Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

शिल्पकारको नेपाल पहिचान यात्रा सुरु

\"tumblr_npix0tMoaE1ro3pg3o1_500\"काठमाडौँ । ‘नेपालीले नेपालको राष्ट्रिय झन्डा चिनौँ’ भन्ने नाराका साथ स्थानीय कुलेश्वरका लक्ष्मीनारायण शिल्पकारले आजदेखि मुलुकका ७५ वटै जिल्लाको भ्रमण सुरु गरेका छन् ।   स्थानीय वसन्तपुर, दरबार स्क्वायरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ कलाकार किरण मानन्धर, वसन्तपुर दरबार स्क्वायर पर्यटन समितिका अध्यक्ष भगवती जोशी, समाजसेवी चन्द्रजीवन शाही, राजु शाही, वाद्यवादक हिराबहादुर शाही लगायतले बिदाइ गरेका थिए । उनन्साठी वर्षीय शिल्पकारले बसबाट पूर्वको झापा हुँदै ताप्लेजुङ पुगी पैदल यात्रा सुरु गर्नुहुनेछ ।  छ महिना लगाएर पश्चिमको कञ्चनपुरसम्मको यात्रा तय गर्न लागिएको जानकारी उनले दिए । ‘नेपालीले नेपालको झन्डा चिन्नुपर्छ र हरेक घरमा झन्डा फहराउनुपर्छ” भन्ने मान्यतालाई स्थापित गर्ने उद्देश्य आफ्नो रहेको शिल्पकारले बताए।   ठूलो आकारको झन्डा बाकेर हिँड्दा धेरैले आफूलाई प्रेरणा दिएको र अभियानमा सहयोग गर्ने वचन दिएको समेत उनले सुनाए । उनी काठमाडौँ दरबार स्क्वायर क्षेत्रमा रहेको लक्ष्मीनारायणको मन्दिर (हाल ध्वस्त) अगाडि राष्ट्रिय झन्डा फहराएर बस्न थालेको  लामै समय भयो । झन्डा पहराउन थालेपछि वसन्तपुर क्षेत्रमा झन्डाको कारोबार समेत बढेको स्थानीय व्यापारीले बताउने गरेका छन् ।   आफ्नै खर्चमा मुलुक भ्रमण गर्न लागेका शिल्पकारले भ्रमणका क्रममा कसैले खानपानको व्यवस्था गरिदिए स्वीकार गर्ने र अरु कुनै पनि प्रकारको सहयोग नलिने बताए । ख्वौमा, भक्तपुरका स्थायी बासिन्दा (हाल कुलेश्वर, काठमाडौँ) शिल्पकार नेपालीका घर घरमा नेपाली झन्डा राख्नुपर्ने र राष्ट्रियताप्रति सचेत हुनुपर्नेमा जोड दिए । उनले भने ,“राष्ट्रिय झन्डा कुनै पार्टीको हुन्न, विचारको हुन्न, यो त राष्ट्रको पहिचान हो, नेपालीको शान हो, मैलै यही सन्देश फैलाउन खोजेको हो ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending