Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

जलविद्युत विकासको विकल्प छैन–ऊर्जाविद्

\"urja\"काठमाडौ । देशमा रहेको पर्याप्त जलविद्युत्को उत्पादन नगरी आयातित इन्धनमा निर्भर रहँदा ऊर्जा सङ्कट झेल्नुपरेको यहाँ आयोजित गोष्ठीमा सहभागी विज्ञहरुले जोड दिएका छन् । राजनीतिक पार्टीका विद्यार्थी सङ्गठनका नेताहरुलाई वर्तमान ऊर्जा सङ्कटका बारेमा प्रशिक्षत गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष९डब्लुडब्लुएफ० नेपालको सहयोगमा युथ एलायन्स फर इन्भायरोमेन्टले आयोजना गरेको सो गोष्ठीमा जलविद्युत्को विकास नभएसम्म देश विकास हुन नसक्ने भएकाले यसतर्फ राजनीतिक नेतृत्वलाई अग्रसर गराउन युवा नेताहरु लाग्नुपर्ने विज्ञहरुको धारणा रहेको थियो । इन्जिनियरिङ अध्ययन संस्थानका डा अमृतमान नकर्मीले नेपालको दिगो विकासका लागि स्वच्छ ऊर्जामा आम जनताको पहुँच विस्तार गर्न देशमा उपलब्ध जलविद्युत्कोजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विकासको अर्को विकल्प नरहेको स्पष्ट गरे । आयातीति इन्धनको परिनिर्भरताले गर्दा नै अहिले मुलुकले ऊर्जा सङ्कट झेल्नुपरेको हो भन्नुहुँदै उनले खनिज इन्धनको बचतबाट वर्षेनि रु ५० अर्ब रकम जलविद्युत्मा लगानी गर्न सकिएमा चार वर्षभित्रै ऊर्जामा बन्न सकिने तर्क गरे । एलपी ग्यास, डिजेलको मूल्य वृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले अब आयातित इन्धनको निर्भरता कम गर्न जलविद्युत्को विकास गरी ऊर्जामा आत्मर्भिर गराउन सरकारलाई बाध्य तुल्याउनुपर्नेतर्फ लाग्नुपर्ने ऊर्जाविद् नकर्मीको सुझाव थियो । कोषका निर्देशक सन्तोषमणि नेपालले नेपालको संविधानमा व्यवस्था गरिएका प्राकृतिक स्रोत साधनको उपयोग, अधिकार र व्यवस्थापनका विषयमा आम नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिए । सो अवसरमा युथ एलायन्स फर इन्भायरोमेन्टका अध्यक्ष सनोत अधिकारीले युवा नेताहरुलाई राजनीतिक वादभन्दा मुलुकको स्रोत साधनको उपयोग, आर्थिक विकास र जनजीविकाका सबालमा प्रशिक्षित गराउन यसखालका कार्यक्रमहरु सञ्चालन गरिने बताए । गोष्ठीमा विभिन्न विद्यार्थी नेताहरुले विगतमा राजनेताहरुले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान नदिंदा अहिले नेपाली जनताले ऊर्जा सङ्कटको सामना गर्नुपरेकाले आगामी दिनमा दलीय राजनीतिभन्दा माथि उठेर स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्रको विकासमा हिँडाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy