Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कारबाहीमा आतङ्ककारी र आठ सैनिकको मृत्यु

\"map_afghanistan_kabul\"काबुल । अफगानिस्तानमा आइतबार बिहानदेखि तालिवान आतङ्ककारी विरुद्ध भएको कारबाहीको क्रममा कैयाँै आतङ्ककारी मारिनुको साथै घाइते भएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । उक्त कारबाहीका क्रममा केही तालिवान पक्राउ पनि परेका अर्को एक समाचारमा जनाइएको छ । अफगान सैनिक र प्रहरीको सहभागीतामा गत २४ घण्टायता सो कारबाही भएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीको क्रममा देशको विभिन्न भागमा भएको आक्रमणमा परी आठ सैनिकले पनि ज्यान गुमाएका उक्त विज्ञप्तिमा जनाइएको छ  । गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा पनि सो कारबाहीमा मारिएका र घाइते भएका आतङ्ककारी सङ्ख्या भने एकीन गरिएको छैन । अफगानिस्तानको नान्गार्हार, गजनी, कान्दाहार, कुन्दुज र फर्याब प्रान्तहरुमा भएको कारबाहीको क्रममा सडक किनारामा राखिएका बम र बारुदी सुरुङ्ग निश्क्रिय गर्नुको साथै विभिन्न हातहतियार समेत सेनाले कब्जा गरेको जनाइएको छ । अफगानिस्तानमा एक दशक भन्दा बढिदेखि आतङ्क मच्चाइरहेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । यसअघि अफगानिस्तानका तालिवानका विरुद्धमा कारबाहीका लागि खटिइआएका नेटो सैनिक पनि यसैवर्षको सुरुदेखि बिदा भएका छन् । हाल अफगानिस्तानमा त्यहीँको सेना र प्रहरीले कारबाही जारी राखेको छ । तालिवानले पनि सुरक्षा निकायका साथै सर्वसाधारणमाथि आक्रमण जारी नै राखेका छन् । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending