Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

वार्ताको औचित्य सकिएको छैन : नेता ठाकुर

\"Mahantha-Thakur\"जनकपुरधाम । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ताको औचित्य नसकिएको बताए ।   उनले वीरगन्जमा भएको घटनापछि वार्तामा केही शिथिलता आएको भएपनि वार्ताबाट मोर्चा कहिलेपनि नभागेको बताए । जनकपुरमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै अध्यक्ष ठाकुरले सरकारले वार्ता चाहेको अवस्थामा आफूहरु वार्तामा बस्न तयार रहेको प्रष्ट पारे। तर उनले वार्ताको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको समेत बताए । वर्तमान वार्ता टोलीमा रहेका सदस्यलाई हटाएर नयाँ वार्ता टोली बनाउने तयारी भइरहेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ठाकुरले त्यो सरकारको कार्यशैलीमा निर्भर रहेको बताए । उनले वर्तमान सरकारले नै अहिले वार्ता समिति गठन गरेको कारणले सरकारले जस्तो वार्ता समिति गठन गरेपनि वार्ताबाट आफूहरु नभाग्नेसमेत बताए । अध्यक्ष ठाकुरले वर्तमान संरचनामा नेपाली काँग्रेसलाई वार्तामा नराखेर सहमति भएको अवस्थामा त्यसको औचित्यसमेत नरहेको बताए । अध्यक्ष ठाकुरले मोर्चा दुई प्रदेशमा मात्रै सहमति गर्ने बताउँदै मोर्चाको बटमलाइन नै दुई प्रदेश रहेको बताए । उनले छठपछि आन्दोलनको कार्यक्रम अझ सशक्त हुने भन्दै आन्दोलनमा समयअनुकुल फेरवदल हुने गरेको भएपनि यसको विकल्पसमेत नरहेको बताए । उनले मधेसका जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेकाले बिहारमा भएको निर्वाचनको परिणामले आन्दोलनलाई कुनैपनि प्रकारले कमजोर नबनाउने बताए । ठाकुरले केही व्यक्तिहरु आन्दोलनलाई भाँड्नका लागि यस्तो भ्रामक प्रचार गरिरहेको बताए । संविधान संशोधनका लागि दुई तिहाई पु¥याउन समेत काँग्रेसलाई वार्ता समितिमा राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष ठाकुरले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE