Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

म्यानमारका राष्ट्रपति र सुकी वीच वार्ता

\"42b74457b7e060e689a52d7222d5a065\"म्यानमार । म्यानमारका प्रजातन्त्रवादी नेत्री आङ सान सुकी र राष्ट्रिय सेनाको समर्थन रहेका म्यानमारका राष्ट्रपतिबीच बुधबार वार्ता सुरु भएको समाचार छ । म्यानमारमा आमनिर्वाचन भएको करिव एक महिना पछि म्यानमारका राष्ट्रपतिले शक्ति हतान्तरणसम्बन्धि वार्ता शुरु गरेको समाचारमा बताइएको छ । गत नोभेम्बर ८ मा म्यानमारमा सम्पन्न आमनिर्वाचनमा सुकीको पार्टीले झण्डै दुई तिहाई बहुमत नै प्राप्त गरेको थियो । सो निर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसिले करिब ८० प्रतिशत सिटमा विजय हासिल गरेको थियो । यसबाट म्यानमारमा दशकौँ लामो समयदेखि प्रभुत्व जमाउदै आएका सैनिक शासकहरुको अन्त्य हुने अनुमान गरिएको छ । तर सैनिक शासकहरुले विगतको आमनिर्वाचनपछि प्रजातान्त्रिक दललाई धोखा दिने गरेकाले सुकीको दल भने चिन्तित रहेको बताइएको छ । सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुदाँपनि षड्यन्त्रपूर्वक सुकीको दल नेसनल लिग फर डेमोक्रेसिलाई भने सत्तामा साझेदार हुन वन्चित गराइयो थियो । दुर्भाग्य उनले सरकार गठन गर्ने बेलामा सैनिकको थुनामा बस्नुपर्यो । उनले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतित गर्नु  परेको थियो । सैनिक शासकहरुले लेखेको सविधानमा सुकीलाई राष्ट्रपति पदको लागि अवरुद्ध गरिएको छ । तर उनी र उनको पार्टीको शानदार विजयपछि म्यानमार शक्तिशाली सेना प्रमुख अर्थात राष्ट्रपति थाँ सेनसँग सुकीले वार्ता सुरु गरेकी हुन् । राष्ट्रपति सेन र सुकीबीच वार्ता सुरु भएको राष्ट्रपति कार्यालयले एएफपी समाचार समितिलाई बताएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending