Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

अब बस भाडा पनि स्मार्ट कार्डबाट

\"Bus\"काठमाडौँ । नेपाल बैंकको सहकार्यमा नेपालमा पहिलोपटक साझा यातायातले यात्रुलाई पैसाको सट्टा स्मार्ट कार्डका माध्यमबाट भाडा तिर्ने प्रविधिको परीक्षण थालनी गरेको छ ।

साझा यातायातको कार्यालय पुल्चोकमा सोमबार आयोजित कार्यक्रममा स्मार्ट यात्रा कार्डको परीक्षणको सुरुवात गरिएको हो । कार्ड परीक्षणको सुरुवात् गर्दै यातायातका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कनकमणि दीक्षितले यातायात क्षेत्रमा नवीन प्रविधिको सुरुवात् गर्न पाउँदा खुसी लागेको बताए ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रपताप शाह र भारतीय नुस्पेका प्रमुख कार्यकारी अधिकृत हर्मितसिंह सेठीले यो प्रविधिलाई अन्य यातायातले पनि लागू गरेमा यात्रुका लागि फाइदाजनक हुने बताए । यातायातले एक महिना परीक्षण गरी साझाका सबै बसमा यो प्रविधि जडान गर्नेछ । नयाँ बसपार्क, नारायणगोपालचोक, लगनखेल रुटमा चल्ने बा १ख २२१७ नम्बरको बसबाट स्मार्ट यात्रा कार्ड प्रयोग गर्ने प्रविधि परीक्षण गरिएको थियो ।

एक महिनापछि साझाका अन्य १६ वटा यातायातमा पनि यो प्रविधि लागू गरिने यातायातका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए । उपत्यकाका विभिन्न रुटमा हाल साझाका १६ वटा बस सञ्चालनमा छन् । “छ महिनामा काठमाडौँ महानगरपालिकाको सेयरमा रु १० करोडका २५ वटा बस थप्ने तयारी भएको छ, थपिने बसमा पनि यो प्रविधि जडान गरिनेछ”–निर्देशक पाण्डेले भने।

रु दुई सयको कार्ड किनेर स्मार्ट कार्ड प्रविधि साझा बसमा प्रयोग गर्न सकिने यातायातले जनाएको छ । यसमा रु ५० को मौज्दात हुनेछ । साझाको पछाडिको ढोकाबाट चढ्ने बित्तिकै डिभाइसमा कार्ड देखाउने र अगाडिको ढोकाबाट झर्ने बेलामा पनि डिभाइसमा कार्ड देखाएर झरेपछि दुरी अनुसारको भाडा काटिनेछ । यसलाई बेला बेलामा नवीकरण गर्नु नपर्ने भएकाले यो एटिएम भन्दा पनि झन्झट मुक्त छ ।

पैसा सकिएपछि मोबाइलको रिचार्ज गरेजस्तै गरी रिचार्ज गर्न सकिनेछ । कार्ड हराएमा भने अर्को कार्ड किन्नुपर्नेछ । यो प्रविधिबाट भाडा तिर्दा बढी भाडा नपर्ने भएकाले यात्रु ठगिने सम्भावना कम हुनेछ । विकसित देशमा लागू भएको यो प्रविधि नेपालमा पहिलोपटक भित्रिदा यात्रु खुसी भएका छन् ।

सुरुवात् कार्यक्रममा उपस्थित यात्रु रामेश्वर श्रेष्ठले सरकारले लागू गरेको भाडादर कार्यान्वयनका लागि यो प्रविधि उपयोगी देखिएकाले यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायातमा लागू गराउनुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending