लहान । सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा अहिले साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासनले गत कात्तिक ३ गतेदेखि जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाएको थियो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अर्को आदेश नभएसम्मका लागि आज साँझ ७ देखि बिहान ५ बजेसम्म सिरहाको कमला नदीदेखि बलान नदीसम्म निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
चाडपर्वको अवधिमा आन्दोलन केही खुकुलो भएपछि सुरक्षाकर्मीको सुरक्षाघेरा वीच रातको समयमा सवारीसाधनसमेत गन्तव्यतर्फ पठाइएको भन्दै मधेसी मोर्चाका कार्यकर्ता सिरहाको लहान, गोलबजार, मिर्चैया क्षेत्रमा रातिसमेत सडकमै पाल टाँगेर बस्न थालेपछि मानवीय क्षति रोक्न पुनः निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ डा. विकले उल्लेख गरे ।
मोर्चाले सिरहाको लहानमा पत्रकार, अधिकारकर्मी र नागरिक समाजका अगुवासँग छलफल गरी आन्दोलन शान्तिपूर्ण रहने र आन्दोलनलाई बृहत् बनाउन सबैलाई सघाउन आग्रह गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: