Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भूकम्प र नाकाबन्दीका कारण सिन्धुपाल्चोकवासीको जीवन कष्टकर

\"Sindhupalchowk\"मेलम्ची । भूकम्पबाट अत्यधिक क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकवासी अहिले नाकाबन्दीको थप कष्ट भोग्न बाध्य छन् । पेट्रोलियम पदार्थको अभावका कारण सामान ढुवानी हुन नसक्दा बजारमा खाने तेल, नुनदेखि दैनिक उपभोग्य सामानको चर्को अभाव भएको छ । दिनभर ज्याला गरेर खानेलाई अहिले कसरी गुजार गर्ने हो भन्ने चिन्ताले सताएको छ । पेट्रोल, डिजेल र ग्यासको अभाव हुँदा यहाँका उद्योगधन्दा, होटल, जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् । ग्यासको अभावमा यहाँका होटल व्यवसायीहरु दाउरा बाल्न बाध्य छन् । खोटाङ घर भई सिन्धुपाल्चोकको मेलम्चीमा व्यवसाय गर्दै आउनुभएका चित्रकुमार श्रेष्ठ भन्छन् – ‘मेलम्चीबाट  खोटाङ सिधै जाने गाडी छैन, बाइकमा जान पेट्रोल छैन ।’ पेट्रोल पम्पमा समेत पहुँचवालाले सजिलै तेल पाउने गरेको र साधारण नागरिक अबेरसम्म कुर्दा पनि रित्तो हात फर्कनुपरेको उनको गुनासो छ । त्यसैगरी मेलम्ची नगरपालिका–१२ बस्ने हेमराज खतिवडा भन्छन् –‘ भूकम्पले पूर्णरुपमा घरगोठ ध्वस्त भयो । अहिले देशमा भइरहेको नाकाबन्दीले थप कष्ट भएको छ ।’ उनले भने– ‘पकाउनका लागि त दाउरा छ तर पकाउने खाद्यवस्तु नै नहुँदा के पकाउने भन्ने चिन्ता छ । नाकाबन्दीले अहिले बजारमा खाद्यान्न पाउनै कठिन छ  । पाए पनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।’ पर्याप्त मात्रामा तेल नपाउँदा सदरमुकामका सडकमा समेत सवारी साधन चल्न सकेका छैनन् । केही साना सवारी चले पनि ठूला र लामो दूरीका सवारी साधन चलाउन समस्या भएको व्यवसायीले बताएका छन् । नाकाबन्दी हुनु पहिला काठमाडौँदेखि मेलम्चीसम्म दिनहुँ जसो १६ वटा बस सेवा सञ्चालन गर्दै आएका  हेलम्बु यातायात सेवा समितिका वरिष्ठ सुपरभाइजर ज्यानबहादुर तामाङ भन्छन् –‘अहिले पेट्रोलियम पदार्थको अभावका कारण सवारी साधन कम चलेका छन् ।’ इन्धन अभावका कारण जिल्लाको बाह्रबिसे बजार लगायतका आसपासमा पनि खाद्यवस्तुलगायतका दैनिक उपभोग्य सामग्रीको अभाव छ । अभावसँगै बजारमा हुने कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गर्ने गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy