Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एमाले मन्त्रीले भने, ‘मानवअधिकार उल्लङ्घनकर्तालार्इ कठघरामा उभ्याइन्छ’

काठमाडौं, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा संलग्न दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को २८ औँ बैठकमा भागलिने सिलसिलामा स्विटजरल्यान्डको जेनेभामा रहनुभएका मन्त्री पाण्डेले राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त जेइद राद अलहुसेनसँग बुधबार अबेर भएको भेटमा सत्य निरुपण र बेपत्ता छानबिन आयोगले कार्यारम्भ गरिसकेकाले दोषीलाई न्यायालयमा प्रस्तुत गर्न सहज हुने बताए। भेटमा उनले द्वन्द्वकालीन घटना तथा पीडितहरूका गुनासा सम्बोधन गर्दै दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न मार्गप्रशस्त हुने जानकारी गराएका जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि स्थायी नेपाली नियोगले जनाएको छ । समानता र न्यायका आधारमा मानवअधिकारको रक्षा तथा प्रवद्र्धन, सबै नागरिकका मौलिक स्वतन्त्रताका निम्ति नेपाल प्रतिबद्ध रहेको जानकारी दिदै मन्त्री पाण्डेले नेपालमा जारी संवैधानिक तथा शान्ति प्रक्रियाबारे अवधारणा व्यक्त गरेका थिए । जनतालाई समान लाभको भागिदार बनाउन नागरिक, राजनीतिक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक अधिकारका साथै विकासप्रतिको अधिकारमा उनले जोड दिए । उच्चायुक्त अलहुसेनले नेपालको सङ्क्रमणकालीन न्याय तथा शान्ति प्रक्रियामा प्राविधिक सल्लाह उपलब्ध गराउन उच्चायुक्त कार्यालय तयार रहेको जानकारी दिँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोग स्थापनाको स्वागत गरेकाे उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पाण्डेले बुधबार नै परिषद्का अध्यक्ष ज्याचिम रूकेयरलाई भेटेर मानवअधिकार विश्वव्यापी, अविभाज्य, अन्तर्निहित, स्वतन्त्र र सुदृढ हुनुपर्ने आवश्यकता आँैल्याउँदै त्यसलाई समग्रतामा सम्बोधन गरिनुपर्ने बताउनुभयो । त्यसैगरी परराष्ट्र मन्त्रीले राष्ट्रसङ्घीय व्यापार विकास सम्मेलन (अङ्कटाड)का महानिर्देशक मुखिसा किटुयीलाई भेटेर नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख मुलुकमा अङ्कटाडलगायत अन्तर्राष्ट्रिय सङ्गठनहरूले विकास र साझेदारी सुदृढ तुल्याउन सघाउनुपर्ने बताउनुभयो । महानिर्देशक किटियीले भूमण्डलीकरणको वर्तमान युगमा प्रभावकारी एवम् लाभप्रद आर्थिक समृद्धि हासिल गर्न नेपालको लगानी नीति पुनरवलोकनमा अङ्कटाडले मद्दत गर्ने आश्वासन दिनुभएको पनि उक्त नियोगले जनाएको छ । रासस –––––

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy