Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एमाओवादी अध्यक्ष दाहाल र मधेसी मार्चाका नेताबीच छलफल

\"p\"काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत मधेस केन्द्रित दलका नेतासँगको छलफललाई निरन्तरता दिएका छन् ।   उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालले आज तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग तराई मधेसको समस्या समाधान गर्ने विषयमा छलफल गरेका हुन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको तीन दलको बैठकले मधेसवादी दलसँग सार्थक वार्ता गर्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिएको थियो । लामो समयदेखि आन्दोलन र असन्तुष्टि जारी रहँदा नागरिकको दैनिकी कष्टकर भएको र आपूर्तिलगायतका विषयमा विकराल अवस्था सिर्जना भएको भन्दै संवादमार्फत तत्काल समस्याको समाधान खोज्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । आज सामान्य छलफल भएको र आइतबार थप छलफल गर्ने सहमति समेत अध्यक्ष दाहाल र अध्यक्ष ठाकुरबीच भएको जनाइएको छ । एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले आजको वार्ता सकारात्मक भएको सङ्क्षिप्त प्रतिक्रिया दिए। “आजको छलफल गम्भीर र सकारात्मक दिशामा केन्द्रित रहेको छ, आइतबार पुनः छलफल गरेर वार्तालाई निर्णायक तहमा पु¥याउने समझदारी भएको छ”– अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले भने । आजको छलफलमा सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको पनि उपस्थिति रहेको थियो । एमाओवादी अध्यक्ष दाहालले दुई÷चार दिनभित्रैमा तराई मधेस केन्द्रित दलका नेतासँग सार्थक संवाद हुने र समस्याको निरोपण हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy