Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

किन कमजोर भयो जनयुद्धको सौन्दर्य ?

\"12119074_979138092109433_7731210122445071217_n\"हिजो जनयुद्धको समय थियो । हार्ने जित्ने भाग्ने टिक्ने कुरा नै हाम्रा दैनिकी थिए । पढ्न लेख्न घोत्लिने सोच्ने निखार्ने असाध्य कम समय थियो । झण्डै झण्डै थिएन । आजका साहित्य शिरोमणीहरू जनयुद्ध गन्हायो, फाँसीवादी गन्ध आयो भनेर नाक थुनेर हिड्ने समय थियो  । टाउकाको मोल तोकिएको थियो,  हाम्रो बाँच्ने आयु तोकिएको थियो । त्यो समय सहरमा बसेर लेख्न  असंभव थियो । लेखिहाले पनि जोगिन असंभव थियो । त्यस्तो विसम परिस्थितिमा लेख्दै लड्दै, लड्दै लेख्दै गर्नु पथ्र्याे । त्यसो गर्दा साधनाको कमी हुन्थ्यो । कलात्मक हिसावले कमजोर हुन्थ्यो । युद्धको समयमा जनता जगाउन, जनताले सिधै बुझ्ने साहित्य चाहिन्थ्यो । दश चोटी सोचेर अर्थ निकाल्नु पर्ने साहित्यले तत्काल कुरा बुझाउँन संभव थिएन ।   \"Picture31\" त्यति वेलाका गीत संगीत साहित्यहरूले आफ्नो समयको भूमिका पूरा गरे । भलै ती अपरिस्कृत काँचा जस्ता किन नहोउन् । ती साहित्यलाई सहरमा वसेका, जनयुद्धलाई अस्विकार गरेका साहित्यकारहरूले कोरा नारा , युद्ध उन्माद कलाविहिन शव्दहरूको थुप्रो मात्र देख्नु स्वभाविक थियो । हाम्रो आँखाबाट हेर्दा पनि त्यतिवेलाका सहरका साहित्यहरू आत्मविहिन वा कमजोर अन्तरवस्तु भएका कस्मेटिक मात्र देखिन्थे ।   \"IMG_1882-copy\" आज हामी जनयुद्धबाट शान्तिप्रकृयामा आएका छौं । हामीले धेरै हदसम्म जनयद्धका आदर्शहरू भुल्दै भत्काउँदै लगेका छौं र सहरीया निम्न वुर्जुवाहरूसँग हेलमेल गर्न थालेका छौं । सहरीया मित्रहरू हिजैदेखि अलि बढी र व्यवस्थित अध्ययन गरेर साधना गरेर र यो क्षेत्रमा नाम चलाएर बसेका छन् । जागिर घर वा सापेक्ष स्थिर मनोविज्ञानमा छन् । युद्धबाट सहर पसेका र साहित्यमा कलम चलाउनेहरू भौतिक र मनोवैज्ञानिक दुवै हिसावले भद्रगोल अवस्थामा वाँच्न बिबस छन् । उमेर ढल्केको पारिवारिक दायित्व वढ्दै गएको शैक्षिक प्रमाण पत्र नभएको वा देखाउँन लाज लाग्ने भएको र जीविकोपार्जनको लागि सकिने नसकिने गर्न मिल्ने नमिल्ने विभिन्न कर्म गरेर टिकेको यो क्षेत्रका साथीहरू टिक्न नसकेर कति विदेश भासिनु परेको छ भने कतिले निकै अपहेलित निम्छरो जीवन विताउँनु परेको छ ।   \"Picture51\" जनयद्धबाट आएकाहरू प्रतिको आम पूर्वाग्रह र किनारीकरणको मार पनि यो पक्षले भोगिरहेको छ। साहित्य र संस्कृतिको अध्ययन र रचना सीर्जनाको कर्मबाट चिप्लिएर केही साथीहरू सत्ताको तिर्सनामा लिप्त हुने काम पनि भएको छ ।जनयुद्धबाट आएको शक्तिमा भएको फूटको कारणले यो धारा विभाजित वनेको छ र आपसमै हिलो खेल्दा रमाइलो मान्ने रोगले ग्रस्त छ । वुर्जुवाहरू एकले अर्कोलाई बुइ बोकेरै स्थापित गर्छन् भने हामी एकले अर्कोको अस्तित्वसँग डराउँने र भाग्ने गर्न थालेका छौं । वुर्जुवाहरू संगठित अभियान चलाउँने तर हामी फुट्ने आत्मश्लाघामा फस्ने र अझ बढी हेपिने भैरहेको छ । सुनियोजित रुपमा जनयुद्धबाट आएको धारालाई हेप्ने होच्याउँने र अघोषित नाकावन्दी लगाउँने काम हुँदा समेत हामीले व्यवस्थित संघर्ष गर्न सकेका छैनौं । \"Samana-Artist\" बरू हामी पनि स्खलित हुदै आदर्श पात्र बदल्ने र ऐतिहासिक हिसावले नै जनयुद्धको धाराको विरुद्धमा लागेको पात्र र प्रवृत्तिसँग ढोगभेट गर्न पुग्दैछौं । आफूलाई कमजोर असक्षम र होचो सम्झेर अर्कै प्रवृतिलाई गुरू मान्न सुरु गरेका छौ र जनयुद्धको विरूद्ध समानान्तर हिडेर विकसित प्रवृतिबाट जनयुद्धको सौन्दर्यको रक्षाको भ्रम पालेर बसेका छौं । व्युझौं ! उठौं !! हामीलाई हेपिदै छ । यो हामीलाई हेपिएको हैन । नेपाली समाजलाई यहाँसम्म ल्याउँन सवैभन्दा बढी कुर्वानी गर्ने महासमरको मूल्य र आदर्शलाई हेपिएको हो । जनयुद्ध केही पनि होइन हामी सवथोक हौं भन्न खोजिएको छ । जनयद्धमा रचित साहित्य वा त्यताबाट आएकाहरूले रचेको साहित्य नै होइन र भए पनि असाध्य निम्न कोटीको कुरा हो भनेर स्थापित गर्न खोजिएको छ । हामीले आफैलाई पनि पूनर्मुल्याङ्कन गरौं । आफ्नो भूमिकाको समिक्षा गरौं । आफ्नो गौरवशाली इतिहास प्रति गर्व गरौं । त्यो समयको साहित्यको रक्षा गरौं । संगठित भएर हाम्रा विरुद्ध खडा गरिएको विभ्रमको विरूद्ध लडौं । हामी नकस्सिएर हो , हामी कस्सिने हो भने र हामी सच्चिने हो भने हामी जित्न सक्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies