Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नाकाबन्दीले दैनिक त्रियासी करोड घाटा

\"Nakabandi\"काठमाडौँ । भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक रु ८३ करोड घाटा हुने गरेको छ ।नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैनिक रुपमा सम्पादन गर्नुपर्ने काम गर्न नसक्दा तथा ढुवानीमा परेको कठिनाइले सो घाटा ब्यहोर्नुपरेको कृषि विकास मन्त्रालयका सहसचिव डा सुरज पोखरेलले राससलाई बताए ।

दुग्धजन्य, मासुजन्य, खाद्यान्न तथा तरकारी बाली एवम् वितरणमा प्रत्यक्ष–परोक्ष प्रभाव पर्दा जीविकोपार्जन गरिरहेको साना किसानलाई तराईको बन्द हडताल र चक्काजामले गम्भीर सङ्कट उत्पन्न गरेको कृषि विभागका महानिर्देशक युवकध्वज जानकारी दिए ।

नेपाल–भारत सीमामा मधेसी मोर्चाले गरेको लगातारको बन्द, हडताल र चक्काजामको परिस्थितिले कृषि क्षेत्रमा प्रतिकूल प्रभाव परेकाले सर्वसाधारण र किसानको रोजीरोटीमा असर परेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष उद्धव अधिकारीले बताए ।

नाकाबन्दी र इन्धन अभावले उत्पादित कृषि वस्तु बिक्री गर्न बजारसम्म ढुवानी गर्न सकिएको छैन । खेतबारीमा नै कृषि उपज कुहिएको, कृषकको दूध सङ्कलन हुन नसकेको, निजी क्षेत्रका दुग्ध उद्योग बन्द भएको, सिँचाइ तथा रासायनिक मल अभावले अन्न उत्पादनमा ह्रास आएकाले कृषि क्षेत्रमा सो नोक्सान पर्न गएको बुझिन्छ ।

कुखुरा, माछा, बङ्गुर, बाख्रालगायत पशुपालन व्यवसाय उत्पादन तथा बजारीकरणको असहजता एवम् फलफूल सङ्कलन र बिक्री वितरणमा समेत प्रतिकूल प्रभाव परेको छ । सोही कारणले नेपालको प्रमुख दुई खाद्यान्न बाली धान र गहुँमा मात्र रु २८ अर्बको नोक्सान हुने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।

धानबाली उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादनमा असर पुग्छ । मन्त्रालयले यस वर्ष धान उत्पादनमा १२।७ प्रतिशतले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको छ प्रतिशत योगदान छ । गत वर्ष ५६ लाख ५२ हजार ६९२ मेट्रिक टन धानको उत्पादन भएकामा यस वर्ष ५० लाख ४७ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ ।

नेपालले धानमा करिब १५ अर्ब र गहुँमा १३ अर्बको नोक्सान पर्नेछ । मधेसी, महिला थरुहट र आदिवासीका अधिकारलाई संविधान संशोधनमार्फत राज्यका सबै निकायमा सहभागिता, मधेसमा दुई प्रदेश, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम तथा सीमाङ्कनको हेरफेरका आधारमा सङ्घीय प्रदेश गठनको माग राखी मधेसी मोर्चाले साउन ३१ गतेबाट आन्दोलन गर्दै आएका छन् ।

अघोषित नाकाबन्दीको आज ९० दिन पुगेको छ । यस अवधिमा करिब रु ७४ अर्ब ७० करोडको घाटा कृषि क्षेत्रले बेहोर्नुपरेको छ । राष्ट्रिय कृषि गणना २०६८ का अनुसार नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ ।

अहिले गहँुखेती गर्ने मौसम सुरु भएको छ । गहुँलाई चाहिने १२० मेट्रिक टन रासायनिक मल र १६ मेट्रिक टन भाइटाभेक्स–२०० सुक्खा बन्दरगाहमा थन्किएको छ । त्यसले गहँु उत्पादनमा ३० प्रतिशत कमी आउने सहसचिव डा सुरज पोखरेलले बताए।

धान पछिको प्रमुख खाद्यान्न बाली गहुँ हो । मुलुकमा हुन सक्ने खाद्यान्नबालीको अभावलाई गहँुले पूर्ति गर्दछ । गहँुको उत्पादन प्रतिवर्ष १७ लाख मेट्रिक टनभन्दा बढी हुन्छ । खपत नौ लाख मेट्रिकटन छ । तीन महिनामा पोल्ट्री व्यवसायमा रु २२ अर्ब, फलफूलमा रु आठ अर्ब, माछामा रु सात अर्ब, तरकारीमा रु चार अर्ब र दुग्ध व्यवसायमा करिब दुई अर्ब नोक्सान भएको छ ।

सुक्खा बन्दरगाहमा थन्किएको रासायनिक मल, बीउबिजन, तथा भाइटाभेक्स–२०० लगायतका सामग्रीको भाडा भुक्तानी गर्नुपर्ने करिब रु एक अर्बको क्षति व्यहोर्नुपरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy