Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

यस्तो छ प्रचण्डको एक तीर, दुई निशाना

\"Prachanda_Next\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एक तिर,दूई निशाना’ चलाएका छन् । उनको यो रणनीति अन्तर्गत मधेस आन्दोलनको सम्बोधन र भारतलाई विलखबन्दमा पार्नेछ । प्रचण्डले मुख्य मुद्दा सिमाकंनको बनाएर आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने नयाँ सिमाकंनको प्रस्ताव अघि सारेका छन् भने सोही मुद्दा हल हुँदा मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी गरिरहेको भारतको रणनीतिक लक्ष्य ध्वस्त हुनेछ ।   भारतीय सहयोगमा चलिरहेको मधेस आन्दोलन मधेसी नेताको स्वार्थ र भारतीय स्वार्थबीच परिपूरक रहेको नबुझ्ने अव सायदै मानिस होलान् । मधेसी नेताका निहीत स्वार्थको फेरो समातेर भारत नेपाली नेताहरुलाई झुकाउन र आफू अनुकूलको संविधान संशोधन गर्न चाहिरहेको छ । खासमा भारत मधेसी एजेण्डाको सम्बोधन भन्दापनि नेपाललाई हिन्दु राष्ट्र बनाउने योजनामा छ । उसले यसलाई पूरा गराउन मधेसीहरुलाई उचालेको मात्रै छैन,आन्दोलनको सम्पूर्ण व्यवस्थापन समेत गरिरहेको छ ।   पछिल्लो भारतीय रणनीति अनुसार संविधान संशोधन मार्फत आफू अनुकूलको संविधान निर्माण गर्ने फेरि एकपटक ‘भारतले नभनी नेपालमा केही पनि हुन्न’ भन्ने मनोवैज्ञानिक सन्देश प्रवाह गर्न चाहन्छ । यो कुरा बुझेका प्रचण्डले सिमाकंनको नयाँ प्रस्तावमार्फत यस्तो ‘पाशा’ फ्याकेका छन् जसलाई न मधेसी दलहरुले अस्वीकार गर्न सक्छ न भारतले चलखेल गर्ने ठाउँ छ ।   प्रचण्डले पूर्वको झापा र पश्चिमको कन्चनपुरलाई विवादित जिल्लामा राख्ने र पश्चिमको बाँके र बर्दिया मिसाएर बुटवल उताको भूगोलको एक प्रदेश बनाउने प्रस्ताव अघि सारेका छन् । यसैगरी पूर्वका मोरङ र सुनसरीको तल्लो भुगोललाई मधेसमा मिसाएर नयाँ सिमाकंन बनाउने गरी प्रस्ताव गरेका छन् ।   प्रचण्डको यो प्रस्तावले मधेस आन्दोलनको मुख्य एजेण्डाको सम्बोधन गर्नेछ भने भारतले मधेसीहरुलाई उचाल्ने ठाउँ रहने छैन । यो प्रस्ताव पनि मधेसी नेताले मानेनन् भने उनीहरु मधेसमा नागिंने छन् र मधेस आन्दोलन तुहिने छ । जसबाट भारतले मधेसमा खेल्ने ठाउँ सकिने छ । तर, छठलाई तराई झर्ने योजना बनाए पन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रचण्डको यो प्रस्ताव व्यवहारिक भएको र आफूहरुको मुद्दा निकट भएको भन्दै केही दिन काठमाडौंमै बसी छलफल गर्ने भएका छन् । मधेसी मोर्चामा आवद्ध नेताहरुलेसमेत प्रचण्डको यो पछिल्लो प्रस्तावलाई व्यवहारिक मानेपछि अब तीन महिनादेखि जारी गतिरोध अन्त्य हुने सक्ने पनि देखिएको छ । अर्कोतिर सत्तापक्ष एमाले र प्रतिपक्षी नेपाली कांग्रेस वा तिनका केही नेता उचालेर भारतले अर्को खेल खेल्न सक्छ । तर यसरी खेल्न उसलाई सजिलो छैन किनभने नेपाली जनता अहिले धेरथोर सहेरै भएपनि देशले निकास पाओस् भन्ने चाहन्छ । कांग्रेस÷एमालेका नेताहरु यसरी प्रयोग भएभने जनताबाट उनीहरु नागिंने छन् ।   प्रचण्डको यो प्रस्तावले मधेस आन्दोलनको सम्बोधन गर्र्यो भने भारत नाकाबन्दी खोल्न वाध्य हुनेछ । नेपालको आन्तरिक मामला सल्टिएपछि अब कि भारतले नाकाबन्दी खुलाउनुपर्नेछ कि त घोषित रुपमा नाकाबन्दी गर्नुपर्नेछ । भारतलाई घोषित नाकाबन्दी लगाउने अन्तराष्ट्रिय अधिकार छैन । नेपाल भूपरिवेष्ठित अधिकार प्राप्त मुलुक हो उसले घोषित नाकाबन्दी लगाउन सक्दैन । यदि त्यो मूर्खता गर्र्यो भने भारतमाथि संयुक्त राष्ट्रसंघले धावा बोल्न सक्छ । यसरी प्रचण्डले एकतीरले दुई निशाना गर्दैछन् र भारतलाई फेरि धूलो चटाउँनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending