Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

कोरिया जानेको स्वास्थ्य परीक्षण शुरु, रोजगारीका लागि मंसिर ६ देखि आवेदन खुल्ला

southkoreaकाठमाडौं । कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । सन् २०१६ मा कोरिया जान भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरू गरिएको ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्ने समय एक सातासम्मका लागि तय गरिएको छ । स्वास्थ्य परीक्षण रिपोर्ट आउन कम्तिमा ६ दिन लाग्नेछ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने मात्रै रोजगारदाता कम्पनीको छनोटमा पर्ने भएकाले भाषा परीक्षा उत्तीर्णपछि स्वास्थ्य परीक्षण पनि राम्रो हुनु पर्दछ । पाटन अस्पताल, टेकु, सिभिल अस्पताल र कोरियामैत्री अस्पतालबाट मात्र स्वास्थ्य परीक्षण गर्न पाइने ब्यवस्था गरिएको शाखाले जनाएको छ । स्वास्थ्य रिपोर्ट अस्पतालले नै ईपीएस कार्यालयलाई बुझाउनुपर्ने नियम छ । भाषा परीक्षा उत्तीर्ण भई स्वास्थ्य रिपोर्टमा पास हुनेले मात्रै रोजगारीका लागि निवेदन फारम भर्न पाउनेछन् । मंसिर ६ गतेदेखि रोजगार फारम खुल्ला हुने शाखाले जनाएको छ । स्वास्थ्य परीक्षणको ५५ अमेरिकी डलर र रोजगार निवेदशन दिन ६० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, ईपीएस कोरिया शाखाले मंसिर ९ देखि स्कील टेस्ट परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले मासिक न्यूनतम एक लाख भन्दा बढी कमाउने भएकाले इपीएस भाषा परीक्षा दिएर कोरिया जानेहरुको आकर्षण बढेको छ । प्रशिक्षार्थी कामदारका रूपमा सन् २००८ देखि दक्षिण कोरियामा नेपाली काम गर्न जान थालेका हुन् । कोरियाले यो प्रणालीमार्फत विभिन्न १५ वटा मुलुकबाट कामदार लिने गरेको छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji