Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भारतबाट भगाएर ल्याएकी केटी बाबुले फिर्ता लगे

\"Capture\"उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से बस्ने राजकुमार श्रेष्ठले भारतको पञ्जाबबाट भगाएर ल्याएकी केटीलाई केटीका बाबुले ल्याएको पच्चीस दिनपछि खोसेर लगेका छन् । गाईघाट बोक्सेका २५ वर्षीय श्रेष्ठले भारतको पञ्जावस्थित पटियाला बाँध बस्ने दलबार सिंहकी १५ वर्षीया छोरी अमनदीप कौर सिंहलाई कात्तिक २२ गते पञ्जाबबाट भगाएर नेपाल ल्याएका थिए । श्रेष्ठले दुई वर्षदेखि प्रेमबन्धनमा बाँधेर कौरलाई नेपाल ल्याएको भए तापनि केटीका बाबु अन्य नेपाली युवकसँग छोरी खोज्दै उदयपुर नै आएपछि प्रहरीको सहयोगबाट सिंहले छोरी पुनः खोसेर लगेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । जिप्रका उदयपुरका प्रहरी निरीक्षक रामकुमार यादबका अनुसार सिंह आफ्नो छोरी खोज्दै बाँकेका अर्जुन सुनारसँग उदयपुर आइपुगेका थिए । उदयपुर आएर सिंहले प्रहरीमा आफ्नो छोरी नाबालक रहेको र श्रेष्ठले विभिन्न प्रलोभनमा पारेर ल्याएको भन्दै छोरी पुनः आफूले फिर्ता लैजान पाउँ भनी निवेदन दिएको कुरा प्रहरी निरीक्षक यादबले बताए। बुधबार नै प्रहरीले श्रेष्ठ र केटीलाई नियन्त्रणमा लिएर दुबैको बयान लिँदा आपूmहरु प्रेम कसम खाएर सँगै बाँच्ने मर्ने धारणाका साथ बैवाहिक जीवनमा बाँधिएको र नछुट्टिने बयान दिएका थिए । केटी श्रेष्ठसँग छुट्टिन नमानेपछि केटीका बाबु सिंहले छोरी नाबालक १५ वर्षको मात्र रहेको कारण अहिले विवाह गर्ने बेला नभएको भन्दै प्रहरीको सहयोगमा केटाबाट छुट्याएर बसपार्कसम्म लगेका थिए । तर फेरि केटीले बसपार्कबाट बाबुलाई छल्दै फेरि केटाको घरमानै पुगेको पनि प्रहरीले बताएको छ । तर बिहीबार फेरि केटाको बाबुले छोरी बसपार्कबाट बेपत्ता भएको मौखिक जाहेरी गरेपछि प्रहरीले श्रेष्ठको घरमा गएर सोधपुछ गर्दा केटी केटासँगै रहेका कारण पक्राउ गरेर बाबुको जिम्मा लगाएको प्रहरीले बताएको छ । श्रेष्ठ सात वर्ष अघिदेखि पञ्जावमा सिंहको घरमा कामदार भई खाना पकाउने कुकका रुपमा काम गर्दै आएको प्रहरीले बताएको छ । सिंहसँगै नेपालगन्जका अर्जुन सुनुवार पनि परिवारसँगै काम गर्दै आएका थिए । दुई वर्ष अघिदेखि केटीसँग श्रेष्ठको प्रेम भएपछि गत कात्तिकमा श्रेष्ठले केटीलाई भगाएर घरमा ल्याएका थिए । श्रेष्ठले छोरी भगाएपछि पञ्जाबमा सिंहले श्रेष्ठका साथि सुनुवारलाई र उसको श्रीमती दुबैलाई प्रहरीलाई पक्राउ गर्न लगाई आफ्नो छोरी भगाउन सहयोग गरेको आरोप लगाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सिंहले आफ्नो छोरी खोजेर सहयोग गर्न सुनुुवारलाई दबाब दिँदै आएको र सुनुवारको श्रीमतीसहित एक छोरासमेत पञ्जाबमा सिंहको परिवारको कब्जामा नै राखेका छन् । सिंहको छोरी नभेटिएसम्म सुनुवारको श्रीमती र छोरालाई पञ्जाबमा सिंहले मुक्त नगर्ने धम्किका साथ सुनुवारको सहयोगमा सिंह उदयपुर आएर आफ्नो छोरी श्रेष्ठबाट फिर्ता लान सफल भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy