मंसिर १७ गते, २०७२ बिहिवार 3rd December, 2015 Thu१४:४५:३६ मा प्रकाशित
धेरै ठूलो कुरा नगरौं, अति स्वाभिमानी पनि नबनौं, उग्र राष्ट्रवादी पनि नहोऔं, खाटीँ कुरा के हो भने नेपालको आधा आवश्यकता पूरा गर्ने छिमेकी राष्ट्र भारत नै हो । भारतविरोधी बन्दैमा राष्ट्रभक्ति भन्ने हो भने यसले फरक अर्थ लाग्ला तर अहिले देश त्यो अवस्थामा पुगिसक्यो कि यहाँ राष्ट्रवादीहरुमात्रै थुप्रिन लागे खोक्रो र आर्दशवादीहरु मात्रै भीड लाग्न पुगे यथार्थतामा निकास खोज्ने र नेपाली जनतालाई पेट्रोल, डिजेल, ग्यास, औषधी र अत्यावश्यक सामग्रीहरुको पहुँचता पु¥याउन सक्ने खुवी भएको राष्ट्रवादी, नेता, मन्त्री वा अरु कोही पनि देखिएनन् ।
प्राय : प्रधानमन्त्रीले भारतसँग नझुक्ने भन्दै खोक्ने, मन्त्रीहरुको स्टेजभरी भारतीय ईतिहास र नेपालको ईतिहास भट्याउने, संसदहरुले भारत र मधेसलाई गाली गर्दैमा ठिक्क । विश्लेषकहरु कुन टेलिभिजनमा अन्तरवार्ता दिन पाईन्छ त्यतै हानिएका छन्, प्रगतिशिल भनिने लेखकहरुले कलम फालेर आराम गरेका छन् । ध्वस्त शहरहरु आन्दोलनमा व्यस्त छन् । सवा सय दिन भैसक्यो भारतले यो वा त्यो नाममा नेपालका नाकाहरुमा ताल्चा लगाईदिएको छ । जसले गर्दा नेपालीहरु अहिले दिनहुँ जसो भारतविरोधी शब्दवाणहरुले प्रहार गरिरहेका छन् ।
ईतिहास छोडौं नेपालमा तीनपटक नाकाबन्दी भैसक्यो । १३ महिनासम्म नाकाबन्दी पनि नेपालले नै सहेको हो । अहिले करिब ४ महिना पुग्न लागिसक्यो । नयाँ बर्षको सुरुमै नेपालले अनिष्ट बेहोर्नु प¥यो महाभुकम्पले झण्डै ९ हजारको ज्यान गयो भने लाखौं परिवार विस्थापित भएर अहिले पनि पालमुनी जिन्दगी विताईरहेका छन् । नेपालमा आएको ठूलो भुकम्पले नेपालको धन र जनको क्षती भएलगत्तै नेपाली जनतालाई संविधान दिएर समवेदना दिन नेपाली नेताहरुलाई जुक्ति मिल्यो । भारत चाहन्थ्यो कि अझैं केही समय संविधान घोषणा गर्नु हुँदैन र नेपाललाई हिन्दु राज्य, संघियता, राज्य पुनंसंरचना लगायतमा भारतले हस्तक्षेप गर्न चहान्थ्यो तर नेपाल स्वतन्त्र छ भनेर देखाउँन मुख्य दलहरुले भोली हुने जोखिमको ख्याल नै नगरी भारतविरोध वा भारतको सल्लाहविपरित जुन संविधानको मस्यौदा बनाएर जनताको घरघरमा विरोधका बाबजुद पनि संविधान सुझाव संकलन गर्न पुगे त्यो एक हदसम्म गलत बन्यो । सोही दिनबाट धेरथोर आन्दोलित बनेको मधेस पछि गएर पुरै आन्दोलनको एउटा सिमानासम्म पुग्यो जो अहिले आन्दोलन तुहाउन पनि सक्दैन उग्राउन पनि सक्दैन । पश्चिममा कर्णाली, सुर्खेत देखी पूर्वमा झापा सम्म संघियताको विरोध गर्दै एक हदका आन्दोलन भएकै हुन । पछाडी यो आन्दोलन तराईतिर सर्यो । मागे पाईन्छ भन्ने तराईको आन्दोलन यतिसम्म पर जाला र यो रुप लेला भन्ने न तराईबासीले सोचेका थिए न त संविधान निर्माणको जस लिने चार दलले नै । गोप्य सम्झौतापछि संविधान निर्माण र कार्यान्वयनमा जोड दिएका भनिने मुख्य चार दलमध्ये कांग्रेस अहिले सरकारबाहिर छ उसले भारतीय नाकाबन्दीलाई खुलाउन पहल गर्नुको सट्टा सरकारको आलोचना र आफ्नो अधिवेशन बाहेक त्यति धेरै लागेको देखिदैन । भारतको असहमितको बीचमा पनि संविधान जारी हुनु, नेपालको पारवाहन भारतसँग अधिनस्त हुनु, तराई आन्दोलनका मुख्य नेताहरु भारतीय एजेन्ट हुनु, तराईका जनताले कुरै नबुझी आन्दोलनको समर्थन गर्नु, पछिल्लो समय मोदी सरकार भारतमै पनि कमजोर बन्दै जानु र नेपाली नेताहरुको दोहोर चरित्र देखिनु अर्थात बाहिरबाट स्वाभिमानी बन्न खोज्ने तर लुक्दै भारतीय दुतावास पुग्ने जुन चरित्र छ यसले गर्दा नेपालमा नाकाबन्दीको सुरुवात मात्रै भएन अहिले आएर अत्यावश्यक औषधिहरु रोकिएर सुत्केरी महिलाको ज्यान जानेसम्म खतरा देखिएको छ ।
नेपाल भुपरिबेष्ठित मुलुक हो यसको उत्तरतिर चिन र दक्षिण तिर विशाल भारत रहेका छन् । भौगोलिक हिसाबले उच्च पहाडी भुभागसँग जोडिएको विश्व बजारमा ज्यादै शक्तिशाली व्यापारिक क्षमतावान चिनसँग व्यापार गर्न नेपाललाई त्यति सजिलो छैन । एकतिर सन् १८१६मा भएको सुगौलि सन्धीले नेपाललाई भारतको उपनिवेश बनाईसकेको छ भने अर्कातिर अन्तराष्ट्रिय अधिकारलाई हेर्ने हो भने नेपालले स्वतन्त्र व्यापारीक सम्बन्ध कायम गर्ने अधिकार पनि सुरक्षित छ ।
भारतले नेपाललाई आफ्नो एउटा प्रदेशको रुपमा प्रयोग गर्न सकिन्छ भनेर आजभन्दा धेरै बर्ष पहिलेदेखी विस्तारवादको निती बनाएको हो । सोही नितीअनुरुप भारतले आफूले लगभग कब्जा गरिसकेको तराई फिर्ता गर्नुपर्दा हारेको महसुस अंग्रेजहरुले नै उतिबेला गरेका थिए भने अहिले भारतले तराईलाई आफ्नो बनाउन यी हत्कण्डा अपनाएको सहजै बुझ्न सकिन्छ । अर्को कुरा के छ भने भारतले तराईका केही नेताहरुलाई पैसामा प्रयोग गरेर जसोतसो तराई कब्जाको रणनीति अगाडी सारिरहेको छ । गिरिजाप्रसाद कोईरालाले टनकपुर, गण्डक सम्झौता गराएर भारतलाई बेच्नु र भारतले तराई क्षेत्रमा मात्रै पूर्वपश्चिम राजमार्गको निर्माण गर्नु, फास्ट ट्रयाक ९तराई–काठमाडौं० लाई भारतले माग्नु, उच्च तराईका भूभागका नदिनालाहरुमा जलविद्युतको टेण्डर हाल्नु, तराईका धेरै सिमास्तम्भहरु हराउनु र भारतले एसएसबी बर्षैपिच्छे बढाउनुले भारतको रणनीति स्पष्ट हुन्छ । अन्तराष्ट्रिय अधिकारमा हेर्ने हो भने नाकाबन्दी त्यतिबेला मात्र गर्न पाईन्छ जतिबेला छिमेकी राष्ट्रमा आतंकवादी हमला भएर आफ्नो देशमा आतंकबादीहरु छिर्ने खतरा रहेमा वा छिमेकी देश आफूभन्दा शक्तिशाली भएर दुवै देशको सम्झौतामा स्वाबलम्बी नीति पारित भएमा वा कुनै किसिमको मानवीय संकट ९भयानक सरुवा रोग, हतियारधारी समुह० आईपरेमा वा सामुद्रिक तहसँग जोडिएर पारवहानको लागी अन्य कुनै देशको जमिन प्रयोग गर्नु नपरेमा लगायत यस्ता कुरामा सक्षम भएमा मात्रै सिमित ढोकाहरु खुल्ला गराएर नाकाबन्दी गर्न पाईन्छ त्यसलाई पनि अन्तराष्ट्रिय स्तरमा विविध कारण देखाएर निवेदन बुझाएर वा मान्यता लिनुपर्ने हुन्छ । यति हुदाहुँदै पनि बैधानिक रुपमा नाकाबन्दी गर्न पाईदैन । यस्ता कुराहरुलाई बेवास्ता गर्दै भारतले आफू एसियामा र विश्वमा नै प्रभावशाली देश बन्ने उद्घोष गरेको भारतको तिनतिरको छिमेकी नेपालमा भने अत्याधिक आलोचित बनिरहेको छ ।
नाकाबन्दी आफैंमा एकातिर अवैधानिक र अनपेक्षित हो भने अर्कातिर अन्तराष्ट्रिय स्तरमा समेत आलोचित बनिसकेको भारतलाई चुनौति पनि हो । नाकाबन्दीले नेपालमा मात्र नभई भारतलाई समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । सवा सय करोड जनसंख्या भएको भारत र नेपालभन्दा २२ गुणा ठूलो भएको भारत नेपालजस्तो सानो देशसँग निउँ खोज्नुको सट्टा आफ्नो देशमा दैनिक आधा पेट खाएर सुत्ने ४ करोड जनता र भोकै सुत्ने आधा करोड जनताको पक्षमा लाग्न सक्नुपथ्र्यो त्यसको सट्टा आज भारत नेपालसँग लडेर आफ्नो हितौषि मित्र नेपाल र यसका सन्तानलाई पाकिस्थानी जनतासरह बनाएर गम्भीर भुल गरेको छ । करिब ८० प्रतिशत भन्दा धेरै भारतबाट आवश्यकता परिपूर्ति गर्ने नेपालले अत्यावश्यक सामग्रीमात्र नभई जनताहरुलाई हिजैदेखी भारतीय एसएसविले लुट्दै आएका, भारतमा जागिर गर्ने नेपालीहरुको तलबमध्ये झण्डै २० प्रतिशत तलब रोक्का गर्ने, नेपालबाट भारतप्रवेश गर्ने नेपालीलाई अत्याधिक छानविन गर्ने र भारतले नेपाललाई भनेर निकै कम्सल मालमात्रै उत्पादन गरेर नेपाल पठाउने गरेको तथ्य यसअघि नै छर्लंङ्गै थियो । आज नाकाबन्दीले नेपाली जनताले आफ्नो मुल्यवान साधनमा मिसावट परेको ईन्धन हाल्न बाध्य छन्, म्याद गुज्रेको औषधि सेवन गर्न बाध्य छन्, चलिरहेको कलकारखानाहरु बन्द भए, मजदुरी गरेर जहान परिवार पालेको मजदुरहरु बेरोजगार भए, मधेस र पहाडी जनतामा हिंसा भड्कियो यसको पूरै जिम्मेवार भारत नभएपनि सिर्जित गरेको भारतले नै हो । नाकाबन्दीले गर्दा कयौं नेपालीको ज्यान गएको छ, देशमा राजनीति गति लिन नसकेर थला थला परेको छ । आन्दोलनले व्यस्त शहरहरु ध्वस्त भएका छन् । कालाबजारी बढेको छ । सुत्केरीको औषधी छैनन् । रेमिट्यान्स शुन्य बन्न लागेको छ । स्टक तल तल झरेको छ । पर्यटकको आगमन न्यून छ यस्ता असरहरुले नेपालको समग्र आर्थिक, सामाजिक समस्याले भेलिरहेको छ ।
जतिबेला सुगौली सन्धीको तयारी भएको थियो त्योबेला विर अमरसिंह थापाले भनेका थिए, बर्खासम्म हामीलाई लड्न दिईयोस् हामी अंग्रेजलाई हराएरै छाड्छौं । तर दरबारको किचलोले एउटालाई राजा बनाउने र अर्कोलाई राजा बनाउने घरभित्रको किचलो बाहिरसम्म आएपछि लड्ने अमरसिहंहरुलाई पनि लड्न दिएन । कता सबै नेपाल कब्जा गर्ने हुन भन्ने चिन्ता चासो सर्वत्र बढेपछि अन्तत १ लाख बर्ग किमि जमिन भारतलाई सुम्पेर असमान सुगौली सन्धी नेपालले ग¥यो त्यतिबेला सबैभन्दा बलिया नेपालीलाई कागजी खेलमा हराउन अंग्रेज सफल भएको थियो । ठिक यस्तै यो बेला राष्ट्रियता र स्वाभिमानको आन्दोलन बढिरहेको छ । अर्कातिर नेपालमा सरकारमा को मन्त्री बनाउने कहिलेसम्म कसको सरकार टिकाउने जस्ता गौण विषयहरुलाई विवाद गराएर आआफ्नै दलगत स्वार्थमा रुलमलिरहेको बेला भारतले मधेसलाई उचाल्दै प्रयोग गरिरहेको छ । सबै नेपालीलाई थाहा छ, भारतीय नागरिकलाई थाहा छ, यतिमात्र नभएर अन्तराष्ट्रिय क्षेत्रलाई समेत हेक्का परिसकेको छ नेपालमा भारतले नाकाबन्दी गरेकै हो भन्ने विषयमा । टिभीमा धेरै भयो यसैसम्बन्धी अन्तर्वार्ताहरु आउन लागेको, मिडियाहरु, सामाजिक सञ्जालहरु सबैतिर आलोचना बढिरहेको छ । अब निकास कसरी गर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । मधेसमा जारी आन्दोलनलाई कसरी समाधान गर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बेला आएको छ । मधेस नेपाल हो । नेपालको आन्तरिक समस्या समाधान गर्न भारतको शरण लिईरहनु पर्दैन । मधेसको जनताको माझमा सबै नेता पुग्नुपर्छ । संविधानमा असहमतिका विन्दुहरुलाई संसोधन गर्नुपर्छ । भारतसँग कुनै सम्झौता गर्ने होईन शानका साथ भन्नुपर्दछ कि तिमीलाई हाम्रो मधेसबाट कुनै असुरक्षा छैन । चीनको बाटोको जिम्मा नेपाली सेनालाई दिएर छिटो भन्दा छिटो चिनको नाकाहरु सुचारु गर्नुपर्दछ । भारतले तिनपटक त नाकाबन्दी ग¥यो भने चारपटक पनि गर्न सक्छ त्यसैले पूर्वतयारी गरेर बस्नुपर्छ । अब पनि नाकाबन्दी लम्बियो भने नेपाललाई लागेको आर्थिक मन्दी सँगै भोकमरी पनि हुनसक्छ । कालोबजारीले प्रसय पाउँनेछन् । छिटोभन्दा छिटो मधेस समस्या समाधान गर्नुप¥यो । मधेसी आन्दोलनकर्ताले भारतीय सहारा लिने होईन नेपालीकै सहारा लिनुप¥यो र हुन्छ नाकाबन्दी समस्या समाधान यदी यसो गर्दापनि भारतले विभिन्न बहानामा नाकाबन्दी जारी राख्यो भने नेपाल सरकारले नेपाली जनतालाई सार्वजनिक अपिल गरे हुन्छ राष्ट्रिय स्वाधिनताको लागी लड्न तयार होऊ भनेर, यहाँ बलभद्र, अमरसिहंहरु अझै पनि जिवित छन् त्यसकारण नाकाबन्दीको सामना मात्रै होईन निकास र विकल्प पनि सोचौं ।
(लेखकः क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका अध्यक्ष हुन् )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: