मंसिर १३ गते, २०७३ सोमवार 28th November, 2016 Mon१४:५१:४६ मा प्रकाशित
काठमाडौं । सिआइएका भूतपूर्व अधिकारी एवं विश्लेषक ग्राहाम फुलरले भनेका छन् ‘मेरो विचारमा ISIS जस्तो संगठन अमेरिकाले नै जन्माएको हो, जुन आतंककारी संगठन हो ।” अमेरिकी नीति र योजनाको परिणामस्वरुप विश्वमा कसरी आतंकवाद जन्मिँदै र फैलिँदै छन् अमेरिकी प्रोफेसर नोम चोम्स्कीको खरो टिप्पणी १५ अक्टोबर २०१४ मा ‘सिरियाका विद्रोहीहरूलाई गोप्य अमेरिकी सहयोगबारे सिआइएको अध्ययन’ भनेर “न्यूयोर्क टाइम्स”मा एउटा लेख आयो । यसको शिर्षक ‘अमेरिका एक आतंककारी राज्य हो र यसमा हामी गौरव गर्दछौं’ राखेको भए झनै सुहाउँथ्यो ।
लेखले अमेरिकाले हालसालै गरेका गोप्य सहयोगहरूको प्रभावकारिता वा असफलताबारे केही कुरा उजागर गरेको छ । यो प्रतिवेदन आएपछि ‘ज्यादै नगन्य मात्र ‘सफलता’ हासिल भएको देखियो तसर्थ समीक्षा गरेर विद्यमान नीतिमा सुधार ल्याउनु अत्यन्तै जरुरी छ’ भनेर ह्वाइटहाउसले निचोड निकाल्यो ।
लेखमा जुन देशलाई त्यसै पनि अधीनमा राख्न सकिन्छ भने त्यहाँका विद्रोहीलाई आर्थिक तथा हातहतियार निर्यात समेत गरेर सहयोग गर्नुको केही तुक देख्दिनँ । हामीले सहयोग गरेका विद्रोहीहरुले त्यस्तो उल्लेख्य काम गरेर पनि देखाएका छैनन् भन्ने राष्ट्रपति ओबामाको भनाइ पनि राखिएको छ । त्यसमा ओबामाले सिआइएलाई अवस्थाको समीक्षा गर्न लगाएको कुरा उल्लेख गरिएको छ । अर्थात ओबामाले सिरियाका विद्रोहीहरूलाई गोप्य सहयोग निरन्तर राख्न नचाहेको बुझिन्छ ।
जुन देशलाई त्यसै पनि अधीनमा राख्न सकिन्छ भने त्यहाँका विद्रोहीलाई आर्थिक तथा हातहतियार निर्यात समेत गरेर सहयोग गर्नुको केही तुक देख्दिनँ । हामीले सहयोग गरेका विद्रोहीहरुले त्यस्तो उल्लेख्य काम गरेर पनि देखाएका छैनन् ।” राष्ट्रपति ओबामा
न्यूयोर्क टाइम्स”मा प्रकाशित लेखको पहिलो प्याराग्राफमा ‘गोप्य सहयोग’सँग सम्बन्धित तीन प्रमुख उदाहरण उल्लेख गरिएका छन्– अंगोला, निकारागुवा र क्युबा । यी तीनै उदाहरण अमेरिकी आतंकवाद कसरी सञ्चालित हुने गर्छ भन्ने कुराका जिउँदाजाग्दा प्रमाण हुन् ।
अंगोलामा के भएको थियो ? अंगोलालाई दक्षिण अफ्रिकाका गोरा शासकहरूले कब्जा गरेका थिए । यो घटनालाई ‘वाशिङ्टन’ले नेल्सन मण्डेलाकै अफ्रिकन नेशनल कंग्रेस पार्टीले समेत भनेको भनेर दक्षिण अफ्रिकाले ‘संसारको सबैभन्दा बदमास आतंकवादी समूहबाट’ आफूलाई बचाउन गरेको हो’ भनी सक्दो व्याख्या ग¥यो । यो घटना सन् १९८८ को हो ।
रोनाल्ड रेगन राष्ट्रपति हुँदा दक्षिण अफ्रिकाका जातिवादी गोराहरूको सरकारलाई समर्थन गर्ने संसारको एकमात्र अमेरिका थियो । अमेरिकाकै कंग्रेसले गोरा जातिवादी सरकारलाई आर्थिक नाकाबन्दी लगाउनुपर्छ भन्दाभन्दै पनि । अमेरिकाले जोना साविम्बाको नेतृत्वमा अंगोलामा सक्रिय रहेको ‘यूनिटा’ नामक आतंकवादी सेनालाई सहयोग गरेको थियो । साविम्बी चुनावमा हारिसक्दा र दक्षिण अफ्रिका अंगोलाबाट निस्किसक्दा पनि अमेरिकाले ‘यूनिटा’लाई सहयोग गरी नै रह्यो ।
“साविम्बी यस्तो खुँखार दैँत्य हो जो सत्ताको निम्ति जे पनि गर्न तैयार हुन्थ्यो र ऊ सत्तामा पुगेपछि जहिले पनि अंगोलाका जनताको जीवनलाई उसले नर्कमा धकेल्ने काम र्गयो” भनेर तात्कालिन अंगोलाका निम्ति बेलायती राजदूत माराक गौल्डिङले समेत उल्लेख गरेका थिए ।
क्युबाविरुद्ध अमेरिकाको आतंककारी आक्रमण र १९ अक्टोबर १९६० देखि लगाएको नाकाबन्दी ५५ वर्षपछिसम्म पनि चलिरहेकै छ । अमेरिकी आतंककारी आक्रमणहरूबाट क्युबाले हिसाबै गर्न नसकिने आर्थिक र सामाजिक नोक्सान बेहोर्नुर्पयो ।
अमेरिकाको उक्साहटमा, दक्षिण अफ्रिकाले अंगोलासँग गरेको यो युद्ध ज्यादै भयानक रह्यो । त्यसले १५ लाख दक्षिण अफ्रिकीलगायत छिमेकी मुलुकका मानिसको ज्यान लियो भनेर संयुक्त राष्ट्र संघलाई समेत स्वीकार गर्न कर लाग्यो । क्युबाका सेनाले दक्षिण अफ्रिकी आक्रमणकारीहरुलाई रोक्यो र गैरकानुनी किसिमले कब्जा गरेको मुलुक नामिबियाबाट दक्षिण अफ्रिका निस्केर जान बाध्य भयो । यस्तो बेलामा पनि अमेरिका एक्लैले राक्षसजस्तो “साविम्बी”लाई सहयोग गरिरह्यो ।
क्युबामा अमेरिकाले के र्गयो ? जब राष्ट्रपति जोन एफ. केनेडीको ‘बे अफ पिग्स’ हमला फेल भयो, तब क्युबामाथि ‘धर्तीका आतंककारीहरू’लाई सखाप पार्ने भनेर अमेरिकाले भयानक संहारकारी हत्यारो अभियान सुरु ग¥यो । यो कामको जिम्मा रोबर्ट केनेडीलाई दिइएको थियो ।
अमेरिकाले ‘आतंककारीको विरुद्ध’ भनेर गरेको अत्याचार ज्यादै भयानक थियो । अक्टोबर १९६२ मा ‘आतंकवाद चरम सीमामा पुग्यो’ भन्ने बहानामा क्युबामाथि हमला गर्ने योजना अमेरिकामा बन्यो । यही कारण रुसका निकिता ख्रुरुश्चोभले क्युबामा मिसाइल तैनाथ गरिदिए, जसले संसारलाई आणविक युद्ध नजिकतर नै पुया¥इदियो । तत्कालीन अमेरिकी रक्षामन्त्री रोबर्ट म्याक्नमाराले पछि स्वीकार गर्दै भने, ‘त्यतिखेर म क्युबाको नेता भएको भएँ अमेरिकाले हमला ग¥यो भनेर सजिलै बुझ्ने थिएँ ।”
सिआइएका भूतपूर्व अधिकारी एवं विश्लेषक ग्राहाम फुलरले समेत भनेका छन् “मेरो विचारमा ISIS जस्तो संगठन अमेरिकाले नै जन्माएको हो, जुन आतंककारी हो ।”
क्युबाविरुद्ध अमेरिकाको आतंककारी आक्रमण र १९ अक्टोबर १९६० देखि लगाएको नाकाबन्दी ५५ वर्षपछिसम्म पनि चलिरहेकै छ । अमेरिकी आतंककारी आक्रमणहरूबाट क्युबाले हिसाबै गर्न नसकिने आर्थिक र सामाजिक नोक्सान बेहोर्नुर्पयो । यसबारे क्यानडाका अनुसन्धाता किथ बोलेण्डरले Voices From the Other Side: An Oral History of Terrorism Against Cuba, in 2010 मा विस्तृत रुपमा उल्लेख गरेका छन् ।
[caption id=\"attachment_45714\" align=\"alignleft\" width=\"300\"] नोम चोम्स्की[/caption]
अमेरिकी आतंकवादबाट लाखौँ क्युबाका मानिस मारिए । अझै पनि अमेरिकी आतंकवादले क्युबामा नाकाबन्दी लगाएर सयौँ मानिस मारिरहेको छ, दुनियाँको विरोध हुँदाहुँदै पनि । २८ अक्टोबर २०१४ का दिन सुंक्त राष्ट्रसंघले २३औँ पटक क्युबामाथि अमरिकाले लगाएको आर्थिक, व्यापारिक, आर्थिक नाकाबन्दी हटाउनुपर्ने निर्णय गर्न भोटिङ गर्दा पक्षमा १८८ भोट खसेको थियो भने अमेरिकाको पक्षमा अमेरिका र इजरायलको भोट मात्र मत परेको थियो । यसरी संयुक्त राष्ट्रसंघमा भारी मतले हारेको भए पनि अमेरिकी आतंकवादी सरकारले राष्ट्रसंघको निर्णय नम्बर ६ लाई समेत धोती लगाइदिएको छ र उसैले आफूलाई मानवअधिकारवादी, प्रजातन्त्रवादीको रुपमा विश्वसामु पेस गर्दै आइरहेछ ।
अहिले अमेरिकामै पनि क्युबामाथिको नाकाबन्दी हट्नुपर्छ भन्ने आवाज तीब्र हुँदै गएको छ । किनभने यो नाकाबन्दी कुनै पनि दृष्टिले उपयोगी रहेन भनेर एबीसी न्यूजले पनि हिलारी क्लिन्टनको नयाँ किताब ज्बचम ऋजयष्अभक लाई उद्धृत गर्दै प्रचार ग¥यो । फ्रान्सका अनुसन्धानदाता सलीम लामरानीले पनि यो नाकाबन्दीले गर्दा क्युबाले भोग्नु परिरहेको दुस्खकष्ट र अनगिन्ती आर्थिक क्षतिबारे आफ्नो २०१३ को पुस्तक त्जभ भ्अयलयmष्अ ध्बच ब्नबष्लकत ऋगदब विस्तृत रुपमा नै तथ्य राखेका छन् ।
निकारागुवाबारे ज्यादै थोरै उल्लेख गरिन्छ । रोनाल्ड रेगनको पालामा अमेरिकाको आतंकवादी आक्रमणको विरुद्धमा अन्तर्रा्ष्ट्रिय न्यायालयमा अमेरिकालाई अपराधी नै ठहर समेत गरेर अमेरिकालाई गैरकानुनी रुपमा निकारागुवामा राखेको सेना तुरन्त फर्काउन र निकारागुवामा युद्धले क्षतविक्षत भएको आर्थिकलगायतका अन्य सुधारको काम गर्ने सहयोग गर्नु’ भनी फैसला सुनाएको हो । तर अमेरिकाले त्यस फैसलालाई कहिल्यै टेरेको छैन । बरु १९८६ मा भिटो लगाएर आफ्नो आतंककारी काम जारी राखेकै छ ।
“ अमेरिकाले ISIS जन्माउने योजना नै बनाएको त होइन । तर अमेरिकाले मध्यपूर्वमा मच्चाएको संहारकारी इराक युद्धजस्ता घटनाले नै ISIS जस्तो संगठनको जन्म गराएको हो ।”
अमेरिकाको आतंककारी क्रियाकलापको अर्को उदाहरणका रुपमा सान साल्भाडोरमा ६ जना यहुदी पुरोहितको हत्या गरेको घटनालाई पनि लिइन्छ । उक्त हत्या साल्भाडोरका सेनाले गरेका थिए जसलाई अमेरिकी सेनाले नै हातहतियाले लैस गरेर तालिम दिएका हो । यो घटनामा यहुदी विश्वविद्यालयका पुरोहितहरूको हत्या गर्न पस्दा सो घटना देख्नेहरु, साक्षीहरू, एकजना घरमा काम गर्ने महिला र उनकी छोरीलाई समेत मारिदिएको कुरा खुल्न आएको छ ।
वाशिङ्टनले जताततै आतंकवाद फैलाउन पनि च्याम्पियनका रुपमा काम गरिरहेको छ । भुपू सिआइए विश्लेषक पउल पिल्लरले समेत खबरदारी गर्दे भनेका छन् “अमेरिकाले सिरियामा आक्रमण गरेर अमेरिकाविरोधी भावना फैलाउने काम आफै गरिरहेछ । यस आक्रमणले ‘यो इस्लामविरोधी युद्ध हो’ भनेर अझ जेहादीहरू फैलाउने काम नै गर्नेछ ।” यसरी आतंकवादमा झन मलजल पस्नेछ ।
एक किसिमले अफगानिस्तानमा अमेरिकाले आक्रमण गरेकै फलस्वरुप नै “जेहादीवाद” जन्मेको त हो । त्यही जेहादीवाद अहिले संसारमा बढेर गइरहेको छ र इराक÷सिरिया आदि इस्लामी मुलुकहरूमा ISIS का नामले परिचित भइसकेको छ ।
सिआइएका भूतपूर्व अधिकारी एवं विश्लेषक ग्राहाम फुलरले समेत भनेका छन् ”मेरो विचारमा ISIS जस्तो संगठन अमेरिकाले नै जन्माएको हो, जुन आतंककारी हो ।” उनी अझ प्रस्ट पार्न थप्छन् “अमेरिकाले ISIS जन्माउने योजना नै बनाएको त होइन । तर अमेरिकाले मध्यपूर्वमा मच्चाएको संहारकारी इराक युद्धजस्ता घटनाले नै ISIS जस्तो संगठनको जन्म गराएको हो ।”
यस उल्लेखित कुरामा हामी जोड्न सक्छौँ– ‘आतंककारी’हरूलाई सखाप पार्ने ओबामाको विश्वव्यापी परियोजना छ । र अहिले पछिल्लो गतिविधि “द्रोन आक्रमण”मार्फत सञ्चालन भइरहेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो ।
इसमताबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: