Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

निर्णायक हुने भनिएको वार्ताबारे मोर्चाले अझै ‘सुपारी’ पाएन

\"Madhesiकाठमाडौं । तराई–मधेसमा आन्दोलन गर्दै आएका मधेसी दलहरुको मागअनुसार प्रमुख तीन दलले साझा धारणा बनाई शुक्रबार वार्ताको आह्वान गरिए पनि वार्ताबारे मोर्चाले कुनै निमन्त्रणा पाएको छैन । मोर्चाले आफूलाई वार्ताबारे कुनै जानकारी नै नआएको भन्दै शुक्रबारका लागि प्रमुख तीन दलले तय गरेको वार्ताबारे अनभिज्ञता प्रकट गरेको छ । समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ता भन्ने कुरा समाचारहरुमा मात्रै सुनेको तर आफूलाई कुनै जानकारी नआएको बताए । प्रमुख तीन दलको साझा धारणा बनेकोले शुक्रबार मोर्चासँग हुने भनिएको निर्णायक वार्ताबारे मोर्चाकै प्रमुख घटक फोरमका अध्यक्ष यादवले बताए । प्रमुख तीन दल मोर्चाबारे तय गरिएको वार्ताबारे फोरम मात्र नभई अन्दोलनरत अन्य घटकका नेताहरुले पनि अनभिज्ञता प्रकट गरेका छन् । सरकार र प्रमुख दलहरुले वार्ताबारे प्रोपोगाण्डामात्रै फैलाउने काम गरेको मोर्चाका नेताहरुले आरोप लगाएका छन् । वार्ताबारे आफूहरुलाई कुनै औपचारिक जानकारी नै नदिएर वार्ता कोसँग गर्न खोजिएको भन्ने थाहा नभएको भन्दै यादवले ब्यङग्य गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भने ट्विट गर्दै शुक्रबार साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता हुने बताएका छन् । मोर्चासँग हुने भनिएको वार्ताका एजेण्डाबारे छलफल गर्न शुक्रबार एमाले स्थायी समितिको बैठक बसेको थियो । एमाले स्थायी समिति बैठकले भने विभिन्न नेताहरुको नियुक्ति तथा कार्य विभाजन गरेको छ । शुक्रबार मोर्चासँग हुने त्रिपक्षीय वार्तामा संसद्मा रहेका दुई संशोधन विधेयकलाई पास गर्ने र सीमांकनमा सहमति गर्ने विषयमा छलफल हुने प्रमुख दलका नेताहरुले बताइएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy