Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

एमाले मन्त्रीले भने, ‘मानवअधिकार उल्लङ्घनकर्तालार्इ कठघरामा उभ्याइन्छ’

काठमाडौं, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा संलग्न दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को २८ औँ बैठकमा भागलिने सिलसिलामा स्विटजरल्यान्डको जेनेभामा रहनुभएका मन्त्री पाण्डेले राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त जेइद राद अलहुसेनसँग बुधबार अबेर भएको भेटमा सत्य निरुपण र बेपत्ता छानबिन आयोगले कार्यारम्भ गरिसकेकाले दोषीलाई न्यायालयमा प्रस्तुत गर्न सहज हुने बताए। भेटमा उनले द्वन्द्वकालीन घटना तथा पीडितहरूका गुनासा सम्बोधन गर्दै दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न मार्गप्रशस्त हुने जानकारी गराएका जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि स्थायी नेपाली नियोगले जनाएको छ । समानता र न्यायका आधारमा मानवअधिकारको रक्षा तथा प्रवद्र्धन, सबै नागरिकका मौलिक स्वतन्त्रताका निम्ति नेपाल प्रतिबद्ध रहेको जानकारी दिदै मन्त्री पाण्डेले नेपालमा जारी संवैधानिक तथा शान्ति प्रक्रियाबारे अवधारणा व्यक्त गरेका थिए । जनतालाई समान लाभको भागिदार बनाउन नागरिक, राजनीतिक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक अधिकारका साथै विकासप्रतिको अधिकारमा उनले जोड दिए । उच्चायुक्त अलहुसेनले नेपालको सङ्क्रमणकालीन न्याय तथा शान्ति प्रक्रियामा प्राविधिक सल्लाह उपलब्ध गराउन उच्चायुक्त कार्यालय तयार रहेको जानकारी दिँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोग स्थापनाको स्वागत गरेकाे उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पाण्डेले बुधबार नै परिषद्का अध्यक्ष ज्याचिम रूकेयरलाई भेटेर मानवअधिकार विश्वव्यापी, अविभाज्य, अन्तर्निहित, स्वतन्त्र र सुदृढ हुनुपर्ने आवश्यकता आँैल्याउँदै त्यसलाई समग्रतामा सम्बोधन गरिनुपर्ने बताउनुभयो । त्यसैगरी परराष्ट्र मन्त्रीले राष्ट्रसङ्घीय व्यापार विकास सम्मेलन (अङ्कटाड)का महानिर्देशक मुखिसा किटुयीलाई भेटेर नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख मुलुकमा अङ्कटाडलगायत अन्तर्राष्ट्रिय सङ्गठनहरूले विकास र साझेदारी सुदृढ तुल्याउन सघाउनुपर्ने बताउनुभयो । महानिर्देशक किटियीले भूमण्डलीकरणको वर्तमान युगमा प्रभावकारी एवम् लाभप्रद आर्थिक समृद्धि हासिल गर्न नेपालको लगानी नीति पुनरवलोकनमा अङ्कटाडले मद्दत गर्ने आश्वासन दिनुभएको पनि उक्त नियोगले जनाएको छ । रासस –––––

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: