ह्वाइट हाउस अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन
मंसिर ८ गते, २०७२ सोमवार 23rd November, 2015 Mon१२:४४:०७ मा प्रकाशित
काठमाडौं । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि नेपालीहरुले भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन गरेका छन् । अमेरिकास्थित विभिन्न नेपाली संघसंस्थाको आह्वानमा प्रदर्शन भएको हो ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट अगाडिको पार्कमा भेला भएर करिब दुई घण्टा प्रदर्शन गरिएको थियो । उनीहरु दुई माइल पर डुपोण्टस्थित भारतीय दूतावास अगाडि पुगेरसमेत प्रदर्शन गरेका थिए ।
दिउँसो साढे ११ बजे ह्वाइट हाउस अगाडि जम्मा भएका प्रदर्शनकारीले व्याकअफ इण्डिया भन्दै नारा लगाएका थिए । नेपाली राष्ट्रिय गीत गाएर सहभागीहरुले नेपालमा देखा परेको समस्यामा नेपालमा रहेकाहरुप्रति ऐक्यबद्धता जनाएका थिए ।
नेपालीले अमेरिकाको सडकमा प्रदर्शन गरेको पनि यो पहिलो पटक हो ।
अमेरिकामा बसोबास गर्ने मधेसीहरुले पनि मधेसी जनताको जायज माग सरकारले नसुनेको भन्दै प्रदर्शन गरेका थिए ।
उनीहरुले मधेसीसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्नु पर्ने लगायतका माग राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: