Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

स्वदेश फर्किएका आपूर्तिमन्त्री भन्छन्– अहिले यत्ति भनौं,हप्ता दश दिनमै परिणाम आउँछ

\"Ganeshman-Pun\"काठमाडौं । एकसाता लामो अनौपचारिक चीन भ्रमण सकाएर वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पून मंगलबार राति स्वदेश फर्किएका छन् ।   मंगलबार राति नेपाल फर्किएका पूनसँग खबरडबलीले उपलब्धी के भयो ? भनी राखेको जिज्ञासामा पूनले भने–‘चीन भ्रमण उपलब्धी मूलक भएको छ । अहिले यत्ति भनौ यसको परिणाम हप्ता दशदिनमै आउँछ ।’   भ्रमण निकै फलदायी र उपलब्धी मूलक रहेको बताएपनि केके विषयमा छलफल भयो भन्नेचाही खुलाउन चाहेनन् । कतिपय कुटनीतिक कुरा छन् । सरकार र प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्रै चीनसँगको वार्ताका बारेमा बाहिर बोल्ने पूनले बताएका छन् ।   मंगलबार राति बेइजिङबाट हङकङ हुँदै स्वदेश फर्किएका पूनले चीन सरकार र चीनको कम्युनिष्ट पार्टीका उच्च तहका अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।   भेटवार्ताको क्रममा नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा रहेको र आपतकालिन अवस्था ठानी सहयोग गर्न चीनका नेताहरुसँग आग्रह गरेका थिए ।   नेपाललाई अहिले तत्कालै इन्धन, खाना पकाउने ग्यास र औषधीको चरम अभाव भएका कारण राजस्व छुट सहित उपलब्ध गराईदिन समेत भनेका थिए । चीनको पेट्रो चाइनासँग केही समय अघि इन्धन खरिदका लागी भएको सैदान्तीक सहमति अनुसार नै इन्धन उपलब्ध गराउन समेत भनेका थिए ।   मन्त्री स्रोतका अनुसार चीनले पूनलाई हप्ता, दश दिनभित्रै इन्धन र ग्यास लगायत औषधी उपलब्ध गराउने बचन दिएको छ । सोही छलफल अनुसार चीनले तातोपानी नाकाको अवस्था बुझ्न भाइटिकाको दिन एक प्राविधिक टोलीलाई पठाएको थियो भने नेपाल आयल निगमलाई सम्झौताको लागी बेइजिङ बोलाइसकेको छ ।   मन्त्री स्रोत भन्छ—अबको हप्ता दिन भित्रै चीनबाट इन्धन आपूर्ति सुरु हुन्छ । मन्त्री पूनले चीनसँग दीर्घकालिन व्यापारीक साझेदारी तथा इन्धनमै समेत दीर्घकालिन व्यापारका लागी सौचन आग्रह गरेका थिए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy