काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको ज्यान जाने गरी भएको विष्फोट र आक्रमणका मुख्य योजनाकार अब्देलहमीद अबाउद मारिएका छन् । गत शुक्रबार पेरिसका बिभिन्न स्थानमा श्रृङ्खलाबद्ध आक्रमणका मुख्य योजनाकार अबाउद थिए ।
बुधबार उत्तरी पेरिसमा भएको पुलिस कारबाहीमा उनी मारिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जानकारी दिएका छन् । सुरुमा उनको पहिचान नभएपनि पछि अबाउद नै भएको पत्ता लागेको अधिकारीहरुको दाबी छ ।
गत शुक्रबार पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको ज्यान गएको थियो भने ३५० भन्दा बढी घाइते भएका थिए ।
को हुन् अबाउद ?
फान्सेली अनुसन्धानकर्ताका अनुसार मोरक्को मुलका बेल्जियम नागरिक अब्देलहमिद अबाउद पेरिस आक्रमणको प्रमुख योजनाकार हुन ।
फ्रान्स पुलिसले पेरिस हमलाका मास्टरमाइन्ड मानिएका २७ वर्षिय अब्देलहमिद अबउदको खोजी कार्य जारी राखेको थियो । पेरिसको सेन्ट डेनिसमा फ्रान्सेली प्रहरीको सर्च अप्रेशनको क्रममा हिजो आतंकवादी महिला आत्मघाती सहित २ जनाको मृत्यु भएको थियो ।
अब्देलहमिद कट्टरपन्थी स्लामिक स्टेटका सदस्य हुन । उनको पालनपोषण ब्रसेल्सको एक जिल्ला मोनिलबीकमा भएको थियो, जहाँ ठूलो संख्यामा अरब आप्रबासीहरु बस्छन् । त्यहाँ बेरोजगारी र आवासको गम्भीर समस्या छ ।
उनले २०१४मा ब्रसेल्सको एक संग्राहलयमा ४ जनाको गोली हानी हत्या गरेका थिए । उनी युद्ध अपराधिको सुचिमा छन् । प्रहरीको सर्वाधिक खोजी भएका व्यक्तिमा पर्छन ।
प्रतिकृया लेख्नुहोस्: