Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

एमाओवादी केन्द्रीय समिति बैठकमा 'पार्टी रुपान्तरणको प्रस्ताव'

\"Perish-dada1\"काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा पार्टी रुपान्तरणसम्बन्धी प्रस्ताव पेश हुने भएको छ । मंगलवारदेखि शुरु हुन लागेको केन्द्रीय समिति वैठकमा पार्टी रुपान्तरणसम्बन्धी अवधारणा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । गत वर्ष मंसिर २८ गते पार्टी केन्द्रीय समिति वैठकमा पेश गरिएको २५ बुँदे अवधारणाकाे मुल स्प्रिटमा रहेर नै मंगलबारदेखि शुरु हुने केन्द्रीय समिति वैठकमा पेश गरिने एकीकृत माओवादी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘पार्टीको पूरानै २५ बुँदे अवधारणाकाे मुल स्प्रिडमा रहेर अध्यक्ष कमरेडले पछिल्लो राजनीतिक विषयवस्तुलाई समेटेर प्रतिवेदन तयार पार्नु भएकाे छ’– उनले भने। मंगलबारदेखि शुरु हुने केन्द्रीय समिति बैठकलाई निकै महत्वपूर्ण हुने माओवादी नेताहरुले बताएका छन् । यो वैठकबाट नै क्रमभंग हुने पार्टी अध्यक्ष प्रचण्डले बताएका थिए । गत वर्ष केन्द्रीय समितिमा पेश गरिएको २५ बुँदे अवधारणामा पार्टी रुपान्तरणसम्बधी विषयहरु समेटिएका छन् । उक्त अवधारणामा मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक क्रान्ति आवश्यक रहेकोले उत्पादनमा जोड दिने उल्लेख छ । भट्टराई पक्षका नेताहरुले भाग नलिने एकीकृत माओवादीबाट पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नेताहरुको बर्हिगमनपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा शुरु हुने केन्द्रीय समिति वैठकमा एमाओवादी परित्याग गरेका भट्टराई पक्षधर नेताहरुले भने सहभागिता नजनाउने भएका छन् । भट्टराई पक्षधरका १९ जना केन्द्रीय सदस्यले भट्टराइको नयाँ शक्ति अभियानमा लाग्ने भन्दै पार्टी छाडेका छन् । मंगलबारदेखि शुरु हुने वैठकको पहिलो दिन पार्टी महासचिव कृष्णबहादुर महराले समसामयिक राजनीतिक अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेशन प्रस्तुत गर्ने एमाओवादीले जनाएको छ । पार्टी अध्यक्षले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनको लागि दिने र त्यस विषयमा बुधबारदेखि मात्रै छलफल गर्ने कार्यक्रम रहेको छ । वैद्यसँगको एकताका लागि वैचारिक मतभेद कायमै केन्द्रीय समितिको वैठकमा अध्यक्षले चार वर्षअघि पार्टी छाडेर गएका मोहन वैद्य नेतृत्वको माओवादीसँग एकताको प्रस्ताव राख्ने भनिए पनि एकताको लागि दुवै पार्टीबीच कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । दुवै पार्टीबीच क्रान्ति र नयाँ संविधानबारेमा नै देखिएको मदभेदमा कुरा मिल्न सकेको छैन । एकीकृत माओवादीले हेटौंडा महाधिवेशनबाट नै पूँजीवादी क्रान्तिको आधारभूत कुराहरु पूरा भइसकेको ठहर गरेको छ भने वैद्य माओवादीले नयाँ जनवादी क्रान्ति पूरा नभएको बताउँदै आएको छ । यस्तै, दोस्रो संविधानसभा बहिष्कार गरेको वैद्य माओवादीले असोज ३ गते जारी भएको नयाँ संविधानलाई प्रतिगामी संविधान भनेको छ भने एकीकृत माओवादीले नयाँ संविधानलाई ऐतिहासिक सफलता ठानेको छ । दुबै पार्टीले एकताको विकल्प नभएको भन्दै एकतामा जोड दिए पनि शान्ति र संविधानको विषयमा रिजर्भेसन कायमै रहेकाले तत्कालै एकताको सम्भावना क्षिण रहेको एक माओवादी नेताले बताए । दुवै माओवादीका युवा नेता कार्यकर्ताहरुले भने माओवादी विभाजनले गर्दा माओवादी आन्दोलन कमजोर हुँदै गएको भन्दै एकतामा जोड दिँदै आएका छन् । माओवादीहरुको एकताको प्रयास थालेको वैद्य माओवादी हालै परि थापा नेतृत्वको नेकपा एकीकृतसँग एकता गरिसकेको छ । याे पनि पढ्नुस् : राजिनामा दिएका माओवादी नेता विष्ट पार्टी काममा फर्कने, पार्टी बैठकमा सहभागी हुँदै
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE