मंसिर २ गते, २०७२ बुधवार 18th November, 2015 Wed१०:४५:०० मा प्रकाशित
काठमाडौं । दुई महिनाभन्दा बढी समयदेखि भारतले अघोषित नाकाबन्दी गरेपछि इन्धन र खाना पकाउने ग्यासको अभावले चरम संकट उत्पन्न भएको छ । इन्धन अभावले दशैंअघिदेखि नै सडकमा गाडीहरु कम गुडेका छन् भने खाना पकाउने ग्यास अभावले नागरिकहरुले वैकल्पिक ऊर्जाहरुको प्रयोग गर्न बाध्य छन्। कतिपयले विजुलीमा खाना पकाएर खाइरहेका छन् । राजधानीका होटलहरुमा ग्यास चुल्होको सट्टा दाउरा बल्न थालेको धेरै भइसक्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुअघिदेखि नै नेपालमा इन्धन र खाना पकाउने ग्यासको अभाव शुरु भएको हो । दुई महिनाभन्दा बढी समयदेखि इन्धन र एलपी ग्यास अभाव भए पनि सरकारका मन्त्रीदेखि उच्च तहका अधिकारीहरुको भने न त ग्यास अभावले समस्या छ न त इन्धन अभावले गाडी थन्क्याइएका छन् । ग्यास नभएर हाहाकार हुँदा सरकारका मन्त्रीहरुको ग्यास सकिएको भने सुनिएको छैन ।
खाना पकाउने ग्यास अभाव शुरु भएपछि आंशिक रुपमा भए पनि संकट टार्न भन्दै आधा ग्यास सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने भनिए पनि उद्योगीहरुकै अनियमितताका कारण दुई दिन पनि आधा ग्यास सिलिण्डर विक्री भएनन् । त्यसपछि आएको ग्यास सबै सकिएको भन्दै आधा सिलिण्डर ग्गास वितरण पनि रोकियो । भारतले आपूर्ति नियमित सूचारु गर्दा पनि नेपालमा माग अनुसारको ग्यास आयात हुँदैनथ्यो ।
नेपाल आयल निगम स्रोतका अनुसार नेपालको वार्षिक माग १४ हजार मेट्रिक टन ग्यासको माग भए पनि भारतबाट नेपालमा करिब ११ हजार मेट्रिक टन ग्यास आयात हुन्छ । नेपालमा खपत हुने ग्यासमध्ये ८० प्रतिशत ग्यास काठमाडौंमा मात्रै खपत हुन्छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्दै गएकोले काठमाडौं उपत्यकाबाहिर पनि ग्यासको माग बढ्दै गएको छ ।
आर्थिक वर्ष २०६५÷६६ मा नेपालमा ९ करोड ७६ लाख ३७ हजार ५८ केजी एलपी ग्यास आयात भएको थियो । यसको मूल्य ६ अर्ब ५७ करोड ४३ लाख ५३ हजार रुपैयाँ थियो । तर, आव २०६४÷६५ मा भने १८ करोड ७२ लाख ११ हजार ९ सय २४ केजी एलपी ग्यास आयात भएको थियो । यसको मूल्य ६ अर्ब २२ करोड ६६ लाख ६४ हजार रुपैयाँ थियो ।
दाउरा ग्यासको विकल्प होला ?
ग्यास अभाव भएपछि र भारतले तुरुन्तै नाकाबन्दी खुला गर्ने छाँट नदेखिएपछि दुई दिनयता राजधानीमा ग्यासको विकल्प स्वरुप दाउरा बिक्री थालिएको छ । तर राजधानीमा डेरामा बस्नेहरुका लागि दाउरा बालेर खाना खाने कुरा कत्तिको सम्भव होला ? खाना पकाउने ग्यासको अभाव भएदेखि नै केहीले भने डिजेल प्रयोग गरेर चुल्हो बालिरहेका छन् । डिजेल प्रयोग गरेर स्टोभ बाल्नु निकै जोखिम हो । तर जोखिम मोलेरै भए पनि स्टोभमा डिजेल प्रयोग गरेर खाना पकाइरहेका छन्, कतिपयले ।
राजधानीमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सरकारले राजधानीमा दाउरा वितरण गर्ने योजना अघि सारेको हो । वन मन्त्रालयले राजधानीमा दाउराको बिक्री वितरणका लागि द टिम्बर कर्पोरेशन नेपाल (टीसीएन)लाई जिम्मा दिएपछि टीसीएनले राजधानीको विभिन्न ठाउँबाट दाउरा बिक्री वितरण गरिरहेको छ ।
दश लाख लिटर मट्टितेल मौज्दात
नेपाल आयल निगमले भारतले नाकाबन्दी गरेदेखि नै मट्टितेल वितरण गरेको छैन । निगम स्रोतकाअनुसार माग अनुसारको पूर्ति गर्न नसकिए पनि झण्डै १० लाख लिटर मट्टितेल मौज्दात राखिएको छ । निगमको अमलेखगञ्ज डिपोमा झन्डै ६ लाख लिटर मट्टितेल र काठमाडौंको थानकोट डिपोमा दुई लाख लिटर मट्टितेल मौज्दात रहेको छ । भलवारी, नेपालगञ्ज लगायतका डिपोहरुमा समेत झन्डै दुई लाख लिटर मट्टितेल मौज्दात छतर पनि यसको तथ्यांक भने बाहिर ल्याइएको छैन । निगमले राखेको मट्टितेलको मौज्दातबारे सरकारसमेत अनभिज्ञ रहेको स्रोत बताउँछ ।
तारे होटलहरु बन्द हुने अवस्थामा
इन्धन अभावलाई चुनौती दिँदै केही होटलहरुले बैकल्पिक ऊर्जाका रुपमा दाउरा प्रयोग गरे पनि इन्धन अभावले गर्दा राजधानीका कतिपय होटल, रेष्टुरेन्टहरु बन्द भइसकेका छन् । इन्धन अभावका कारण छिट्टै नै राजधानीका तारे होटलहरुसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: