मंसिर ४ गते, २०७२ बिहिवार 19th November, 2015 Thu१४:५६:४० मा प्रकाशित
न्युयोर्क । मुस्लिम अतिवादी समूह, आइएसले दिएको भनिएको आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा सतर्कता अपनाइएको समाचार छ ।
हालैमात्र मुस्लिम जिहादी समूह, आइएसले दिएको धम्कीमा न्युयोर्कमा पनि हमला हुनसक्ने बताएको थियो । सो धम्कीप्रति सहरमा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।
तर त्यस्तो कुनै खतरा भने हाललाई नरहेको न्युयोर्क प्रहरीले जनाएको छ । आइएसले हालै सो भिडियो सार्वजनिक गरेको थियो ।
न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले भनेका छन्– यस सहरका नागरिक यस्ता धम्कीले डराउने र आफ्ना दैनिक क्रियाकलापहरुमा परिवर्तन ल्याउनेवाला छैनन् ।
यो हाम्रो प्रजातान्त्रिक समाजमा बिचलन ल्याउने र आतंकित पार्ने प्रयास मात्र हो र यस्ता धम्कीबाट हामी बिचलित हुदैनौँ– मेयरले भनेका छन् ।
आतङ्ककारीहरुको उद्देश्य नै यसरी नागरिकलाई आतङ्कित पार्ने भएकोले यस्ता धम्कीले यस नगरका नागरिकका दिनचर्या फेरिँदैनन्– उनको भनाई छ ।
मेयर ब्लासियोले भने– त्यस धम्कीपूर्ण भिडियो कुनै विश्वसनीय छैन र पछिल्लो समयमा आएको भनिएको सो भिडियोको कुनै अर्थ पनि छैन ।
उनले न्युयोर्क सहरमा अतिरिक्त प्रहरी र सुरक्षा व्यवस्था उपलब्ध गराइएको र सुरक्षाका भरपर्दा र अत्याधुनिक मापदण्डहरु पनि अपनाइएको बताए ।
आइएसले गत शुक्रबारमात्र फ्रान्सको राजधानी पेरिसमा आतङ्कवादी हमला गरेका थिए । सो हमलामा परी कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो । रासस÷एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: