Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

\"Capture\"परासी । इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा  पेट्रोल र  डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन् । विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट सोझै पेट्रोल वा डिजेलको खुलेआम कालोबजारी हुँदासमेत प्रहरी प्रशासन मौन छ  । देशभरि नै पेट्रोलियम पदार्थको हाहाकारसँगै जिल्लाको दक्षिणी क्षेत्रको गोपीगन्ज, सेमरीलगायतका अधिकांश दक्षिण क्षेत्रका पेट्रोल पम्पले चरम मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका हुन् । अझ यस्तो पेट्रोल वा डिजेलको कालोबजारी गर्ने कार्यमा पेट्रोलियम पदार्थ बोक्ने  निजी  ट्याङ्करसमेत प्रयोग गरिएको छ  । यसरी पेट्रोलपम्पले  प्रतिलिटर पेट्रोल ३०० र डिजेल २०० मा कालोबजारीमार्फत बाहिर जिल्लामा पठाउने गरेका छन् । पेट्रोल वा डिजेललाई खुलेआम पम्पबाटै प्रहरीको अगाडि पेट्रोलियम पदार्थको कालोबजारी गरी पेट्रोलियम पदार्थलाई महँगो मूल्यमा काठमाडौँ, चितवन, पोखरा, बुटवललगायतका क्षेत्रमा पठाउने गरेका हुन् । यसबारे पश्चिमाञ्चल डिलर एसोसिएसनका अध्यक्ष प्रेमनारायण पङ्गेनीले जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश पेट्रोल पम्पले खुलेआम पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी गरेको  स्वीकार गरेका छन् । उनले भने – प्रहरी प्रशासन यसबारे मौन बसेपछि केही पेट्रोल पम्पले कालोबजारी गर्दै आएका छन् । अहिले दैनिक करिब १० हजार लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याएर नवलपरासी हुँदै जिल्लाभित्र र बाहिर पठाउने काम हुँदै आए पनि प्रहरी प्रशासन पूर्ण रुपमा मुकदर्शक बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy