Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एकाएक तात्यो नेपालको राजनीति, ठाकुर र यादब काठमाडौं भित्रिए

\"madesi-morcha-638x330\"काठमाडौं । परराष्ट्रमन्त्री कमल थापा भारतबाट स्वदेश फर्केसँगै नेपालको राजनीति तातेको छ ।मधेसी मोर्चासँग पटकपटक वार्ता हुँदा समेत कुनै प्रगति हुन नसकेको बेला मन्त्री थापाको स्वदेश फर्केपछि एकाएक राजनीतिम माहोल परिवर्तन भएको हो ।

 नेपाल आइपुगेपछि ‘भारतले जुन नाटकीयतासँगै नाकाबन्दी लगाएको थिए, त्यही अनुसार खुल्छ पनि” भन्दै प्रतिक्रिया दिएका थापाले भारत भ्रमणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएसँगै राजनीतिमा गतिशीलता बढेको हो ।

उप प्रधानमन्त्री थापाले भारत भ्रमणका अवसरमा समकक्षी सुषमा स्व राजसँग नाकाबन्दीबारे वार्ता गरेका थिए । विहिबार बिहान मात्रै प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई टेलिफोनमार्फत नाकाबन्दी खोल्ने विषयमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्रीसँग नाकाबन्दीका बारेमा के कुरा भयो भन्ने बिस्तृत कुरा बाहिर नआउँदै नाकाबन्दी खोल्न भारत लचिलो हुने आशयका समाचार प्रकाशित भएका छन्।

सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु अकस्मात् काठमाडौं फर्केको खबर छ । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाट काठमाडौं आएका हुन् ।

परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी खुल्ने विश्वास रहेको बताउन, प्रधानमन्त्री ओलीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई फोन गरेर कुराकानी गर्नु र मधेसी मोर्चाका नेताहरु एकाएक काठमाडौं आउनुको विशिष्ट सम्बन्ध रहेको सजिलै बुझ्न सकिने आमवृत्तमा चर्चा छ ।

बुधबार मात्रै मोर्चाका नेतृत्व पंक्तिका नेताहरुले प्रधानमन्त्री केपी ओलीले आव्हान गरेको बार्तामा सहभागी नहुने भन्दै मातहतका नेताहरुलाई वार्तामा पठाएपछि वार्ता हुन सकेको थिएन । तर आज अकस्मात उनीहरु राजधानी आएपछि मधेसी मोर्चासँग निर्णायक तहमा छलफल हुने बुझिन्छ ।

यसअघि नेता उपेन्द्र यादवले आफूहरु चाँडोभन्दा चाँडो समस्याको समाधान खोजिरहेको प्रतिक्रिया दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy