Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

औषधिका सयौ गाडी भारतीय सीमामा थन्किए , मुलुकभर औषधिको चरम अभाव

\"blacked\"वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् । औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ । भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् । औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हुँदा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायी बताउँछन् । ‘नेपालका लागि आयात गरिएका ३०० भन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका ट्रक सीमावर्ती भारतीय सहर रक्सौलमा थन्किएका छन्’ – नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेवालले भने – ‘औषधिजस्तो अत्यावश्यक जीवन रक्षक वस्तु लामो समयसम्म सीमा क्षेत्रमा रोकिँदा असमान तापक्रमका कारण गुणस्तरमा समस्या आउन सक्ने हुँदा यसतर्फ सबै पक्ष अत्यन्त संवेदनशील हुनुपर्छ ।’ मानवीय जीवनका लागि अतिआवश्यक पर्ने औषधि बोकेको ट्रक नेपाल भित्रिन नसक्नु ज्यादै दुःखद अवस्था हो भन्दै उपाध्यक्ष खण्डेवालले तीन महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना उच्च रहेकाले आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको बताए । भारत र तेस्रो मुलुकबाट आयातीत अधिकांश औषधि वीरगन्ज भन्सार नाका हुदै नेपाल भित्र्याउने गरिन्छ । ‘आयातीत सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले औषधि उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुन सकेको छैन ’ –खण्डेवालले भने –‘औषधिजन्य कच्चा पदार्थ सीमावर्ती भारतीय नाकामा रोकिँदा वीरगन्ज पथलैया औद्योगिक करिडोरका अधिकांश औषधि उद्योगको उत्पादनसमेत ठप्प भएको छ, औषधि उत्पादन ठप्प हुदा उद्योगी, व्यवसायीका साथै आमउपभोक्ता पनि मारमा परेका छन् ।’ सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुन नदिने जिकिर औषधि उद्योग सञ्चालकको छ । ‘औषधि उद्योगलाई प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउनुपर्छ ’, नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक अरविन्द अमात्यले भने– ‘अहिले उद्योगी–व्यापारी दोहोरो मारमा परिरहेको हुँदा सरकारले तत्काल बाटोमा उठेका समस्याको सामाधान खोजी मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ ।’ सञ्चालक अमात्यले औषधिको अभावमा तत्कालै कुनै पनि नेपालीले मर्नुपर्ने अवस्था भने नरहेको बताए । नेपालमा स्लाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको भण्डारणमा कमी देखिएको चिकित्सकको भनाइ छ । नेपालमा वार्षिक करिब ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार विदेशबाट आयातीत औषधिमध्ये ५५ प्रतिशत औषधि भारतबाटै आउने गरेका छन् । भारतबाट आयात हुने भारतीय उत्पादनका औषधि  तीन महिनादेखि पूर्ण रुपले रोकिएको बताउँदै खण्डेवालले औषधि आयात हुन नसक्दा अहिले शल्यक्रिया र मुटुरोगसम्बन्धी औषधिको चरम अभाव मुलुकमा देखिन थालेको बताए । भारतबाट आयात हुने औषधिमध्ये १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामान मात्र नेपाल भित्रिने गरेका छन् । स्वदेशी उत्पादनले कुल मागको ४० प्रतिशत मात्र औषधि उत्पादन गर्न सकेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending