विश्वका तीन करोड सत्तरी लाख ब्यक्तिहरूमा एचआईभी संक्रमण !
मंसिर १५ गते, २०७२ मगलवार 1st December, 2015 Tue१२:४६:४३ मा प्रकाशित
काठमाडौं । सन् २०१४ को अन्त्यसम्म विश्वमा तीन करोड सत्तरी लाख ब्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ । विश्वमै एड्स संक्रमितहरुको डरलाग्दो तथ्यांक भएअनुसार नेपालमा पनि एड्स संक्रमितहरु बढ्दै गइरहेका छन् ।
नेपालमा ३९ हजार २४९ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । ती मध्ये पुरुषको संख्या २५ हजार ४४९ र महिलाको संख्या १३ हजार ८ सय रहेको छ । नेपालका १५ वर्षदेखि ४९ वर्षको उमेर समुहका बयस्क नागरिकमा एचआइभी संक्रमण (प्रिभ्यालेन्स दर) रहेको छ । यो नेपालको कुल जनसंख्याको ०.२ प्रतिशत हो ।
नेपालमा २६ हजार ७ सय २ जना मात्रै एचआईभी संक्रमित रहेको आधिकारिक तथ्यांक छ । जसमध्ये पुरुष संक्रमित १६ हजार ७ सय ५ जना, महिला ९ हजार ९ सय ३८ महिला र ५९ जना तेस्रो तथा समलिंगीमा एचआईभी संक्रमण रहेको सरकारी तथ्यांक छ ।
नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्ककै कारण हुने गरेको पाइएको छ । सुइबाट लागूपदार्थ प्रयोगगर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि बिदेशिनेहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।
‘एड्स महामारीको प्रकोपलाई रोक्ने र घटाउने’ सहश्राब्दी विकास लक्ष्य प्राप्त भएको केन्द्रले जनाएको छ । सन् २००० को तुलनामा विश्वब्यापी ३५ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ५८ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको केन्द्रको भनाइ छ ।
नेपालमा सन् २००४ लाई सबै भन्दा धेरै एड्स रोगीको मृत्यु भएको वर्षका मानिन्छ । त्यसको तुलनामा अहिले ४२ प्रतिशतले मृत्यु घटेको छ । सरकारी तथ्यांक अनुसार सन् २०१० को तुलनामा ८४ प्रतिशतले एआरभी उपचारमा पूहँच बढेको छ भने हाल संसारभरका १ करोड ५८ लाख मानिसहरुको एआरभी उपचारमा छन् ।
यसै अबधीमा नेपालले नयाँ संक्रमणलाई ८० प्रतिशतले र एड्ससम्बन्धी मृत्यूलाई सन् २००७ (नेपालमा सबैभन्दा धेरै एड्स सम्बन्धी मृत्यृ भएको बर्ष) को तुलनामा २२ प्रतिशतले घटाएको छ भने सन् २०१० को तुलनामा १४६ प्रतिशतले एआरभी उपचारमा पूहँच बढेको छ ।
वृहत्तरूपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाइने गरिएको हो । नेपालमा पनि एचआईभी एड्स सम्बन्धी सचेतता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी एड्स दिवस मनाएका छन् ।
सन् २०२० सम्मको लागि ९०ः९०ः९० (अर्थात ९० प्रतिशत संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइसरको भार (भाइरल लोड) न्यून भएको हुने) महत्वाकांक्षी तर प्राप्त गर्न सकिने लक्ष्य राखिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेका निर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् ।
हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । आज २८ औं विश्व एड्स दिवस, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने मुल नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: