Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

डेढ लिटर मट्टितेल पाउँदाकाे खुसी

\"carrosineकाठमाडौं । रातको एक बजेको छ । दुई हजारभन्दा बढी नागरिक चुपचाप लाइनमा बसेका छन् । आइतबार बिहान ७ बजेदेखि मध्यरातसम्म लाइनमा बस्दाबस्दै थकित र गलित भइसकेका थिए उनीहरु । लाग्थ्यो, ठूलै चिज प्राप्त हुने आशमा चुपचाप उनीहरु हलचल नगरी बसेका थिए । दिनभरिको धुलो र रातको चिसोका कारण ओठ थरथर कामिरहेका थिए । महिला तथा बालबच्चा लाइनमा नै निदाइरहेका थिए । मट्टितेल पाइने हो कि होइन थाहा थिएन । यो दृश्य हो आइतबार राति बालाजुको हो ।

महानगरीय प्रहरी प्रभाग बालाजुको ठीक अगाडि अरुणोदय टे«डिङमा नेपाल आयल निगमले तीन हजार लिटर मट्टितेल वितरण गर्ने सूचना पाएपछि दुई हजारभन्दा बढी नागरिक लाइनमा बसेका थिए । आइतबार अपराह्न ४ बजे मट्टितेल आएपनि अठार घण्टाभन्दा बढी लामो समयको प्रतीक्षापछि डेढ लिटर मट्टितेल प्राप्त गरेपछि बालाजुकी ६० वर्षीय वृद्धा राममाया तामाङको अनुहारमा खुसी देखियो । मुजा परेका अनुहारमा खुसीको सञ्चार भयो । तर खुसीभन्दा बढी दुःखित देखिन्थे । भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने इन्धनको अभावमा नागरिक प्रताडित भएका छन् । खाना पकाउने एलपी ग्यास प्राप्त नभएपछि दाउरा, बिक्रेटको खोजीमा लागेका नागरिक मट्टितेल पाउने सूचना आएपछि एकाबिहानैदेखि लाइनमा लागेपनि डेढ लिटर मात्रै मट्टितेल पाएपछि आधा खुसी आधा दुःखीजस्ता देखिन्थे नागरिक । अठार घण्टाभन्दा बढी लाइनमा बसेपछि १२ वर्षीया सुनिता प्रजापतीले पनि डेढ लिटर मट्टितेल पाइन् । डेढ लिटर दिइने भने पनि कोकको डेढ लिटरको बोत्तल भरिएको थिएन । आधा रातमा पाइएको मट्टितेल ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भन्दा फरक देखिएको थिएन । निगमले आइतबार राजधानीका ३० स्थानमा मट्टितेल वितरण गर्ने सार्वजनिक सूचना जारी गरेको थियो । तीन हजार लिटर मात्रै मट्टितेल उपलब्ध गराइएका कारण लामो लाइन व्यवस्थापन गर्न समस्या भने परेको नै थियो । पहिले तीन–तीन लिटर मट्टितेल वितरण गर्ने भनिएपनि लामो लाइन भएका कारण डेढ लिटर मात्रै वितरण गरिएको थियो । निगमले रु ८० मा एक लिटर मट्टितेल वितरण गर्दै आएको छ । तर राजधानीका अधिकांश पम्पमा भने डेढ लिटर मट्टितेल दिँदा रु ५ बढी लिएर रु १२५ मा बिक्री वितरण गरेका थिए । साँझको समयमा विद्युत् कटौती नगर्ने नेपाल विद्युत् प्राधिकरणले बताएपनि तालिकाभन्दा अतिरिक्त समय पनि विद्युत् कटौती हुँदा इन्धनको अभावका नागरिक खाना पकाउन नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपय स्थानमा अत्यधिक भार पर्दा ट्रान्सफर्मर पड्कने गरेको छ । राइसकुकरमा खाना पकाउँदै गरेको भए पनि विद्युत् नभएका कारण सात दिनदेखि चिउरा मात्रै खाएर जीवन धानेको बताउने बालाजु नयाँबसपार्कका हरि बस्नेत डेढ लिटर मट्टितेलले के गर्ने भन्दै गुनासो गर्दै थिए । महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले अभावको बेला नागरिकको गुनासो आउनुलाई असमान्य नमानिने बताउछन् । ऋषिराम भन्छन्, “वितरण गर्ने सामग्री कम र आवश्यकता बढी भएका कारण गुनासो आउने नै भयो । प्रहरीले आवश्यक मात्रामा शान्ति सुरक्षा दिएर इन्धन वितरण गरिएको छ । सामान्य गुनासो आउनु स्वभाविक हो ।” वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ता शम्भु घिमिरेले अनुगमनको विभिन्न संरचना बनाएर अगाडि बढाएको जानकारी दिँदै आकस्मिक अनुगमनमा लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन संयन्त्र बनाइएको र वितरण प्रणालीलाई व्यवस्थित बनाउन पनि छुट्टै सहसचिवको नेतृत्वका समिति बनाइएको बताए । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको नेतृत्वमा अनुगमनका लागि दैनिक ६० जना कर्मचारी खटिएका छन् । उपत्यकाभित्र र बाहिर पनि अनुगमन गरिएको छ । मन्त्रालयमा हटलाइनको व्यवस्था गरिएको छ । प्रवक्ता शम्भु भन्छन्, “कोही कसैले कालोबजारी गरेको भए ‘ठाउँको ठाउँ’ कारबाही गरिन्छ, हुन दिइँदैन । आजैदेखि विभिन्न सीमावर्ती नाकामा पाँचवटा टोली बनाएर अनुगमनको प्रक्रिया सुरु गरिएको छ ।” (रासस)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE