Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

नाकाबन्दी खोल्ने भारतको ‘ग्रीन सिग्नल’

\"kp_oli\"काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विहीबार अपरान्ह फोन आएपछि प्रधानमन्त्री केपी शर्मा ओली खुशी देखिएका छन् । भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीलाई फोन गरी नाकाबन्दी खुला गर्ने ‘ग्रीन सिग्नल’ दिएपछि प्रधानमन्त्री ओली औधि हौसिएका हुन् । विहीबार अपरान्ह प्रखुख दलहरुबीच संवाद चलिरहेका बेला प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले मधेसको मुद्दा पनि वार्ताबाट छिट्टै हल गर्ने प्रतिवद्धता जनाएका छन् । भारतबाट नाका खुलाउने संकेत पाएपछि ओलीले पनि मधेस मुद्दालाई सम्बोधन गरी मधेसको समस्या छिट्टै हल गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबीच तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले राखेका मागलाई राजनीतिक रुपमा सम्बोधन गरेर अहिलेको असहज अवस्थालाई छिटै अन्त्य गर्ने समझदारी भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सिमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने तथा जनसंख्याको आधारमा क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक प्रतिनिधित्वका विषयमा पनि समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । संविधान जारी गर्नु अघि नै भारतले मधेसका केही महत्वपूर्ण विषयमा सम्बाेधन गर्न नेपाल सरकारलार्इ दबाब दिएको थियाे । तर भारतकाे सुझाव लागू नगरिएपछि अाफ्नाे इगाे स्वरूप भारतले नाकाबन्दी गरी नेपाललार्इ संकट निम्त्याउँदै अाएकाे छ । परराष्ट्रमन्त्री थापा गएपछि वातावरण बन्यो लामो समयको नाकाबन्दीपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा गएका थिए । नेपालको कुटनीतिक असफलता भएको भन्दै आलोचना भएपछि उपप्रधानमन्त्री थापालाई भारतसँग कुरा गर्न भन्दै नयाँ दिल्ली पठाइएको थियो । थापाले भारत भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षी स्वराज सहित महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए । राजनीतिक भेटका क्रममा थापाले मधेसको समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएपछि सीमामा देखिएको पारवहन समस्या पनि हल हुने स्वराजले विश्वास दिलाएकी थिइन् । उपप्रधानमन्त्री थापा विहीबार मात्रै स्वदेश फर्किएका हुन् । उनी तीन दिने भारत भ्रमणबाट फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाल–भारतबीचको असझदारी छिट्टै हट्ने विश्वास ब्यक्त गरेका थिए । भारतको अनौपचारिक भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफूले भारतीय विदेशमन्त्री तथा अन्य उच्च अधिकारीसँग बुधबार भएको भेट पनि सकारात्मक भएको जानकारी दिएका थिए । साझा अवधारणा बनाउने कसरत कायमै मधेसी मोर्चाले राखेका मागका विषयमा साझा अवधारणा बनाउने प्रमुख तीन दलको कसरत कायमै रहेको छ । पहिलो पटक त्रिपक्षीय वार्तापछि प्रमुख तीन दलले मोर्चाको मागमा साझा अवधारणा बनाउन कस्सिएका हुन् । साझा अवधारणा बन्न नसकेकै कारण बुधबार हुने भनिएको निर्णायक त्रिपक्षीय वार्ता अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रमुख तीन दलले साझा धारणा बनाएपछि मोर्चासँग वार्ता गर्ने नेताहरुले बताएका छन् । मधेसी मोर्चाले सात प्रदेशको खाकामा रहेको पर्सादेखि सप्तरीसम्म र नवलपरासीदेखि बर्दियासम्म मधेसमा दुईवटा प्रदेश रहनुपर्ने र विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली, कंचनपुरको के कति भूभाग कुन प्रदेशमा राख्ने सम्बन्धमा सैद्धान्तिक आधार बनाएर राजनीतिक संयन्त्रबाट टुंगो लगाउन सकिने बटमलाइन प्रस्तुत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies