Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

डिजिटल फरेन्सिकका उपकरण हस्तान्तरण

\"डिजिटलकाठमाडौं । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखालाई आवश्यक डिजिटल फरेन्सिक उपकरणहरु हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले यस प्रविधिले अपराध अनुसन्धानलार्ई बैज्ञानिक एवं बिश्वसनिय बनाउनेमा आफु आशावादी रहेको बताए । बदलिँदो सामाजिक परिवेशमा सूचना प्रविधिको पहुँच अपराध कार्यमासमेत पुगेको अवस्थामा नेपाल प्रहरीले  अनुसन्धान प्रकृयालाई वैज्ञानिक एवं प्रमाणमुखी बनाउँदै लैजाने लक्ष्यकासाथ विधिविज्ञान प्रयोगशालाको स्थापना गरी घटनामा प्राप्त भौतिक सबुत प्रमाणहरुको वैज्ञानिक परीक्षण गर्दै आएको छ । सूचना प्रविधिको विकाशक्रमसँगै साईबर अपराधका घटनामा बढोत्तरी हुँदै गइरहेको अवस्थामा साइवर अपराधसँग सम्वन्धित सबुत प्रमाणहरुको अनुसन्धान तथा परिक्षणको लागि डिजिटल फरेन्सिकको आवश्यकता महशुस गरी नेपाल प्रहरीले यसको शुरुवातका लागि आवश्यक उपकरण सम्वन्धित अनुसन्धान गर्ने निकायहरुलाई उपलव्ध गराएको हो । यसबाट घटनास्थलमा प्राप्त हुनसक्ने डिजिटल प्रविधिबाट अनुसन्धान गर्नुपर्ने सबुत प्रमाणहरुको संकलन, विश्लेषण तथा अनुसन्धान गर्न सरल हुने समारोहमा जानकारी गराइयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरु तथा अपराध अनुसन्धान बिभागका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies