Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दिल्लीलाई गतिलो जवाफ दिने राजनेता खोई ?

\"mani_kafle\"समाजको एकता सदभाव प्रगति रुपान्तरणको असाध्यै धेरै चर्चा नेपालीसमाजमा जति हालको दशकमा  कतै भएन भन्न  सकिन्छ । कम्यूनिष्ट दार्शनिक व्याख्याका स्वनामधन्य नेपाली पण्डितहरुले पुंजीवाद, सामन्तवाद,अर्धसामन्तवाद नेपाली समाज कहा पुग्यो भनेर लामै नाटकको अभिनय पनि गरे । यसैबीचमा समाज रुपान्तरणको अभियन्ताको रुपमा उदाएको माओवादी आन्दोलन लोभ, दम्भ, घमण्ड, अहंकार, षडयत्रको डरलाग्दो शिकार भएपछि अहिले संसदवादी, सुधारवादी शक्तिमा रुपान्तरण भएको छ । नेपाली राजनीतिक ऐना हेर्ने हो भने कुनै पनि संगठनहरु समाजलाई केन्द्रमा राखेर चलेका देखिदैनन् । वरु उल्टै नैतिक टाट पल्टाइनै अहिलेको सवैभन्दा स्पष्ट रोगका रुपमा विकास भइरहेको छ ।   संविधानसभावाट जारी संविधानले कार्यान्वयनको सिलसिलामा गणतन्त्रका घोर विरोधीपात्रहरु (विगत आन्दोलनहरुमा) लाई देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री)र सर्वोच्च पद(राष्ट्रपति)वनायो । यसको मनोवैज्ञानिक क्षतिपूर्ति प्रचण्डले जनयुद्धका जनमुक्ति सेना कमाण्डर नन्दकिशोर पुनलाई उपराष्ट्रपति वनाएर गर्न खोजे पनि वस्तुतः देश संसदीय दलाली राजनीतिमा प्रवेश ग¥यो  ।   संघीय प्रदेशको विषयलाई लिएर शुरु भएको मधेश आन्दोलनलाई शुरुमा राज्यले उपेक्षा ग¥यो, त्यसपछि नेपाली राजनीति आफ्नो कन्ट्रोलवाट फुत्कियो भनेर तिल्मिलाएको दक्षिण छिमेकीले मधेश आन्दोलनका वहानामा आफ्नो उदाङ्गो अनुहार विश्वसामु प्रदर्शन ग¥यो र हाल आएर मधेश आन्दोलनलाई मधेशी नेताहरु दुरुपयोग गर्दैछन् ।   मधेश आन्दोलन सरकारले संवोधन गर्न चाहेन, दिल्लीले  संवोधन हुन दिएन । अनि पहाडे राष्ट्रवादले ग्रसित राजनैतिक नेता र वुद्धिजीवीहरुले मधेश आन्दोलनलाई विखण्डनवादी वा राष्ट्रविरोधीभन्दा बढि केही देखेनन् । मधेश आन्दोलनको एक सय दिनपछि आमरुपमा जे देखियो त्यो कल्पना गर्नै नसकिने परिणाम वोकेर वसेको छ ।   पहिलोकुरा के हो भने मधेश आन्दोलन नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको आन्दोलन हो । मधेश सदियौं वर्षदेखि उत्पीडित समुदायले आफ्नो अधिकार गणतन्त्र नेपालमा पनि कुण्ठित  गरिएपछि चलाएको आन्दोलन हो । त्यस आन्दोलनमा मर्नेलाई ५० लाख दिने घोषणा गरेर राजनैतिक ठेकेदारहरुले मधेश आन्दोलनको घोर अपमान गरे भने अर्कोतिर मधेश आन्दोलनमा जानेहरुलाई ५० लाखको लोभमा भाडामा गएकाहरु भनेर केही अन्य अतिवादीहरुले प्रचार गरे । सत्ता सम्हालेर वसेका विरामीहरुले यो रोगको उपचारमा आफ्नो चासो देखाएनन् ।   दोस्रो कुरा अलि भिन्न छ— मधेश आन्दोलनको नेतृत्वकर्ता भन्नेहरुले आन्दोलनलाई दिल्लीको पाउमा चढाउन जुन चाकडी ग¥यो, त्यसले मधेश आन्दोलनको झन् ठूलो बदनाम ग¥यो । आवश्यकता नै नभएको विषयमा दिल्लीको जुन छुद्र व्यवहार प्रदर्शन भैरहेछ, त्यसले नेपालमा अस्थिरता, कालोवजारी वढाएको छ, नेपालको अर्थतन्त्रमा ठुलो असर गरेको छ । तैपनि नेपालीहरुको मनोविज्ञानमा असाध्यै निकृष्ट छिमेकीको हैसियतमा भारतलाई पु¥याउने अति ठूलो  ऐतिहासिक भुुल गरिरहेका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।   तेश्रो कुरा, सरकार सञ्चालन गर्नेहरु शान्त कुटनीतिक समाधानको खोजीमा देखिएनन् । सामाजिक सञ्जालमा आवेगात्मक व्यक्तिगत टिप्पणी लेखेर चित्त वुझाउने आमसर्वसाधारण भन्दा पनि हल्काफुल्का टिप्पणी गरेर सस्तो लोकप्रियता कमाउने धन्दामा लागे । यसले पनि दिनानुदिन समस्यालाई झन—झन खाल्डामा फसाउदै लग्यो । दिल्लीले नेपाललाई भौगोेलिक अवस्थितिको कारणले जुन व्यवहार प्रदर्शन गरिरहेछ, त्यो नेपाली जनताले प्रष्ट वुझिसकेका छन् । तर हामीलाई हल्ला गर्ने प्रशासक हैन, मौन कुटनीतिकमार्फत दिल्लीलाई गतिलो जवाफ दिने राजनेता चाहिएको छ ।   यसरी हेर्दा नेपालमा देखिएको समस्याको निकास झन—झन अप्ठ्यारो वनाउदै छ । सवैभन्दा ठूलो असर के पर्दैछ भने सरकार र सरोकारवालाहरुले चासो नदेखाउनाले मनोवैज्ञानिकरुपमा मधेश झन—झन सत्तासँग टाढिदै छ, यो कुनै हालतमा शुभ संकेत हैन ।   बेलैमा मधेशी जनताको उचित चासोलाई संविधान संसोधनमार्फत संवोधन गरी आवश्यक पहलकदमी लिने हो भने दिल्लीको शरणमा जानेहरु पनि नाङ्गिनेछन्, मधेशलाई मनोवैज्ञानिकरुपमा पर जानवाट पनि रोक्न सकिने छ, त्यसमाथि दिल्ली सरकारको नेपाल सरोकार दुनियाँमा नाङ्गो हुनेछ ।   पस्थितिलाई नजरअन्दाज गरी समस्याको समाधानमा लागौं केही समयको आन्दोलनले वर्षौसम्म पुर्न  नसकिने खाडल निर्माण गर्नुभन्दा पहिले नै सोचौं ।   नेपाली राजनैतिक प्रणालीमा नेपालीको सर्वोपरि हित देख्नु हाम्रो अधिकार हो । मधेशी जनताका जायज मागहरुलाई दलाल केही नेताहरुको दलालीमा सौदावाजी हुन नदिन सवैभन्दा बढि सरकार र सरोकारवालाहरु सोचौं ।   अत्यमा छुद्र छिमेकीसँग हामीले यौटा लडाइँ (राजनीतिक, कुटनीतिकरुपमा) लडनु छ भने..नर्विसौं रामको भाइ लक्ष्मण रामसँगै थियो, त्यसैले उसले लडाइ जित्यो । तर रावणको भाइ विभिषण रावणसँग थिएन, त्यसैले उसले लडाइँ हा¥यो) इतिहासवाट सिकौं   ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies