Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

दुई वर्षभित्रमा कृर्षिमा आत्मनिर्भर वनाउने सरकारको योजना

\"haribolकाठमाडौं  । सरकारले आगामी दुई वर्षभित्रमा कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्न सक्ने लक्ष्यसहितको ‘कृषि विकास मन्त्रालयका प्रतिबद्धताहरु–२०७२’ आज जारी गरेको छ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जारी गरेको प्रतिबद्धतापत्रमा युवा जनशक्तिको विदेश पलायन रोक्न र व्यावासायिक कृषि प्रवद्र्धन गर्न नेपालभर एक हजारदेखि एक हजार ५०० सम्म विशिष्ट बालीको पकेट क्षेत्र अर्थात् ‘एक इलाका एक उत्पादन केन्द्र’ अवधारणा समेत रहेको छ । सो अवधारणा अनुरुप सुरुमा कम्तीमा ५०० वटा बृहत् कृषि उत्पादन केन्द्र, ब्लक उत्पादन केन्द्र, नमुना फार्म निर्माण गर्ने यही आवबाट तयारी सुरु गरी आगामी आव २०७३÷७४ मा ठोस कार्यक्रम लागू गरिने उल्लेख छ । विकासका विशिष्ट कार्यक्रमअन्तर्गत विशेष उत्पादन केन्द्रमा सार्वजनिक, सहकारी र निजी उद्यमीको क्रमशः २० र ४०÷४० प्रतिशत लगानी गर्ने व्यवस्था मिलाइने तयारी छ । कृषि प्राविधिक, कृषि स्नातक तथा अवकास प्राप्त कृषिविज्ञ उत्पादन केन्द्रमा सहभागी गराउने समेत योजना छ । विशेष उत्पादन केन्द्र स्थापना गर्न भूउपयोग नीतिअनुरुप जमिन वर्गीकरण गरी कृषिका लागि छुट्याइएको जमिन भाडामा लिन सकिने कानुन निर्माण गर्ने र उत्पादन केन्द्रमा कृषि सडक, विद्युत्, सिँचाइ, सूचना तथा सञ्चारलगायत पूर्वाधार तयार गर्ने कार्यक्रम छ । प्रतिबद्धतापत्रमा प्रत्येक जिल्लामा एकदेखि तीन वटासम्म अधिकृतस्तरका कर्मचारीबाट सञ्चालन गर्ने सेवा केन्द्र तत्कालै सञ्चालनमा ल्याइने र क्षेत्रीय निर्देशनालयलाई सेवा केन्द्रमार्फत सञ्चालित कार्यक्रम अनुगमन र मूल्याङ्कन गर्न लगाइने छ । कृषि रणनीतिअनुसार कृषि प्रसार सेवालाई सहज र सरलरुपमा कृषकको घर आँगनमा पु¥याउन सामुदायिक कृषि सेवा केन्द्र स्थापना गर्ने र तत्काल तीन हजार गाउँपालिकामा कम्तीमा एक जना कृषि÷पशु प्राविधिकको व्यवस्था गरिनेछ । किसानलाई व्यावसायिक, निर्वाहमुखी, सीमान्तकृत÷भूमिहीन र कृषि मजदुर गरी चार समूहमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार हालसम्म पाँच जिल्लामा किसान परिचयपत्र लागू भइसकेको छ । कम्तीमा एकवर्ष कृषि पेसा संलग्न हुने सर्तमा मात्र नयाँ युवालाई तालिममा सहभागी गराइने र सो सर्त पालना नगरेमा तालिम खर्च असुलउपर गरिनेछ । रोगव्याधी र दुर्घटनाबाट कृषि व्यवसायबाट हुने क्षतिलाई परिपूर्ति गर्न कृषि बीमालाई सरल र सहज बनाउने त्यसका लागि बीमामा ७५ प्रतिशत सरकारको अनुदान हुने भएकाले गाउँमा रहेका विपन्न कृषकलाई सहयोग पुग्ने विश्सास गरिएको छ । खेती गर्न पोत्साहन गरिने लामो समय बाँझो रहेका जग्गा सरकारले करारमा लिई खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने भएको छ । खाद्य अभाव तथा खाद्य सङ्कट हुने अवस्था रहेकाले उर्वर कृषि भूमिको प्रयोग हुन नसकेको हुँदा कृषिभूमि गैरकृषिभूमिमा प्रयोग भइरहेकाले भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयन गरी जग्गा बाँझो राख्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने नीति लिइएको छ । भूकम्प प्रभावित क्षेत्रमा युवा लक्षित कार्यक्रम सरकारले भूकम्प प्रभावित क्षेत्रमा सहुलियत ऋण प्रदान गरी तालिम र अनुदानसहितको युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । भूकम्पबाट भत्किएका अनुसन्धानका पूर्वाधार तत्काल पुनःनिर्माण गर्न कृषि मन्त्रालयलाई  रु १५।६ अर्ब रकम चालू आवमा विनियोजन भएको छ । भूकम्प प्रभावित किसानको खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्न तथा उनीहरुको कृषि प्रदत जीविकोपार्जन पुनःस्थापना गर्न अनुदानमा गाई, कृषि औजार तथा उपकरण, रासायनिक तथा प्राङ्गारिक मल, उन्नत बीउबिजन तथा बेर्ना वितरण गर्ने कार्यक्रम रहेको छ । प्रभावित स्थानमा भण्डारण घर, पशुपालनका लागि पूर्वाधार र गोठको स्थापना तत्काल थाल्ने नीति सरकारले लिएको छ । ‘हेलो कृषि’ कार्यक्रम सञ्चालन गरिने कृषिमा भएका समस्यालाई समाधान गर्ने किसान ‘कल सेन्टर’मार्फत ‘हेलो कृषि’ कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारले गरेको छ । कृषि प्रविधि र ज्ञानको प्रसारलाई प्रभावकारी रुपमा कृषकसमक्ष पु¥याउन इलेक्ट्रोनिकसहित सबै सञ्चारमाध्यम उपयोग गर्न उक्त हेलो कृषि कार्यक्रम ल्याउन लागिएको हो । त्यस्तै, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था मिलाउने, किसान पेन्सन वा किसान सुरक्षा भत्ताको व्यवस्था मिलाउने, कृषि विकास रणनीतिले परिकल्पना गरेबमोजिम कृषि प्रसार सेवा, कृषि अनुसन्धान सेवा तथा कृषि शिक्षालाई विकेन्द्रीकरण गर्ने, त्रिपुरेश्वरमा रहेको केन्द्रीय पशु चिकित्सालयलाई अत्याधुनिक तथा अन्तर्राष्ट्रियस्तरको चिकित्सालयका रुपमा विकास गरी २४सै घण्टा सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने कार्यक्रम रहेको छ । गुणस्तरीय दूध सङ्कलन गर्ने, नयाँ संविधान अनुरुप खाद्य सम्प्रभुता ऐन, कृषि बजार ऐन, अनुवंश संरक्षण ऐनलगायत कृषि विकासका लागि आवश्यक ऐन नियम तर्जुमा, पशु वधशाला, मासु जाँच ऐन तथा नियमावली प्रभावकारी रुपमा कार्यान्वयन ल्याउन पहल गर्नुपर्ने नीति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE