Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसकारण भारतबाट परिचालित छ मधेस आन्दोलन

\"Madhesi-morcha\"काठमाडौं । भारतको निर्मम नाकाबन्दीबाट जनताको चुलो मात्र निभेको नभई बिरामीले औषधीसम्म नपाई मृत्यु हुने अवस्थासम्म आइसकेको छ । तर, सामान्य मानवीय मर्यादासमेत ख्याल नभएको भन्दै भारतको र मधेस केन्द्रित दलहरुको सर्वत्र आलोचना भइरहेका बेला नाकाबन्दीमा भारत र मधेसको साँठगाँठ देखिने गरी प्रतिक्रिया आएका छन् ।   बिहीबार भारतले ओषधी एयरलिफ्ट वा रिरुट गरेर लैजान भनेलगत्तै मधेसी मोर्चाले विराटनगर नाकाबाट औषधी ल्याउन दिने र बिहान शैक्षिक संस्था खोल्ने निर्णय गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नियमित पत्रकार सम्मेलनमा रिरुटबाट औषधी लान दिने बताएलगत्तै मेधसी मोर्चाले पनि विराटनगरबाट औषधी ल्याउन दिने निर्णय गरेको थियो ।   केही दिन अघिदेखि नै औषधीको अभाव देखिएपछि अस्पतालमा कार्यरत डाक्टरहरुले सबैतिर हारगुहार गरे पनि मोर्चाका नेताहरुले सुनेको नसुन्यै गरेका थिए । तर, भारतले भन्नेवित्तिकै उनीहरुले औषधी ल्याउन दिएपछि मधेसको कथित आन्दोलनमा भारतको साथ रहेको भन्दै सामाजिक संजालमा एकाएक स्टाटस पोष्ट भएका थिए । बिहीबार मोर्चाले विज्ञप्ती निकाल्दै भनेको छ बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो।\'   प्रवक्ता स्वरुपले विरगंजमा रोकिएका गाडी फिर्ता गरी अन्य नाकाबाट औषधी नेपाल लग्न भनेका थिए । तर, अतिआवश्यक औषधी ल्याउँदै गर्दा बिहीबार राती वीरगंजमा ट्रकमाथि पेट्रोल बम प्रहार गरिएको छ । मोर्चाले औषधी ल्याउन दिने भनेलगत्तै राती १ बजे यस्तो आक्रमण भएको हो । आक्रमणबाट २० लाखभन्दा बढीको अत्यावश्यक औषधी नष्ट भएको छ । २० लाख बराबरको एन्टिबायोटिक औषधी जलेर कामै नलाग्ने गरी नष्ट भएको प्रहरीको भनाई छ ।   मानवताको नाताले औषधी ल्याउन दिने निर्णय गरेको केही घण्टा नबित्दै मोर्चाले मध्यरातमा तीनवटा बम प्रहार गरी औषधीमात्र क्षति पुर्याएको छैन, सामान्य मानवीय मर्यादासमेत गुमाएको छ । भारतले वीरगंजबाट औषधी नपठाउने निर्णय गर्नु र मोर्चा पनि धर्नामा बसी ओषधी जलाउनुले भारत र मोर्चाले मिलेर नै नाकामा अवरोध गरेको पुष्टि हुन्छ ।   जाडो मौसम सुरु भएपछि अहिले चिसो दिनादुदिन बढ्दैछ तर, मोर्चाले शितलहर चल्ने तराईमा बिहान विद्यालय संचालन हुने निर्णय गरेर अर्को अमानवीयता देखाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यसरी भारतले भन्नु र मोर्चाले तत्काल निर्णय गर्नुले मधेस आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता रहेको अब कतैबाट पनि छिप्ने विषय रहेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies