मालीको होटल आक्रमणमा २७ काे मृत्यु , सङ्कटकालको घोषणा
मंसिर ६ गते, २०७२ शनिवार 21st November, 2015 Sat१३:०५:१९ मा प्रकाशित
बामाको । मालीको एक होटलमा बन्धक बनाइएका व्यक्ति मुक्तगर्ने प्रकरणमा २७ जनाको ज्यान गएको छ ।
मालीको राजधानी बामाकोमा रहेको ¥याडिसन ब्लु होटलमा पाहुना र होटल कर्मचारी गरी १४० जनालाई हतियारधारीहरुले शुक्रबार बन्धक बनाएका थिए ।
ती बन्धकलाई मुक्त गर्ने प्रक्रियामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । त्यस्तै अरु केही घाइते भएका छन् ।
मालीको सैनिकको विशेष कमाण्डोका साथै फ्रान्सेली र अमेरिकी सेनाको कमाण्डोले पनि सो बन्धक प्रकरणमा काम गरेका थिए । ती सुरक्षाकर्मीहरुको निरन्तर नौ घन्टाको प्रयासपछि बन्धकलाई मुक्त गर्न सकिएको हो ।
शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटलमा प्रवेश गरी पाहुनाहरू बसेका कोठाबाट होटल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।
सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका जानकारी दिएका थिए । उनीहरुले कुनै शर्त नराखी लामो समयसम्म ती पाहुनालाई बन्धक बनाएका हुन् ।
सुरक्षाकर्मीले करिब नौ घन्टाको निरन्तर प्रयासपछि सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याएका हुन् ।
सो आतङ्ककारी कार्यको जिम्मेवारी अल मुराबीटाउन नामक एक आतङ्ककारी समूहले लिएको छ । सो समूह अल कायदाआवद्ध संस्था हो ।
मालीको सुरक्षा निकायले दिएको जानकारीअनुसार १४० जनालाई बन्धक बनाएको सो समूहबाट सबैलाई छुटाउन नसकिएको र त्यस क्रममा २७ जनाको ज्यान गएको बताएको छ ।
साथै सो क्रममा तीनजना आतङ्ककारीको पनि ज्यान गएको छ । उनीहरुलाई कारबाहीमा मारिएको हो वा उनीहरुले आफैमाथि बम विस्फोट गराएका हुन् भन्ने बारेमा भने प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।
मालीको सरकारले दश दिनको सङ्कटकालको घोषणा गरेको छ । देशैभरिका लागि दश दिने सो सङ्कटकालको घोषणा गरेको समाचारमा जनाइएको छ ।
त्यसैगरी सरकारले शनिबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको जनाइएको छ । मारिने व्यक्तिको पहिचान खुलिसकेको मालीको गृहमन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रपति ओबामाद्वारा निन्दा
यसैबीच प्राप्त अर्को समाचारअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो आक्रमणको निन्दा गरेका छन् ।
उनले यस्ता आतङ्कवादी क्रियाकलापबाट संसारमा कोही पनि बिचलित नभई आतङ्कवादका विरुद्ध एक भएर लड्न पनि आग्रह गरेको समाचारमा जनाइएको छ ।
सो हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि निन्दा गरेका छन् । उनलउे सो घटना मालीमा शान्ति खल्बलाउने र नागरिकलाई त्रासमा बाँच्न बाध्य बनाउने एक दुस्प्रयास हो भनेका छन् । रासस÷एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: