १९७० को दशकमा हस्तनगरमा सुरु भएको यो किसान संघर्ष विभिन्न समाजवादी कम्युनिस्ट आन्दोलनहरूबाट हौसला लिँदै अगाडि बढिरह्यो जुन आजसम्मपनि जारी छ ।
हस्तनगरको मुक्ति आन्दोलन १९६९ मा त्यसबेला सुरु भएको थियो जुनबेला जनरल अयुब खानले घोर प्रतिक्रियावादी तानाशाही तरवले भूमिसुधार कार्यक्रम सुरु गरे । त्यो कार्यक्रम पाकिस्तानका जमिन्दारको हितमा थियो । त्यसको प्रत्यक्ष असर कयौं किसानहरूमा प¥यो । किसान घरबार विहीन हुन पुगे । त्यही बिन्दुबाट सुरु भयो किसान आन्दोलन । त्यहाँका किसानहरूले सामान्तलाई लखेटेर कम्युनिस्ट पार्टीको लाल झन्डा गाड्न थाले ।
उक्त पार्टीका किसान नेता अब्दुल सतार एक हातमा किताब र अर्को हातमा बन्दुक लिँदै भन्थे, ‘हामीले दुई किसिमका लडाईं लड्नु परेको छ । एक, हतियारबद्ध सङ्घर्ष र अर्को वैचारिक सङ्घर्ष ।’ उनको योजना थियो, कम्युन गठन गरेर कब्जा गरेको जमिनमा सामूहिक खेती गर्ने ।
करिव ३ सय जनाको शाहदतबाट आन्दोलनले सफलता पायो । जमिन तिनै वर्गको हातमा पुग्यो जसले जोतिरहेका थिए । त्यसभन्दा पनि ठूलो सफलता के मिल्यो भने गरिव किसानहरूमा त्यस्तो हिम्मत पैदा भयो जुन हिम्मतले जुनसुकै बेला जमिन्दारको घाँटी थिच्न सक्छ ।
पाकिस्तानी समाजका अन्य क्षेत्रको प्रभाव हस्तनगरमा पनि पर्ने नै भयो । त्यस क्षेत्रका कम्युनिस्टहरू इस्लाम धर्मलाई मान्दैनथे । तर हिजोआज बिस्तारै धर्मको प्रभाव जनमानसमा पर्न थालेको छ । कोही कोही कम्युनिस्ट सदस्यहरू त के पनि भन्न थालेका छन् भने कम्युनिज्म र इस्लाम सँगसँगै लानुपर्छ । तर त्यहाँका धेरैजसो कम्युनिस्टहरू धर्म र कम्युनिज्मलाई सँगै स्वीकार गर्ने पक्षमा छैनन् । उनीहरुका विचारमा इस्लाम धर्म यस्तो हतियार हो जसको प्रयोग आभिजात्य वर्गले आफ्नो हित अनुकूल प्रयोग गरिरहेको छ ।
हस्तनगरका कम्युनिस्ट नेता मिया मुनिरले आफ्ना साथीहरूको बिचमा बोलेका छन्, ‘एक पटक लेनिनको कार्यकर्ता एउटा गाउँमा गई धर्मको विरुद्ध बोल्दै थिए । त्यही बेला गाउँबासीले उसलाई नराम्रोसँग कुटेछन् । त्यसपछि लेनिनले भनेछन्, ‘मैले तपाईहरूलाई भनेको थिएँ कि ईश्वरको अस्तित्व छैन तर मैले के कुरा भनिनँ भने तपाईंहरू सिधै गएर गाउँबासीलाई यो कुरा भन्नुस् ।’
पाकिस्तानी युवाहरू मिलेर हस्तनगरका बारेमा डकुमेन्ट्री फिल्म समेत बनाएका छन् ।
अझ रोचक कुरा त के छ भने जुन बेला नेपालमा माओवादी जनयुद्ध चलिरहेको थियो त्यस बेला नेपाली जनयुद्धको समर्थनमा त्यहाँ कर्यौ प्रर्दशनहरू भएका थिए; पोस्टरहरू टाँसिएका थिए ।
आज पनि उनीहरु दोहोरो युद्ध लडिरहेका छन् । एकातिर उनीहरुको संघर्ष धार्मिक शक्ति केन्द्रहरुसँग परिरहेको छ भने अर्कातिर पाकिस्तानी राज्य व्यवस्थासँग छ ।
हस्तनगरमा भएको जनताको गौरवशाली इतिहासलाई धेरैले पढ्न पाएका छैनन् । दक्षिण एसियामा साम्राज्यवादका विरुद्ध अर्को धु्रव खडा हुने डरले सञ्चार जगतले पनि यसलाई लुकाइरहेको छ । वर्ग चरित्र अनुसार उनीहरु यसलाई दबाउनै चाहन्छन् । त्यसैले उनीहरुका नजरमा जनताको स्तरबाट भएको यस्तो गौरवशाली इतिहास पनि कहिल्यै समाचार बन्ने गरेको छैन ।
(स्रोतः तिसरी दुँनिया)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: