Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नाकाबन्दीले राजस्वमा भारी गिरावट

\"paisa\"चितवन । भारतीय अघोषित नाकाबन्दीका कारण उद्योग र  व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा सङ्कलन हुने करमा २५ प्रतिशतले कमी आएको छ । नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम् इन्धन सहज आयात हुन नसक्दा उद्योगहरु प्रभावित भएपछि राजस्वमा भारी कमी आएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालका अनुसार गएको चार महिनामा रु तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु दुई अर्ब ७७ करोड ४८ लाखमात्र राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ७५ दशमलव २३ प्रतिशतमात्र हो । प्रमुख भुसालले सबैभन्दा बढी अन्तःशुल्कमा प्रभाव परेको बताए । साउनदेखि कात्तिकसम्म अन्तःशुल्कमा मात्र रु तीन अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा दुई अर्ब १७ करोडमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ६८ दशमलव ३२ प्रतिशतमात्र प्रगति हो । उनले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर र शिक्षा सेवा शुल्क करमा राम्रो प्रगति भए पनि अन्तःशुल्कसँगै स्वास्थ्य सेवा करमा पनि राजस्व सङ्कलनमा निकै कमी आएको बताए । स्वास्थ्य सेवा करमा तीन करोड ५२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा  एक करोड ३८ लाखमात्र राजस्व सङ्कलन भएको छ । जुन ३९ दशमलव ३३ प्रतिशतमात्र हुन आउँछ । आयकरतर्फ भने लक्ष्यको १४२ दशमलब ४९ प्रतिशत उपलब्धि भएको छ भने घरबहाल करमा ११५ दशमलब ६२ प्रतिशत, ब्याजकरमा १०१ दशमलब ०४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ११४ दशमलव २२ प्रतिशत र शिक्षा सेवा शुल्कमा १२९ दशमलब २३ प्रतिशत उपलब्धि भएको प्रमुख भुसालले बताए । यस कार्यालयले हेर्ने चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्रमा धेरै बियर र मदिरा उद्योग छन् । देशभरका बियर उद्योगबाट सङ्कलन हुने अन्तःशुल्कको ८० प्रतिशत हाराहारी राजस्व यही कार्यालयबाट सङ्कलन हुनेमा नाकाबन्दीका कारण अन्तःशुल्कमा सबैभन्दा बढी प्रभाव देखिएको भुसालले बताए । बियर र मदिराका बोतल सङ्कलन हुन नसक्नु, भन्सारबाट नयाँ बोतल र कच्चा पदार्थ आयात हुन नसक्नु एवम् इन्धनको अभावकै कारण उत्पादन घटेकैले राजस्वमा कमी आएको उनले बताए । आन्तरिक राजस्व कार्यालयमा आयकरतर्फ ३६ हजार १४५, मूल्य अभिवृद्धि करतर्फ छ हजार ३८१ र अन्तःशुल्कतर्फ तीन हजार ५४१ करदाता रहेका छन् । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु ११ अर्ब ८१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । गत आवमा रु नौ अर्ब ९६ करोड राजस्व सङ्कलन भएकामा अन्तःशुल्कको मात्रै रु आठ अर्ब ४५ करोड रहेको थियो ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies