Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भारतीय सीमावर्ती बजार कि मक्खी बजार ?

रूपैडिया (भारत) । नेपाल–भारत सीमावर्ती भारतीय बजार रुपैडियाको ब्यापार भनेकै नेपालीहरुबाट हुने हो । नेपालीहरुले दिनहुँ करोडौंको मालसामानहरु सीमावर्ती भारतीय बजार रुपैडियाबाट ल्याउने गर्छन् । आफ्नै देशको सीमावर्ती बजार नेपालगञ्ज छाडेर नेपालीहरु भारतीय बजारबाटै नुनतेलदेखि दैनिक उपभोग्य सामग्रीहरु रुपैडियाबजारबाटै किन्छन् । दैनिक उपभोग्य वस्तुहरु मात्र नभै लुगाफाटा किन्नसमेत नेपालीहरु टाढाटाढाबाट सीमापारी पुग्छन् । भारतको सीमावर्ती बजार रुपैडियामात्र होइन, सुनौलीको बेल्हिया नाका,  वीरगञ्ज पारीको बजार, महेन्द्रनगरको गड्डाचौकीपारीको बनबासादेखि सानासाना सीमानाकाहरुका भारतीय बजारहरुमा पनि लाखौं नेपालीहरु किनमेलका लागि जाने गर्छन् । लाखौं नेपालीहरु दैनिक उपभोग्यवस्तुदेखि लुगाफाटा किन्न समेत नेपालीभूमि काटेर भारतीय बजारमा आउने भएकैले नेपालीहरुलाई लक्षित गरी सीमामा भारतीय ब्यापारीहरुको ब्यापार फस्टाइरहेको छ । तर केही समययता भने भारतीय बजारमा नेपालीहरु किनमेल गर्न जानेको संख्यामा कमी आएको छ । नेपाल भारतको सीमावर्ती क्षेत्रमा झण्डै दुई महिनादेखि मधेसवादी दलले धर्ना जारी राखेको भन्दै भारतबाट अत्यावश्यक प्रज्वलनशील पदार्थसमेत रोकिदिएपछि नेपालमा इन्धन संकट भएको छ । भारतले हेपाहा प्रवृत्तिकै कारण नेपालीहरुले दुःख पाउने गरेको भन्दै नेपालीहरु सीमावर्ती बजारमा किनमेल गर्न जान छाडेपछि भने सीमावर्ती भारतीय बजार पनि सुक्न थालेका छन् । \"rupaidiha-bazar-1\" यो तस्विर नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाको पसलको हो । पुरै दुर्गन्धित यो बजारका पसलहरुमा सधैं नै यस्तै झिँगाहरु भन्किएका हुन्छन् । नेपालीहरुकै लागि थापिएका यी पसलहरुमा भन्किएका झिँगा धपाउँदै नेपालीहरुलाई सामान बेच्ने उनीहरुको दिनचर्या नै हो । तर भारतीयहरुले नेपालको नयाँ संविधानप्रतिको असन्तुष्टीमा नाकाबन्दी गरिदिएपछि सीमावर्ती क्षेत्रभन्दा टाढा टाढाबाट आउने नेपालीहरु पनि नेपाली बजारमै किनमेल गरेर फर्किने गरेका छन् । भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरु कम भएकै कारणले गर्दा भारतीय सीमावर्ती बजारमा झनै बढी झिँगा भन्किने गरेका छन् । नेपालभन्दा दुई चार पैसा सस्तो पर्ने भएकैले नेपालीहरु दिनहुँ ठगिने भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका हुन् । तर पछिल्लो समय भारतले गरेको नाकाबन्दीको रिसले गर्दा ब्यापारीहरुबाहेक अन्य नेपाली उपभोक्ताहरु भारतीय सीमावर्ती बजार जान छाडेका हुन् । नेपालगञ्जमा भेटिएका एक उपभोक्ताले भने–‘जबसम्म भारतको हेपाहा प्रवृत्तिको अन्त्य हुँदैन, तबसम्म भारतको मक्खी बजारमा गइँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending