Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

होला त मोर्चासँग पाँच दिनमा सहमति ?

\"Bartaकाठमाडौं । मधेस आन्दोलन र भारतीय नाकबन्दीका कारण चरम संकट उत्पन्न भइरहँदा सरकारले मंसिर १५ सम्म असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयासस्वरुप वार्ता गर्ने भएको छ । संविधान जारीपछि आन्दोलनरत मधेसी मोर्चासँग प्रभावकारी वार्ता हुन नसकी संकट झन् गहिरिंदै जाँदा सरकारले १५ गते बस्ने संसद बैठक अघि नै समस्या समाधान गर्नेगरी छलफललाई तिव्रता दिने भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले पनि कांग्रेस सभापति सुशील कोइराला फर्किएपछि हुने छलफलपछि ठोस धारणा बनाएर अघि बढ्ने तयारी भएको बताए । कोइराला बिहीबार साँझ नै अमेरिकाबाट नेपाल फर्किएका छन् । कोइराला नेपाल फर्किएकोले अब छलफलले तिब्रता पाउने छ । काेइरालाले स्वदेश फर्किने क्रममा पनि अाफ्नाे स्वास्थ्य ठीक भएकाे मुलुककाे स्वास्थ्य पनि ठीक हुने विश्वास ब्यक्त गरेका छन् । यसअघिदेखि नै कांग्रेसले संविधान संसोधनमा जोड दिए पनि सत्तारुढ एमाले र एमाओवादी संसोधनले मात्र समाधान नदिने भन्दै प्याकेजमा नै सबै विषय टुंगो लगाउनुपर्नेमा छन् । आन्दोलनरत मधेसी मोर्चा पनि संविधान संसोधनले मात्र नहुने भन्दै सीमाकंन हेरफेरसहित प्याकेजमा नै सहमति गर्नुपर्ने पक्षमा छन् । एमाओवादी अध्यक्ष प्रचण्डले ल्याएको सीमाकंन हेरफेरसहित अन्य विकल्पमा पनि दलबीच छलफल हुने बताइएको छ । भारतले एकपछि अर्को गर्दै दुःख दिइरहेको बुझाईमा पुगेका दलहरुले सहमतिकै लागि १५ मंसिरमा संसद बैठक बोलाएको एक नेता बताउँछन् । पछिल्लो समय मधेसी मोर्चाको आन्दोलनमा कांग्रेस र एमालेका सांसदहरुसमेत खुलेरै लाग्न थालेपछि प्रमुख दलहरुलाई केही दिनमा सहमति गर्नका लागि दबाब परेको छ । कांग्रेस, एमाले धनुषा, सिरहासहितका जिल्लामा भएका आन्दोलनमा ऐक्यवद्धता जनाएपछि प्रमुख दललाई झन् दबाब परेको छ । सोही कारण पनि प्याकेजमा नै सहमति गरी छिटो निकासमा पुग्न दलहरुलाई दबाब परेको हो । तराई–मधेसको आन्दोलनको नेतृत्व गर्ने दलहरुको मोर्चा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि लामो समयदेखिको बन्दले जनतालाई आहत भएको भन्दै छिटो निकास निकाल्नुपर्ने पक्षमा देखिन्छन् । लामो समयदेखिको आन्दोलनका कारण तराईका अन्य शक्तिहरु पनि विभिन्न किसिमले षड्यन्त्रमा लाग्न सक्ने र आन्दोलनको नेतृत्वले अरुले नै लिनसक्नेमा पनि मधेसी नेताहरु सशंकित बनेका छन् । जेपी गुप्तादेखि तराईलाई ‘स्वतन्त्र मधेस’ बनाउनुपर्ने अभियानमा लागेको सीके राउतसम्म विभिन्न आन्दोलनको नेतृत्व लिन कस्सिएकोले पनि आन्दोलनरत मधेसी मोर्चा छिट्टै ‘सेफ ल्याण्डिङ’को पक्षमा देखिन्छन् । जेपी गुप्ता र सीके राउतहरु तराईमा लडाकु दस्ता नै बनाउने तयारीमा रहेपछि मोर्चाले छिटो निकास दिनुपर्ने पक्षमै देखिन्छन् । त्यसैले ‘रात रहे अग्राख पलाउँछ’ भने झै मुलुकको वर्तमान समस्यालाई निकास दिनका लागि सबै पक्षले यथासक्य छिटो निकास निकाल्नेतर्फ पहल गर्नु नै उत्तम देखिन्छ । पाँच दिनभित्रमै मोर्चासँग सहमति गर्ने गरी छलफल गरिनुपर्छ । आम नागरिकले पनि छिटो सहमति कायम गरी मुलुकलाई संकटबाट पार लगाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy